निन्जा सफ्टवेयर सर्भिस प्रालीले मनायो आफ्नो प्रथम वार्षिकोत्सव

नेपालगन्ज,बैशाख,२१- निन्जा सफ्टवेयर सर्भिस प्रालीले शनिबार(आज) आफ्नो प्रथम वार्षिक उत्सव भव्य तरिकाले मनाएको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न १० मा रहेको सफ्टवेयर निर्माण गर्ने, वेभसाईट डिजाइन गर्ने, र अाई -टी- सम्वन्धी सम्पूर्ण कामगर्ने निन्जा सफ्टवेयर सर्भिस प्रालीले आफ्नो प्रथम वार्षिकोत्सव नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा एक कार्यक्रम गरी मनाएको हो। वार्षिक उत्सव समारोहको प्रमुख अतिथिमा कम्प्युटर […]

रोजिन थापा मगरको जापानबाट आमालाई मार्मीक पत्र

काठमाण्डौं,बैशाख,२१- आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लिइन्छ । आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन […]

टेक्निकल कलेजका बिद्यार्थीहरुले गरे आफूले बनाएको चित्रकला प्रर्दशनी

नेपालगन्ज, बैशाख,२०- टेक्निकल कलेजका बिद्यार्थीहरुले नेपालगन्जमा आफूले बनाएका चित्रहरु शुक्रबार प्रदर्शन गरेका छन। प्राविधिक शिक्षा अध्यापन गराउँदै आएका विद्यालय नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलको संयुक्त आयोजनामा शुक्रबार उक्त प्रदर्शनी कार्यक्रम गरिएको थियो। दुबै स्कुलमा अध्ययनरत बिद्यार्थीहरुद्वारा बनाएका हस्तकला चित्रकला प्रर्दशनी नेपालगन्ज टेक्निकल कलेजको प्राङ्गणमा गरिएको थियो। कलेज तथा स्कुलमा विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुले […]

जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा

काठमाण्डौं,बैशाख,१७- जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गर्दै पद त्याग गरेका छन् ।दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गर्नुभएको हो । यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो। राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए।वयोवृद्ध आकिहितोले स्वास्थ्य र उमेरका […]

नेपालगन्जमा पहिलो पटक शैक्षिक चलचित्र निर्माण हुँदै

  नेपालगन्ज,बैशाख,१६- नेपालगन्जमा पहिलो पटक शैक्षिक चलचित्र निर्माण हुने भएको छ। शैक्षिक गुणस्तर, विद्यालय सुधार र प्राबिधिक एवम व्यवहारिक शिक्षाको महत्व सम्बन्धि जानकारीको लागी नेपालगजमा शैक्षिक चलचित्र निर्माण हुने भएको हो । रोचक कथा बस्तु एवम कलाकारीको माध्यायमबाट सरल र सहज रुपमा आम नागरिक तथा शिक्षक, विद्यार्थी, अभिभावक एवम् राज्यलाई सजक र सचेत गराउने उदेश्यका […]

अखिल नेपाल यातायात मजदुर संघले गर्‍यो वृहत् रक्तदान

नेपालगन्ज,बैशाख, १५- अखिल नेपाल यातायात मजदुर संघले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। १३० अौं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार (आज) संघले नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संघका जिल्ला अध्यक्ष प्रदिप कुमार छिनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ५ का सदस्य अक्कल बहादुर बम प्रमुख अतिथिको […]

नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ मनाइयो

नेपालगन्ज,बैशाख,१५- नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ नेपालगन्जमा मनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको नर्वदेश्वर महादेव मन्दिरको शनिबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सब मनाइएको हो। शनिबार ७ बजे नेपालगन्जका न्युरोड पेरीफेरीमा कलश यात्रा गरी, त्यसपछि मन्दिर परिसरमा होम र साझ ४ बजे सर्वसाधारणहरुका लागि प्रसाद ग्रहणका लागि भण्डारा लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष […]

शिरीष श्रेष्ठ र बिक्रम वर्माले अर्को जन्म पंक्षी बनी जन्मिन्छु भनेपछि

नेपालगन्ज,बैशाख,१५- चर्चित तथा अभिनयमा छुट्टै पहिचान बनाउन सफल शिरीष श्रेष्ठ र बिक्रम बर्माले अर्को जन्म पंक्षी बनेर जन्मिने बताएका छन् । लामो समयदेखि अभिनय क्षेत्रमा संघर्ष गर्दै आएका द्वेय श्रेष्ठ र बर्माले यो जन्म बेकार भएको भन्दै अर्को जन्म पंक्षी जस्तै बनेर जिउने बताएका हुन् । यसरी पंक्षीको कुरा गर्दै गर्दा उनिहरुको यथार्थ नभई भरखर […]

आइ एम इ गर भन्दै दुईवटी केटिको पैसा खाएर गायक गोपाल नेपाल जिएम भागे पछि

नेपालगन्ज,बैशाख,१४- चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएमले दुईवटी केटिले आइ एम इ गरेको पैसा खाएर भागेका छन। तर बास्तबिक रुपमा नभई भर्खरै मात्र बजारमा आएको बिल्कुलै मौलिक नयाँ गीत “आइ एम इ २ ” को म्युजिक भिडियोमा गायक जिएमलाई पैसा खाएर भागेको देख्न सकिन्छ। शुक्रबार गायक गोपाल नेपाल जिएम नामक युटुब च्यानलबाट उक्त […]

अजोड इन्स्योरेन्सको शाखा नेपालगन्जमा बिस्तार

नेपालगन्ज,बैशाख,१२- अजोड इन्स्योरेन्स लिमिटेडको शाखा नेपालगन्जमा बिस्तार भएको छ। उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले बिहिबार रिबन काटेर उद्घाटन गरेका थिए। ‘शान्तिको धुन सङ्गै सुरक्षाको सुरुवात, अजोड इन्स्योरेन्स सङ्ग हरेक कदमको सहयात्री’ भन्ने मुख्य उद्देश्यका साथ उद्घाटन गरिएको उक्त कार्यक्रममा सभापतित्वको भुमिका अजोड इन्स्योरेन्स नेपालगन्ज शाखाका सन्चालक सागर गुरुङ्गले गरेका […]