नेपालगन्ज,पौष,२४- अाज बाँकेको नेपालगन्ज उपमहानगरपालिका बि-पी- चोक देखि धम्वाीझी चोक सम्म लायन्स संस्थापक मेल्भिन जोन्सको १४० अौं जन्म जयन्तीको अबसरमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ । अाज बिहान ठीक ८ बजे नेपालगन्ज उपमहानगरपालिकाको गेट नजिकैबाट उक्त कार्यक्रम शुरु गरिएको थियो । एरिया नं ६ अन्तर्गतका लायन्स क्लबहरुको अायोजनामा कार्यक्रम गरिएको एरिया जोन पर्सन लायन्स जीव […]
Flash
मगरहरुको महान पर्व माघे संक्रान्ती फुकुओकाको नान हाउसमा मनाईने
फुकुओका,जापान, पुस,२३- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो । मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर […]
कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सुदूर पश्चिम सम्पर्क समाज गठन
नेपालगन्ज,पौष,२०- बाँकेको नेपालगन्जमा रहेको कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज नेपालगन्जमा सुदूर पश्चिम सम्पर्क समाज आज एक कार्यक्रमका बिच गठन गरिएको छ । उच्च शिक्षा अध्ययन गर्न सुदूर पश्चिम क्षेत्रबाट बाँकेको नेपालगन्जमा आउने हरुको हकहितका लागि उक्त समाज गठन गरिएको नव निर्वाचित अध्यक्ष बिष्टले बताउनुभयो । आज कलेजमा एक कार्यक्रम गरेर उक्त समाज गठन गरिएको […]
नेपालगंजमा महोत्सवको तयारी तीब्र : हेलिकप्टर चढेर अवलोकन गर्ने अवसर
नेपालगंज,पुस,१९- पौष २६ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत संस्कृति महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक एजी सर्भिसेज प्रा.लि.ले नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सफल बनाउन भईरहेका कार्यहरुको विवरण सार्वजनिक गरेको छ । आयोजक एजी सर्भिसेजका अनुसार कारकाँदो चोक पूर्वस्थित राधाकृष्ण मन्दिर नजिकै आयोजना हुने महोत्सवमा […]
नेपालबाट जापान कामदार पठाउने विषयमा कुनै सरकारी निणर्य भएको छैन
काठमाडौं,पुस,१९- वैदेशिक रोजगार विभागले जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । जापानमा कामदार पठाउने विषयमा अहिलेसम्म सरकाले कुनै निणर्य नगरेको भन्दै हल्लाको पछि नलाग्न विभागले आग्रह गरेको हो । व्यक्ति, कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनका लागि इजाजत प्रात संस्थाले समेत जापानमा कामदार पठाउने श्रम अनुमति खुलेको भन्दै विज्ञापन गरेको प्रति ध्यानाकर्षण गर्दै विभागले […]
ढाका टोपी लगाए रै रेशम चौधरीले थारु भाषामा लिए सपथ
काठमाण्डौं,पुस,१९- कैलाली एकबाट प्रत्यक्ष चुनाव जितेका रेशम चौधरीले आज बिहिबार चुनाव जितेको एक वर्षपछि सांसदको सपथ लिनु भएको छ । चौधरीले ढाका टाेपीमा सजिएर थारु भाषामा नै सपथ लिनु भएको हो । उहाँलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा चाैधरी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा थिए […]
“मिस इकलेज २०१९”को लागि आवेदन फारम खुल्ला
काठमाडौं,पौष–१८- विगत १० वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को नवौै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१९”को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक […]
‘हलेसी’-साईनो स्टारको पालिका स्तरीय अडिसन जारी
ओखलढुंगा,पौष,१९- खोटाङ्गमा जारी सांगितिक प्रतियोगिता ‘हलेसी’– साईनो स्टारको पालिका स्तरीय अडिसन ५ वटा गाउँपालिकामा सम्पन्न भएको छ । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पु¥याउने उद्देश्यले पुस ९ गतेबाट सुरु भएको स्टारको अडिसन साकेला गाउँपालिका, दिपु्रङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ्ग गाउँपालिका, जन्ते ढुंगा गाउँपालिका र बाराहापोखरी गाउँपालिकामा अडिसन सम्पन्न भएको हो । पाँच गाउँपालिकामा […]
आज फुकुओकामा सुमधुर साँगितीक साँझ हुने
फुकुओका,जापान,पुस,१५- नयाँ वर्ष २०१९ को अवसर पारी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जापानले आज फुकुओकामा सुमधुर सांगीतिक साँझको आयोजना गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जापानले फुकुओकामा पहिलो पटक नेपाली मौलिक बाजा गाजा सहित सुमधुर साँगीतीक साँझ गर्न लागेको हो । आज आईतबार हुने सुमधुर साँगितीक साँझ कार्यक्रममा लोकप्रिय गायक, संगीतकार तथा चलचित्र […]
नेपालगञ्ज जेसिजको अध्यक्षमा शाक्य निर्वाचित
नेपालगञ्ज,पौष,१५- नेपालगञ्ज जेसिज वर्ष २०१९ को अध्यक्षमा रत्नकाशी शाक्य निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न शाखाको ३७ औं अधिवेशनबाट अध्यक्षमा शाक्य निर्वाचित हुनुभएको हो । राती करिब नौ बजे सार्वजनिक मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धी प्रज्वल कुमार श्रेष्ठलाई चार मतले पराजित गर्नुभएको निर्वाचन आयुक्त रोशन कुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयुक्तका अनुसार खसेको जम्मा […]
