शंकरपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

भैरहवा,पौष,२९- रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थपाले जानकारी दिनुभयो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०–३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि […]

नेपालगन्ज महोत्सवमा आज एसकुमार,रेश्मा पुन र झक्कड थापा आउने

नेपालगन्ज,पौष,२९- एजि सर्भिस प्रालिको आयोजनामा सन्चालन भईरहेको नेपालगन्ज महोत्सव २०७५ को आज चौँथो दिन गायिका रेस्मा पुन ,चर्चित गायक एस कुमार, हास्यकलाकार झक्कड थापा लगाएत नृत्य प्रतियिगिता लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। 

सरस्वती लामाको नेपालगन्जमा यति बब्बाल क्रेज ( भिडीयो सहित)

नेपालगन्ज,पौष,२९- नेपालगन्ज महोत्सवको तेस्रो दिन हिजो शनिबार रक गायिका सरस्वती लामाले दर्शकलाई बेस्सरी मनोरन्जन दिएकी थिइन। मेलाको प्रमुख आकर्षणमा रहेकि गायिका सरस्वती लामाले उर्वशी ,कलिलो तामालाई, राजन गुरुङ्गको उहिखोलिमा पानी लगाएतका दर्जनौ गीत गाएर दर्शकलाई उफारेकी थिइन। त्यस्तै नृत्य प्रतियोगिताको दोस्रो अडिसन पनि शनिबार सम्पन्न थियो। ( भिडीयो हेर्नुहोस् ) अडिसन दिन शनिबार जम्मा २२जना प्रतियोगिले […]

सरस्वती र सुरजको गीतमा झुम्यो नेपालगन्ज

नेपालगंज,पुष,२८- नेपालगन्ज महोत्सवको तेस्रो दिन शनिबार नेपाल आइडलका सुरज थापा र गायिका सरस्वती लामाले दर्शकलाई झुमीझुमी नचाए।चर्चित गीत आमाले सोध्लिन खोइ छोरा भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक थापाले खाइदेउ गोरि गालामा म्वाई लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका सरस्वती लामाले लामिछाने भने,उर्वशी,कलिलो तामालाई लगाएतका […]

टक्सार बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा बिरभान केसी चयन

नेपालगन्ज,पुस,२८- शनिबार सम्पन्न टक्सार बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाले विरभान केसीलाई अध्यक्षमा चयन गरेको हो। साधारण सभाले विभिन्न समिती पनि गठन गरेको छ। उपाध्यक्षमा चिरन्जिवी वली, सचिवमा महेश्वर जोसी र कोषाध्यक्षमा भानुभक्त रेग्मी निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरुमा जनक तिमिल्सिना ,दामोदर खरेल र डम्बर बहादुर चन्द चयन भएका थिए। लेखा समितिको संयोजक श्रीधर […]

नेपालगन्ज महोत्सवमा चन्द्र शर्मा र सम्झना लामिछानेले दर्शकलाई बेस्सरी नचाए

नेपालगन्ज,पौष,२७- नेपालगन्ज महोत्सवको दोस्रो दिन शुक्रबार लोकदोहरी गायक चन्द्र शर्मा र गायिका सम्झना लामिछानेले दर्शकलाई झुमीझुमी नचाए। चर्चित गीत बाच्छिले धान खायो भन्ने गीत गाउँदै स्टेज उक्लेका गायक शर्माले भुरुरु उडेको चरी, चरिभए आउँथे उडेर लगाएतका दर्जनौ गीत गायर दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। त्यस्तै मेलाको प्रमुख आकर्षणमा रहेकी अर्कि गायिका सम्झना लामिछाने मगरले भने […]

चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने कमल थापाको चेतावनी

काठमाडौं,पुस,२६- राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको बिदा कटौती गरिएकोमा आपत्ति जनाउँदै पार्टीको तर्फबाट एकता दिवस भव्यरुपमा मनाउने भएको छ । बिहीबार काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा थापाले ‘राष्ट्रिय एकताको विषयलाई राजनीतिसँग जोड्न नहुने बताउनुभयो । उहाँले हिन्दुराज्य पुनःस्थापनाको माग फागुन मसान्तसम्म पूरा नभए आगामी चैत १ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो । […]

नेपालले अब जापानमा सीधा हवाई सेवा सुरु गर्नसक्ने

काठमाडौं,पुस,२५- नेपाल र जापानबीच सन् १९९३ मा हस्ताक्षर गरिएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्र आदान–प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्नेसम्बन्धी सहयोगपत्रमा पनि हस्ताक्षर भएको छ । नेपालको औपचारिक भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच बुधबार राजधानीमा हवाई सेवा सम्झौता संशोधनका लागि […]

नेपालगन्ज महोत्सव भोलि बाट

नेपालगंज,पुस,२५- एजि सर्भिस प्रालिको आयोजनामा हुन गईरहेको “नेपालगन्ज कृषि ,पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव २०७५ भोलि पौष २६ गते बिहिबार बाट शुरु हुने भएको छ । माननीय कृषि भुमि तथा सहकारि राज्य मन्त्री रामकुमारी चौधरीले महोत्सवको उदघाट्न गर्नुहुने भएको छ। यहि पौष २६ देखि माघ ८ गतेसम्म सन्चालन हुने उक्त नेपालगन्ज कृषि पर्यटन व्यापार तथा […]

सानिमा जनरल इन्स्योरेन्सको शाखा नेपालगन्जमा विस्तार

नेपालगन्ज,पुस,२५- सानिमा जनरल इन्स्योरेन्सको शाखा बुधबार नेपालगन्जमा विधिवत रुपमा समुदघाटन गरिएको छ । एक विशेष समारोहका बिच सानीमा जनरल ईन्स्योरेन्सको शाखा विस्तार गरिएको हो ।  नेपालगन्ज तथा बाँके जिल्लाभर सर्बसुलभ छिटो छरिटो रुपमा बिमा सेवा  पुर्‍याउने उद्देश्यका साथ कम्पनीको शाखा विस्तार गरिएको कम्पनिले जनाएको छ।  कम्पनिले सबै प्रकारका निर्जिवन बिमाहरु जस्तै : मोटर , घर , […]