नेपाल सेमिफाइनलमा प्रवेश : बंगलादेशमाथि नेपालको शानदार जित

ढाका,भदौ,२३- आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो । खेलमा नेपालले […]

मिस टिन कलेज र कलेज हेन्डसम को ट्यालेन्ट सो सम्पन्न

काठमाडौ,भदौ,२३- सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको आन्तरीक प्रतिभा आज एक कार्यक्रम विच समपर्र्न भएको छ । उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु विभिन्न नेपाली गीतहरुमा नृत्य मार्फत प्रस्तुत गरेका थिए […]

नुवाकोटमा हेलिकोप्टर दुर्घटना : जापानीज नागरिक सहित ६ जनाको मृत्यु

काठमाण्डौं,भदौ,२३- गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरे । हेलिकोप्टरमा […]

नेपाल र बंगलादेश सेमिफाइनलको लागि आज भिड्ने

 बंगलादेश,भदौ,२३- साफ सुजुकी कप फुटबलअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा शनिबार आज नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलको ढोकाको रुपमा समेत रहेको यो खेल नेपालका लागि गर या मरको स्थितिमा छ । बंगलादेशलाई पराजित गरे नेपाल सेमिफाइनल पुग्नेछ भने पराजित भएमा बाहिरिनु पर्ने छ ।बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार आज बेलुका […]

गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना

काठमाडौं,भदौ,२३- गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ ।हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा […]

सीमामा भारत गम्भीर, प्रचण्ड छलफलमा व्यस्त

काठमाडौं,भाद्र,२३- नेपाल-भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सिमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका थिए । सो क्रममा भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि चासो दिएको दाहालको सचिवालयले जनाएको छ । दाहालको सचिवालयका अनुसार सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर […]

आज अन्तराष्ट्रिय साक्षरता दिवश

काठमाण्डौं,भदौ,२३- अन्तराष्ट्रिय साक्षरता दिवश आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सेप्टेम्बर ८ अर्थात विश्व साक्षरता दिवश ! सन् १९६५ मा युनेस्कोले हरेक वर्ष ८ सेप्टेम्बरको दिन लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो । विश्वभरीका विद्यालय, समुदाय र संस्थाहरुले साक्षरताकालागी जनजागरण फैलाउनका यो दिवस विभिन्न तरिकाले स्वस्फुर्त रुपमा मनाउने गर्दछन् । साक्षरताको […]

मिस टिन कलेजको छैटौं संस्करण शुरु (फोटो फिचर)

काठमाण्डौं,भदौ,२२- सिजन मिडियाद्धारा आयोजना गरिएको मिस टिन कलेज को छैटौं संस्करणमा सहभागी काठमाडौंका विभिन्न कलेजहरुमा कक्षा ११ र १२मा अध्ययनरत १६ वर्षदेखि १९ वर्ष सम्मका छात्राहरु सहभागी भएका छन् ।   सहभागी प्रतियोगीहरुलाई कार्यक्रममा विभिन्न  तालिमहरु  जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स,मिडिया सम्वन्धी जानकारी ,ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्र्तगत वागमति सफाई […]

साफ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं,भदौ,२१- बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले आज (बिहीबार) भएको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को शानदार जित निकालेको हो ।   बंगबन्धु रंगशालामा खेलको २१ औं मिनेटमा नै  अनन्त तामाङले गोल गरेका थिए ।तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० […]

अख्तियारको प्रमुखमा नवीनकुमार घिमिरेको नाम सिफारिस

काठमाडौं,भदौ,२०- संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको प्रमुखमा नवीनकुमार घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको छ ।परिषदको आज विहान सिंहदरबारमा बसेको बैठकले अख्तियारमा घिमिरेको नाम सिफारिस गरेको हो । अख्तियारलगायत संवैधानिक निकायमा रिक्त अन्य पदाधिकारी नियुक्तिको सिफारिसका विषयमा परिषदको बैठक बसेको हो ।हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा […]