राष्ट्रिय पत्रिका लोकप्रिय सन्देशले आज रक्तदान कार्यक्रम गर्दै

नेपालगन्ज,भाद्र,२०- लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले नेपालगन्जमा आज बृहत रक्तदान कार्यक्रम गर्दै छ । अाफनो छैटौं बार्षिक उत्सब पछि त्रैमासिक रुपमा रक्तदान कार्यक्रम यस पत्रिकाले गर्दै अाएको छ । यो दोस्रो पटक गर्न लागेको उक्त कार्यक्रमका संयोजक पत्रकार दिनेश ठाकुरले जानकारी दिनुभयो । उक्त कार्यक्रम रक्त सञ्चारकेन्द्रको प्राविधिक सहयोग तथा बाके युनेस्को क्लब र हिमालयन साईकल […]

नेपाल स्वास्थ्य कर्मचारीद्धारा बधाई तथा शुभकामना आदान प्रदान

नेपालगन्ज,भाद्र,१८- नेपालगन्ज मेडिकल कलेजमा प्रतिष्ठान स्तरको ट्रेड युनियन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन द्वारा अाज लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन केन्द्रीय कमिटीका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । नेपालगन्ज मेडिकल कलेजमा तिन वटा ट्रेड युनियन रहेकोमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको ५ अौं अधिबेशन बाट निर्वाचित पदाधिकारीलाई बधाई […]

चिकित्सकहरुको अान्दोलनले गर्दा बिरामीलाई सास्ती

नेपालगन्ज,भाद्र,१७- नेपाल चिकित्सक संघको अान्दोलनका कारण अाज देशभरका स्वास्थ्य संस्था, अस्पताल , मेडिकल कलेजहरुको अो-पी-डी- सेवाहरु बन्द हुदा टाढाबाट उपचार गर्न अाएका बिरामीहरुलाई सास्ती भएको छ । नेपाल सरकारले अहिले लिएको स्वास्थ्य एेनले चिकित्सकलाई काम गर्ने वातावरण नभएको, काम गर्दा गर्दै सिधै जेल जानुपर्ने, लगायतका समस्याहरु सिर्जना हुने भएकोले उक्त ऐनलाई सच्याउनु पर्ने भन्दै नेपाल […]

सिलाई मजदुर संघ नगर कमिटी गठन

नेपालगन्ज,भाद्र,१७- नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सिलाई कटाई गर्ने मजदुरहरूको हक हितका लागि लड्नका लागि नगर स्तरीय कमिटी गठन गरिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका बाँके जिल्लाका अध्यक्ष बसन्त मल्ल, अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरपालिका सचिब राजकुमार बि-सी- लगायतका नेताहरुको उपस्थितिमा उक्त नगर कमिटी गठन गरिएको हो । अाज भएको भेलाले प्रथम […]

आयोजक मलेसिया नेपाल संग पराजित

काठमाडौं,भदौ,१६- नेपालले मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आज शनिबार बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले आयोजक मलेसियालाई १९ रनले पराजित गरेको हो । नेपालले दिएको १८९ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित् ३० ओभरमा ९ विकेट गुमाउँदै १६९ रनमा समेटियो । वर्षाका कारण खेल ३० ओभरमा झारिएको थियो […]

नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ ले दर्जन भन्दा बढीमा निशुल्क सेवा दिने घोषणा

नेपालगन्ज ,भाद्र,१५- देशभर जताततै कर लगाएको भनेर विरोध अाईरहेको बेलामा बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको वडा नं १८ ले दर्जन भन्दा बढी सिफारिस नि:शुल्क गर्ने भनि सुचना निकालेको छ। वडा अध्यक्ष दिपक कुमार वर्माद्वारा जारी गरिएको सुचनामा जन्म दर्ता , मृत्युु दर्ता, अपांगता भएकाहरुको सिफारिस , बसाइँसराइ , नाबालिका सिफारिस , नागरिता बनाउने सिफारिस, अार्थिक अवस्था कमजोर […]

एक महिना अगाडिदेखि नै मनाईने तिज अलि खर्चालु भएको सर्वसाधारणको भनाइ

नेपालगन्ज,भाद्र,१५- हिन्दु नारीहरुको महानचाँड हरितालिका तिजलाई अाजभोलि एक महिना अगाडि देखि नै मनाउन लागिएको छ ।तिज गाउँमा भन्दा शहरहरुमा यो वा त्यो समूह, संघ/संस्था , विभिन्न राजनीति दलहरू , समूहहरुले भाद्र २७ गते मनाईने तिजलाई साउन महिना देखिनै मनाउने गरेको सर्वसाधारणको गुनासो रहेको छ । यो पर्व अाजभोलि भड्किलो , हुनेखानेहरुको, अाफना गरगहना सो गर्नेका […]

ओखलढुंगामा पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको ज्यान गयो

ओखलढुंगा,भदौ,१४- बुधबार राति पहिरोले घर पुरिँदा मोलुङ गाउँपालिका–८ खिम्लीमा एकै परिवारका चारजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षीया धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया राई र तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो । राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट […]

भिन्चीको मोनालिशा लिएर फर्किए गायक भलाकाजी राई

ओखलढुंगा, भाद्र १४- राष्ट्र प्रति सर्मपित राष्ट्रिय गीत “भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल” लिएर गायक भलाकाजी राई बजारमा आएका छन् । लामो समय पछि राष्ट्रिय भावना समेटिएको यस गीत लिएर गायक राई बजारमा आएका हुन् । खोटाङको राखाबाङदेलमा जन्मिएका गायक राई केही समय गीतसंगीत देखी टाढा रहेका थिए । फेरी गीतसंगीतलाई निरन्तर्ता दिने बिचारले […]

टाटासुमो र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको खुट्टा भाँचियो

ओखलढुंगा,भदौ,१३- सिद्धिचरण राजमार्ग अन्तरगत ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका ६ स्थित हिलेपानीमा टाटासुमो र मोटरसाईकल एकआपसमा ठोकिदाँ एकजना घाईते भएका छन् । बुधबार दिउसो कटारीबाट ओखलढुंगा आउदै गरेको ना १ ज ३८८७ नम्बरको टाटासुमो र बिपरित दिशाबाट आउदै गरेको बा ९६ प ३३११ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकल चालक मानेभञ्ज्याङ गाँउपालिका ६ हिलेपानी निवासी २७ बर्षिय राजेश […]