नेपाल प्रेस युनियनले बोलायो बृहत आकस्मिक भेला

काठमाडौं,भदौं,३- नेपाल प्रेस युनियनले संगठन विभागले भोलीबाट काठमाडौंमा सुरुहुने पत्रकार महासंघको २५ औं महाधिवेशनका बारेमा छलफल गर्ने बृहत भेला बोलाएको छ । युनियनको संगठन विभागले आकस्मिक भन्दै भेला बोलाएको हो । युनियन संगठन विभागले भेलामा उपस्थितिकालागि केन्द्रीय समितिका सदस्य, आकांक्षी उम्मेदवारहरु, युनियनका केन्द्रीय पार्सद, महासंघका पार्षद्हरु अनिवार्य उपस्थीतिकालागि आग्रह गरेको छ । काठमाडौंको अनामनगरस्थित घट्टेकुलो […]

घोराहीको नगरसभामा सडक पूर्वाधार प्राथमिकता

नरेश खड्का / दाङ, भदौ ३- घोराही उपमहानगरपालिकाको प्रथम नगरसभा आज शनिबार हुने भएको छ । नगरसभाले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छ । नयाँ संरचनामा गएपछिको पहिलो नगरसभाबाट चालु आर्थिक वर्षभरि गरिने कार्यक्रमहरु सार्वजनिक हुँदैछ । उपमहानगरपालिकाले बिषेश गरी सडक पूर्वाधारको बिकासलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम ल्याउन लागेको जनाएको छ । सडक सञ्जाललाई […]

यूएई सोसाईटीको सहयोगमा बर्दियामा थर्ड एलायन्सद्धारा त्रिपाल र झुल वितरण

बर्दिया,भाद्र,२-  साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले शुक्रबार बर्दियको बाढी […]

बाजुराका दुई हजार बालबालिकामा कुपोषण

बाजुरा,भदौ,२– बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ। जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताउनुभयो । उहाँले जिल्लामा कुपोषणलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयले आइमाम कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कुपोषण भएका बालबालिकाका […]

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाण्डौं,भाद्र ,२- नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति […]

वाइसिएलको राष्ट्रिय सम्मेलन काठमाडौमा आजदेखि सुरु

काठमाडौ,भदौ,२– माओवादी केन्द्रको युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु भएको छ । बिहान ११ बजे जडीबुटी पार्टी प्यालेसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वाइसिएललाई नयाँ नेतृत्व सहमतिबाटै ल्याउन पार्टीबाट चर्को दबाब परेको छ । वाइसिएलको नेतृत्वका लागि तीनजना बीच प्रतिस्पर्धा देखिएको […]

घोराहीमा भोली हुने तीज विशेष साँस्कृतीक कार्यक्रमको तयारी पूरा

नरेश खड्का/ दाङ,भदौ २- यहि भदौ ३ गते “दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम २०७४” हुनेभएको छ । हरितालिका तीजको अवसर पारेर राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा हुन लागेको कार्यक्रममा दाङ जिल्लाका सम्पुर्ण कलाकार तथा लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा गायिका भुमिका गिरि , […]

विद्यानिलकण्ठमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न

रोशन घर्ति दाङ,भदौ,२- घोराहीमा रहेको विद्यानिलकण्ठ माविमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको हरितालिका तिजको अवसर पारेर शुक्रबार स्वागत तथा तिज विशेष कार्यक्रम गरीएको हो । कक्षा १२ का छात्र सिद्धिमान बोहराको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गणेश के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नवआगन्तुक कक्षा ११ का […]

प्रधानमन्त्रीद्वारा कैलालीका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

कैलाली, भदौ १- प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको आज हवाई निरीक्षण गर्नु भएको छ । उहाले टीकापुरको पुरानो विमानस्थलमा ओर्लिएर बाढीपीडितलाई राहत सामग्री पनि हस्तान्तरण गर्नु भएको हो ।  प्रधानमन्त्री देउवाले बाढीपीडितको राहतमा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको छ । उहाँले खाद्यान्न लत्ताकपडा र पालको व्यवस्था गरेको बताउनुभयो । उहाँले बाढीबाट विस्थापित […]

रुकुमको आठविसकोटमा अज्ञात रोगबाट २ सय विरामी

नरेश खड्का / रुकुम,भदौ,१-  रुकुमको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय बढी बिरामी परेका छन् । हप्ता दिन यता सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् । नगर प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण […]