फेसबुकमा शेरे नामले चर्चित व्यक्ति को हुन् ? उनको बास्तविकता यस्तो छ।

काठमाण्डौं,साउन,१६- हरेक दिन सामाजिक संजाल फेशबुक , टूविटरका, वालहरुमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै विश्व चर्चित फोटो छ । नेपालमा भने यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ । त्यो तपाईको फेशबुकका वालहरुमा पनि आएका छन् होला । जसमा फोटो सहितको हाँस्यव्यंग्य पढ्दा निकै हास्नु हुन्छ होला । तर, यी को हुन् भन्ने […]

जिल्ला समन्वय परिषद्’ थप उम्मेदवार छनौटमा एमाले

काठमाडौं,साउन,१६- नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा ‘जिल्ला समन्वय परिषद्’ का थप उम्मेदवारको टुंगो लगाइने प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । साथै बैठकमा पछिल्लो राष्ट्रिय राजनीति र समसामयिक विषयमा पनि छलफल हुने प्रमुख भट्टराईले बताउनुभयो […]

तेस्रो चुनावको तयारीमा माओवादीः शीर्ष नेता परिचालित

काठमाडौं,साउन, १६- नेकपा माओवादी केन्द्रले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउन आजदेखि नै पार्टीका शीर्ष नेता परिचालित गर्ने भएको छ ।आजदेखि नै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । प्रदेश नं २ को निर्वाचनलाइ मध्यनजर […]

चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने

सिर्जना बर्देवा, ओखलढुंगा,साउन,१५- चर्चित गायक भागिराथ चलाउनेले राडोको घडि आफ्नो मायालुलाई दिने घोषणा गरेका छन् । हिन्द ुनारीहरुको महान पर्ब हरितालीका तिजको अबसर पारेर बजारमा आएको तिजको कोशेली मार्फत यस्तो कुरा बताएका हुन् । चर्चित गायक चलाउनेको सुमधुर स्वरमा धेरै तिजका भाकाहरु बजारमा आएका छन् । यसैक्रममा “राडोको घडि” बोलको भर्खरै सार्बजनिक भएको छ । […]

पामेबाट हिडेको जिप फेवातालमा खस्यो : एकको मृत्यु

पोखरा, साउन,१५- कास्कीको पामेबाट पोखरा जाँदै गरेको एउटा जीप आज बिहान फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ ।  ग.१ य ८७९ नम्बरको पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा भोजपुरका रामप्रसाद राईको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर […]

चर्चित सर्जक केशीको उत्कृष्ट शव्द सिर्जनामा “काँकरी झालैले”

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,१५- हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना सहितचर्चित सर्जक सुनिल केशीको उत्कृष्ट शब्द सृजनामा तीज कोशेली “काँकरी झालैले”बजारमा आएको छ । पछिल्लो समयका चर्चित सर्जक केशीको उत्कृष्ट सिर्जना रहेको यस गित भर्खरैमात्र सार्बजनिक भएको हो । रबिना केशी र कृष्ण सौरागको प्रस्तुती रहेको यस गितमा लय तथा थेगो कृष्ण सौरागको […]

कतारमा संकट हुँदा नेपाली कामदारमा समस्या

काठमाडौं,साउन,१५- चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् । नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ । ‘केही कतारी […]

दसैँसम्ममा भूकम्प पीडितले नयाँ घर बनाइसक्ने

काठमाडौँ,साउन,१५- भूकम्पका कारण घर भत्केका तर विभिन्न कारणले सर्वेक्षणमा नाम छुटेका पीडितको गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै महिनाको अन्तिमदेखि सर्वेक्षणका लागि इन्जिनियर लगायतका प्राविधिकलाई खटाउनेभएको छ । विभिन्न जिल्लाबाट प्राप्त यस्ता गुनासा सम्बोधनका लागि साउन महिनाको अन्तिम सातादेखि प्राधिकरणले करिब तीन सय प्राविधिक तथा इन्जिनियरलाई खटाउने तयारी गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो […]

अस्थायीलाई स्थायी नबनाउन शिक्षामन्त्रीकै दबाब

काठमाडौं,साउन,१५- शिक्षक सेवा आयोगले भदौ पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमा श्रेष्ठ आफैं लागिपरेका छन् । अस्थायी शिक्षकहरुसँग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएका छन् । गत वर्ष संशोधन शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि ०७२ असोज […]

संघीय संसद् र प्रदेशसभा निर्वाचनः चुनाव एकैपटक गर्ने सरकारको तयारी

काठमाडौं,साउन, १५- सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकै पटक गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतिक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकै पटक चुनाव गराउने निष्कर्षमा पुगेका हुन् । यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकै पटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री […]