शिक्षाका लागि दुई दिने टेष्ट ड्राईभिङ नेपालगंजमा शुरु

मधु पौडेल , बाँक,माघ २ –शिक्षाका लागि दुई दिने टेष्ट ड्राईभिङ  नेपालगंजमा शुरु भएको छ । आज  र भोली  टाटा मोर्टस कम्पनीको आयोजनमा नेपालगंजको जय बागेश्वरी माविमा टेष्ट ड्राईभिङ भएको  हो । शिक्षाको उज्यालो ज्योती बाट बञ्चित हुने पुगेका गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई पढाईमा सहयोग लागी यो अभियान गर्न लागीएको हो । शिक्षाको लागि टेष्ट […]

बाँकेमा २२ वटा सरकारी भवन पुन: निर्माण

मधु पौडेल , बाँक,माघ २- बाँकेमा शान्ति तथा पुननिर्माण मन्त्रालयद्धारा २२ वटा सरकारी भवन पुन : निर्माण भएका छन ।नेपालगंज उप महानगरपालिका मा ११ , कोहलपुर नगरपालिकामा २   र बाके जिल्लाका अन्य गाविसहरुमा ९ गरी २२ वटा सरकारी भवनहरु पुनः निर्माण भएका छन् । शान्ति तथा पुुन निर्माण मंन्त्री सिता देवी यादवले आज बाँकेका काग्रेस […]

अपाङ्ग दिनेशको दैनिकि एक खुट्टाकै भरमा रिक्सा

अराज सिंह बेल्वासे कपिलवस्तु , माघ २ – “भन्छन दैवले जे लेख्यो त्यो भएरै छाड्छ भनेर “ सदाझैं यस वर्ष पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेर अपाङग दिवस मनाए । वास्तविक तथ्याङकको अभाव भए तापनि विश्वमा हाल कुल जनसङ्ख्याको स्वदेशी तथा विदेशी संस्थाहरूले १० प्रतिशत र नेपाल सरकारले ५ प्रतिशत कुनै […]

एलपी ग्यासको मूल्य घटेपछि व्यवसायीद्धारा कृत्रिम अभाव सिर्जना

बाँके,माघ १-नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएपछि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका छन् । आयल निगमले गत माघ १९ गते मध्यपश्चिमका बाँके, बर्दिया र दाङ तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार दुई सय ७५ रुपैयाँ कायम गरेको छ । रूपन्देही र नवलपरासीमा प्रतिसिलिन्डिर एक हजार तीन सय […]

कुटपिट गरि हत्या गरेको अभियोगमा कचनापुरका पुरण बिक पक्राउ

बाँके,माघ १-कुटपिट गरि हत्या गरेको अभियोगमा बाँकेको कचनापुर–७ बस्ने ४१ बर्षीय पुरण बिकलाई प्रहरीले पक्राउ गरेको छ । उनले हिजो मादक पदार्थ सेवन गरी आफ्नै पत्नी ४२ बर्षीया सिता बिकलाई हत्या गरेका प्रहरी वयानमा उल्लेख छ ।सामान्य वादविवादका कारण कुटपिट गर्दा उनकी पत्नीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काग तिहार मनाईयो :आज सुदूरपश्चिममा

बाँके,माघ १- सुदूरपश्चिममा शनिबार काग तिहार मनाईएको छ । कात्तिकमा पर्ने तिहारमा कागको पूजा गर्ने प्रचलन रहिआएको भएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने अलिक फरक ढंगले काग तिहार मनाईन्छ । स्थानीय भाषामा “नरहरी” भनिने यस चाड माघे संक्रान्तिका दिन मनाइन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन […]

मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा चेली तिहारको रौनकता

बाँके,माघ १-मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट चेली तिहारको रौनकता छाएको छ । माघ महिनालाई धर्मी महिनाका रुपमा मान्ने यहाँका बासिन्दाले यस महिनाभर छोरी बहिनीलाई माइती घरमा बोलाएर र आफै उनीहरुको पोइली घरमा भेट्न गएर मीठा खाने कुरा र दान दक्षिणा दिए पछि धर्मप्रप्ती भएको अनुभुती गर्ने प्रचलन रहेको छ ।  यस क्षेत्रका बाजुरा बझाङ्ग, […]

माघी पर्वको अवसरमा ठाकुरद्वारामा यस वर्ष पनि ठुलो मेला

बर्दिया,माघ १-माघी पर्वको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा यस वर्ष पनि ठुलो मेला लागेको छ । मेलाको पहिलो दिन आज हजारौ दर्शकहरुले मेला भरेका छन । मेलामा विभिन्न परिकारका साथै लक्ताकपडा तथा घरायशि सामानाहरु राखिएका छन । साथै मेला विभिन्न स्टलहरु वनाएर सास्कृतिक कार्यक्रम समेत गरिएको छ ।ठाकुरवावा मन्दिर दर्शनका साथै स्थानिय कलाकारहरुको समुहहरुले […]

थारु समुदायले नयाँ वर्षका रुपमा माघि पर्व धुमधामका साथ मनाउँदै : अन्य समुदायले पनि माघेसंक्रान्ती मनाए

बाँके,माघ १-आज माघ १ गते । पश्चिम तराइका थारु समुदायकाले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ […]

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाई

धनगढी,माघ १-सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । यससँगै उसले ५ लाख पुरस्कार हात पारेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा मनाङले संकटालाई १–० गोल अन्तरले हराएको हो । मनाङका लागि खेलेको दोस्रो मिनेटमा नै अनिल गुरुङले गोल गरे । खेलको ८२ औं मिनेटमा संकटाले पेनाल्टी पाएको थियो । तर, […]