देशलाई निकास दिन संविधान संशोधन प्रस्ताव परिमार्जन हुनसक्ने : पाण्डे

बैतडी,पुस २- सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले देशलाई निकास दिन संविधान संशोधन प्रस्ताव परिमार्जन हुनसक्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला साखा बैतडीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता नभइकन सबैको सहमतिमा निकास निस्कन्छ भने परिमार्जन हुनसक्ने बताउनुभयो । संविधान जारी गर्ने […]

बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा

बैतडी,पुस २-बैतडीको सिद्धेश्वर गाविस सुदूरपश्चिमकै पहिलो र देशकै तेस्रो बालमैत्री गाविस घोषणा भएको छ  । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ ले तय गरेका बालमैत्री गाविस घोषणाका लागि पूरा गर्नुपर्ने आवश्यक ३९ वटा सूचकहरु पूरा गरिसकेपछि गाविसलाई बालमैत्री घोषणा गरिएको सिद्धेश्वर गाविसका सचिव प्रेमसिंह बिष्टले बताउनुभयो । यसअघि गएको कात्तिक महिनामा  संघीय मामिला तथा स्थानीय […]

प्रधानमन्त्री दाहालद्धारा कुलेखानी तेस्रो जलविद्युत आयोजनाको अनुगमन

मकवानपुर,पुस २-प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी आयोजनाको काम छिटोछरितो तथा पारदर्शी बनाउनका लागि आफू लागि परेको बताउनुभएको छ । सरकारी आयोजनाका काम अपारदर्शी र ढिलो हुने गरेको गुनासो बढेकाले आफू नै अनुगमनमा निस्किएको उहाँले बताउनुभयो । मकवानपुरको भैँसेमा निर्माणाधिन कुलेखानी तेस्रो जलविद्युत आयोजनाको अनुगमनका क्रममा उहाँले सरकारी स्तरबाट सुरु भएका कामहरु छिटो र छरितो गराउनका लागि […]

राजनीतिक गतिरोध अन्त्यका प्याकेज मै समाधान खोजिनुपर्ने :पौडेल

विराटनगर,पुस २- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक गतिरोध अन्त्यका लागि मुख्य तीन दलबीच प्याकेज मै समाधान खोजिनुपर्ने बताउनुभयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले संक्रमणकालीन अवस्थामा दलहरुबीच अविश्वास भएमा त्यसले संकट निम्त्याउने भन्दै दलहरुबीच प्याकेजमै सहमति खोजिनुपर्ने बताउनु भएको हो । नेता पौडेलले कांग्रेस, एमाले र माओवादी केन्द्रले संविधान जारी […]

पत्रकार महासंघको तालाबन्दी १२ औं दिन पनि जारी

बाँके, पुस २-नेपाल पत्रकार महासंघ बाँकेको कार्यालयमा लगाइएको तालाबन्दी १२ औं दिन आज सम्म पनि जारी छ । ताला खुलाउन महासंघ नेतृत्वले अहिलेसम्म पनि पहल गरेको छैन । महासंघको नेतृत्वले विधी र प्रक्रिया नपु¥याई एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै नेपाल प्रेस युनियन बाँकेले गत २० गते ताला लगाएको थियो । ताला लगाएको करिव […]

मोर्चाद्धारा बन्दको प्रतिकार गर्दै नवलपरासीमा एमाले पार्टीको झण्डा जलाए

नवलपरासी,पुस २-नवलपरासीमा भने मोर्चाले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएको छ ।आजदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा मोर्चाले बन्दको विरोध गर्दै एमाले पार्टीका झण्डा जलाएका हुन् ।सरकारले मधेशका जिल्लालार्ई मात्र केन्द्रित गरि प्रदेश नंं ५को सिमाकङ्ग गर्ने प्रस्ताव सहित संविधान संसोधन प्रस्ताव दर्ता गराएपछि आन्दोलनमा उत्रिएका एमाले पार्टीलाई […]

एमालेले गरेको बन्दका कारण आजपनी नेपालगंजको बजार ठप्प

बाँके,पुस २ –सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण आजपनी नेपालगंजको बजार ठप्प रहेको छ । ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध गरेको बन्दले आज पनि नेपालगंजमा  बन्दको प्रभाव परेको हो ।  नेपालगंजमा विहान ८ बजे सम्म गाडि चलेपनि अहिले भने नेपालगन्जको चोक […]

गजल प्रतिष्ठानको नयाँ कार्य समीति चयन

बाँके, पुस २-गजल साहित्यको क्षेत्रमा कृयाशिल संस्था मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको नयाँ कार्य समिति चयन भएको छ । प्रतिष्ठानको नेपालगन्जमा सम्पन्न द्विवार्षिक सम्मेलनले गजलकार पूर्ण समीर महताराको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समीति चयन गरेको हो । सर्वसम्मत रुपमा चयन भएको कार्य समितिमा उपाध्यक्ष दीपक आचार्य ‘जलन’ अनुपमा करारा ‘विवश’ सचिबको र वी।पी। अस्तु सहसचिबको जिम्मेवारीमा […]

प्रेम र दिपकको नया गित ‘प्रदेश तिरै गयो’ बजारमा सार्वजनिक

सुभाष कडेल काठमान्डौ,पुस १- नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नया गित बजारमा सार्वजनिक गरेका छन । नेपाली साँगितीक आकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा ल्याएका छन् ।बागलुङ जिल्ला विहुँमा जन्मीएर कामको शिलशीलामा जापान रहेका दिपक कँडेल […]

सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी आजदेखी घोराहीमा सुरु

रोशन घर्ती दाङ,पुस १- सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ आजदेखी घोराहीमा सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङको आयोजना र महासंघ केन्दिय समितिको संरक्षकत्वमा महोत्सव सुरु भएको हो । महोत्सवको शिक्षामन्त्री धनिराम पौडेलले गर्नुभएको थियो । महात्सवको उद्घाटन गर्दै शिक्षा मन्त्री पौडेलले नेपालमा पुस्तक निती आवश्यक […]