शितलहर र बाक्लो हुस्सु चलेपछि बाँकेको जनजीवन प्रभावित

बाँके,मंसिर २०-आईतबार देखि एक्कासी बढेको चिसोका कारण बाँकेको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले बाँकेमा घाम लाग्न सकेको छैन । आजपनि यहाँ शितलहरसंगै बाँक्लो हुस्सु चलेकोले घाम नलाग्न सक्ने नुमान गरिएको छ । एक्कासी चिसो बढेपछी मानिसहरु नेपालगंज र ग्रामीण क्षेत्रमा आगो तापेर बसिरहेका छन् । चिसोबाट जेष्ठ नागरिक र वालवालीका […]

अपाङ्ग बहुआयमीक भवन निमार्ण स्थल उद्घाटन

बाँके,मंसिर १९ –२५ औं अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा राप्ती पारीमा निमार्ण हुन लागेको  भवनको उद्घाटन गरिएको छ । यस संस्थाद्धारा राप्ति पारी अपाङ्ग बहुआयमीक  भवन निमार्ण स्थल २४ विगाह गंगापुर गाविसमा गरिएको उद्घाटन कार्यक्रममा पूर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री तथा क्षेत्र नं २ का सभासद श्री दिनेश चन्द्र यादवले उद्घाटन गर्नु भएको थियो । […]

नेपालगंजमा “मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७” आयोजना हुदैं

बाँके,मंसिर १९-नेपालगंजमा “मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७” आयोजना हुने भएको छ ।ग्लोबल वेष्टर्न सिनेमाटोग्राफी प्रा.ली.ले पहिलो पटक नेपालगंजमा मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७ आयोजना गर्ने भएको हो । नेपालगंजको उदाउदो मोडलीङ क्षेत्रलाई मध्यनजर गर्दै विभिन्न १० विधामा प्रतिस्पर्धा गराई कम्तीमा पनि ५० जना प्रतिस्पर्धिहरुको विचमा मिस्टर एण्ड मिस मोडल नेपालगंज २०१७ आयोजना गर्न […]

सरकारसंग १२ बुँदाको सम्झौता पछि डा.केसीद्धारा दशौं अनसन फिर्ता

काठमाडौ,  मंसिर १९ – सरकारी टोलीसंग १२ बुँदाको सम्झौता गरेपछि डाक्टर केसीले आफ्नो दशौं अनसन तोड्नु भएको छ । शिक्षण अस्पताल महाराजगञ्ज स्थित अनसनस्थलमा उनलाई भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिलाइएको थियो ।चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा। केसीले अनसन सुरु गर्नुभएको थियो ।पछिल्लो सहमतिमा […]

संसद बैठक आज पनि अवरुद्ध, अर्को बैठक २२ गते बस्ने

काठमाडौ, मंसिर १९- व्यवस्थापिका संसदको वैठक बुधबार सम्मलाई स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज बसेको वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगाएतका दलहरुले अबरोध गरेपछि संसद वैठक बुधबार सम्मलाई स्थगित गरिएको हो ।संसद सुरुहुने वित्तिकै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले सरकारले ल्याएको संविधान संशोधन विधयेक प्रस्ताव फिर्ता गर्न माग […]

आज विवाहपञ्चमी पर्व मनाईंदै

जनकपुर, मंसिर १९- आज जनकपुरमा विवाहपञ्चमी पर्व मनाइदै छ । भगवान श्री राम र माता सीताको वैवाहिक कार्यक्रम अन्तर्गत आज९आइतबार० विवाहोत्सव मनाउने गरिन्छ भने सोमबार रामकलेवा गर्ने परम्परा छ ।विवाहपञ्चमीमा सहभागी हुन नेपाल–भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु जनकपुर पुगेका छन् । यसअघि शनिबार मटकोर कार्यक्रम गरिएको थियो ।मटकोरमा जानकी मन्दिरबाट बाजागाजाका साथ स्थानीय महिलाले जनकपुरको […]

अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको बैठक तथा पदभार

नेपालगन्ज ,मसिंर १८ –अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको आज बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नव निर्वाचित संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा बसेको पहिलो बैठकले संघको प्रथम महाधिबेशन सफलतापुर्वक सम्पन्न गराउनमा निर्वतमान अध्यक्ष लगायत सम्पुर्ण कार्यसमिति, निर्वाचन समिति, तथा विभिन्न सहयोगी निकायलाई धन्यावाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले एक […]

वडा नागरिक मञ्चको संयोजकमा केदार प्रसाद आचार्य चयन

बाँके,मंसिर १८-नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १३ स्थित वडा नागरिक मञ्चको संयोजकमा केदार प्रसाद आचार्य चयन हुनु भएको छ । वडा नम्वर १३ वडा नागरिक मञ्चको हिजो गठित मञ्चका २७ सदस्यले आज एक समारोहबीच सर्वसम्मत संयोजक सहितको व्यवस्थापन समिति चयन गरेका हुन् । उप संयोजकका रुपमा दुई कार्यकाल पुरा गर्नु भएका आचार्य संयोजक, नर बहादुर विष्ट […]

प्रदेश ५ टुक्राएकोे विरोधमा कपिलबस्तुमा अनेरास्ववियु र युवा संघले राजमार्ग ठप्प

अराज सिहं बेल्बासे कपिलवस्तु मंसिर १८-प्रदेश नं. ५ विभाजनको विरोध गर्दै अनेरास्ववियु र युवा संघले कपिलबस्तुमा बिभिन्न ठाउमा प्रदशन गर्दै  पुर्व पश्चिम राजमार्ग ठप्प वनाएका छन । शिबराज नगरपालिकाको चन्द्रौटा कृष्ननगर बुद्धबाटिका नगरपालिकाको गोरुसिंगे स्थित अर्घाखाची चोकमा प्रर्दशन गर्दै ठप्प पारिएको हो । राजमार्ग जाम भए पछी सयौ सवारी साधन बाटैमा वस्न वाद्य भएका थियो […]

कर्मचारीको तलब कटाएर दलित अपाङ्गलाई सहयोग

जाजरकोट,मंसिर १८-जाजरकोटमा रहेको पहाडी क्षेत्र विकास अभियानको पहल कार्यक्रममा काम गर्ने कर्मचारीले आफ्नो तलब कटाएर दलित अपाङ्गलाई सहयोग गर्ने भएका छन् । जिल्लाको अति विकट नायकवाडा गाविस– ३ का अति गरिब परिवारका विद्यार्थी २६ वर्षीय मोहनीलाल कामीलाई ५८ हजार ५ सय रुपैयाँ सहयोग गरिएको पहल कार्यक्रमका संयोजक महेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो । पहल कार्यक्रममा काम […]