बाँके,असार,८ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर क्षेत्रका स्थानियहरुले कुरा भन्दा काम गर्ने उम्मेदवालाई भोट दिने बताएका छन् । नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने नयाँबस्ती, थपुवा र मनिकापुरका बासीन्दाले सपना ठूला देखाउने तर पूरा नगर्नेलाई भन्दा काम गरेर देखाउने व्यक्तिलाइ मतदान गर्ने बताएका हुन् । समस्या सुन्न र मतदानको अपील […]
Author: bihani
दुम्माका के.सी संगित क्षेत्रमा जम्दै
मधुपौडेल, काठमाण्डौ,असार,८- ६ वर्ष देखि गायन तथा संगित सम्वन्धि तालिम लिनु भएको मित्र के.सि. संगित क्षेत्रमा आफुलाई उभ्याउने जमर्को गर्दै अगाडि बढेको देखिन्छ । एक दर्जन भन्दा बढि गितमा आफ्नो स्वर भर्नु भएका केसिले करिव दुई दर्जन गितमा शब्द तथा संगित दिई सक्नु भएको छ । दुम्मा ५ भोजपुर घर भई हाल काठमाण्डौ इमाडोलमा बस्दै […]
मिडियाको भुमिका विषयक अन्तक्रिया कार्यक्रम नेपालगंजमा सम्पन्न
मधुपौडेल, बाँके,असार,८- पत्रकार अचारसंहिता र पालनामा काउसिन्सल र मिडियाको भुमिका विषयक अन्तक्रियात्मक कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ । नेपाल पत्रकार महाँसघ नेपालगंजको संम्मन्वयन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा सो कार्यक्रम भएको हो । नेपाल पत्रकारमहासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपालपत्रकार महासंघका केन्द्रिय सदस्य तथा मध्येपश्चिम संयोजक झलक गैरे […]
अध्यक्षमा अर्कैलाई बनाइएपछि फोरमका तीन उम्मेदवार चुनावमा नलड्ने
भिष्म लोध, नेपालगञ्ज,असार,८- नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा संघीय समाजबादी फोरमबाट वडा सदस्यका तीन जना उम्मेदवारले चुनावमा नलड्ने बताएका छन् । उनीहरुले आफुहरुको वडा अध्यक्ष पदका उम्मेदवार शब्बीर किघरिया र सदस्य उम्मेदवार केशवराम राढको पदमा नयाँ शक्ति पार्टी नेपालबाट जलिम खाँ र सदस्यमा शिवशंकर तिवारीलाई उम्मेदवार उठाइएकाले आफुहरु चुनाव नलड्ने बताएका हुन । बुधबार […]
घोराहीलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान सुरु
नरेश खड्का, दाङ, असार, ८- प्लाष्ट्रिक झो लामुक्त बनाउन अभियान थालिएको छ । प्लाष्ट्रिक झो लामुक्त बनाउने विषयमा असार ५ गते दे खि घो राहीमा छलफल र अन्तर्क्रिया कार्यक्रमहरु गरिएको थियो । घो राही उपमहानगरपालिका–१४ मा रहे को जनचे तना टो ल, १५ मा रहे को उन्नतिनगर टो ल र वडा नं। १६ का अम्बिके […]
निर्वाचन सम्बन्धि डडेल्धुरा प्रशासनद्धारा गरिएका निर्णय आशिंक रुपमा मात्रै कार्यान्वयन
ध्रुब बिष्ट, डडेल्धुरा, असार,८- डडेल्धुरा जिल्लास्थीत सञ्चालित यातायातका साधनहरुमा पार्टीका झण्डाहरु लगाइएको प्रति प्रशासनले सचेत गराएपनि अझैपनि सो कार्य आंशिक रुपमा जारी नै रहेको छ । अस्ती मात्रै जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गरेर यस्तो नगर्न आग्रह गरेको भएपनि आचारसंहिता उलंघनका घटनामा पूर्ण रुपमा अझै कमी नआएको स्थानियहरुको भनाई छ । सार्वजनिक यातायातका सवारी साधनले […]
संबेदनशिल क्षेत्रमा सुरक्षाकर्मी परिचालन
मोहन पनेरु, डोटी,असार,८- आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षा दिन जिल्लाका अति संबेदनशित क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ । जिल्लाको दक्षिण क्षेत्रलाई अति संबेदनशिल भन्द नेपाली सेना र सशस्त्र प्रहरीहरु परिचालन गरिएको छ । बड्डीकेदार र बोगटान गाउपालिकामा नेपाली सेनाहरु परिचालित गरिएको छ । सो क्षेत्रका १० वटा मतदान केन्द्रहरु अति संबेदनशिल रहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण […]
भारतले चार सय नेपाली ग्यास बुलेट रोक्यो
काठमाडौ,असार,८- भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो । ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका […]
साउदीमा दुई नेपालीको मृत्यु
काठमाडौ, असार,८- साउदी अरबको जुवेलस्थित एक ग्यास प्लान्टको विषक्त ग्यास नष्ट गर्ने क्रममा दुई नेपालीको ज्यान गएको छ । ग्लोबल इन्धाइरोमेन्टल सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ बर्षीय बालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । बस्नेतको घटनास्थलमै र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको […]
गोर्खाल्यान्ड आन्दोलन : दार्जीलिङ छाड्दै विद्यार्थी
काडमाडौ, असार,८- गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ । मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका […]









