सिद्धार्थ बैंक एनपिएल आज देखि सुरु, उद्घाटन खेलमा जनकपुर बोल्ट् र काठमान्डु गोर्खाज भिड्ने

टोकियो,मंसिर,१-दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आज देखि सुरु हुदैँ छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता हुन लागेको हो। सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट् र काठमान्डु गोर्खाज दिउँसो चार बजे भिड्ने छन्। फ्लडलाइटमा हुने खेल […]

टी-२० विश्वकप : यूएईमाथी नेपालको १ रनको रोमाञ्चक जित

टोकियो,असोज,२६-नेपालले आज यूएईलाई एक रनले जितेको छ। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको आज आईतबार भएको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको हो। पहिले नेपालले टस जितेर यूएईलाई बलिङको लागि निम्तो दिएको थियो। नेपालले पहिले ब्याटिङ गर्दै ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० […]

नागोया नेप्लिज फुटबल क्लबले नोभेम्बर एकमा फुटसल टुर्नामेण्ट गर्ने

टोकियो,असोज,१५-नागोयामा फुटसल टुर्नामेण्ट हुने भएको छ। नागोया नेप्लिज फुटबल क्लब (NNFC) ले प्रवासमा रहेका फुटबल खेलप्रमी नेपाली समुदायमा फुटबल खेल मार्फत भाईचाराको सम्बन्धलाई अझ प्रगाढ राखौं भन्ने मुख्य उद्देश्यका साथ फुटसल टुर्नामेण्टको आयोजना गर्न लागेको क्लवका अध्यक्ष रोशन गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।  उहाँका अनुसार नागोयामा रहेको नेपाली रेष्टुरेण्ट नेपाल स्टेशनका मालिक सागर ढकाल ज्यूले […]

जापानमा नेपाली बालबालीकाको लागि फुटबल प्रशिक्षण सुरु

टोकियो,साउन,१७-जापानमा रहेका नेपाली बालबालिकालाई लक्षित गरि चिबाको ईचिखावामा पहिलो पटक फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ। नेपाल जापान फुटबल संघ (NJFA) जापानद्वारा आज अगष्ट २ तारिख शनिबारका दिन देखी फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको नवनिर्वाचित एनआरएनए जापानका सदस्य नविन दिप गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले नेपाली बालबालिकाहरूको खेलकुद क्षमताको विकास र […]

प्रथम बिशाल प्रेजेण्ट भेट्रान्स र १० वर्ष मुनिका च्यारिटी कप सम्पन्न

टोकियो,असार,२२-जापानको टोकियोमा प्रथम बिशाल प्रेजेण्ट भेट्रान्स र १० वर्ष मुनिका च्यारिटी कप प्रतियोगिता एकै साथ भव्य रुपमा सम्पन्न भएको छ। आईतबार टोकियोमा सम्पन्न भएको उक्त भेट्रान्स कपको उपाधी लमजुङ एफसीले जितेको हो।निकै रोमाञ्चक बनेको भेट्रान्स कपको फाईनल खेलमा लमजुङ एफसीका खेलाडी प्रेम गुरुङले उत्कृष्ट गोल गर्दै 8848 लाई १-० गोल अन्तरले हराउदै उपाधी जितेको थियो।अन्तत : पराजित […]

नेपालले गर्यो लाओसमाथी गोलको वर्षा, कप्तान सावित्राको ह्याट्रिक

काठमाडौं,असार,१५-नेपालले एएफसी एसियन कप छनोटमा सानदार विजयी सुरुआत गरेको छ। आईतवार उज्वेकिस्तानको तास्केन्तमा भएको समूहको आफ्नो समूहचरणको पहिलो खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको हो।नेपालको यो १००औं अन्तर्राष्ट्रिय खेल हो। नेपालको यो शतकीय खेललाई अविष्यमरणीय बनाउन सावित्रा भण्डारी साम्बाले ५ गोल गरिन्।बाँकि गोल अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले समान एक […]

साफ यु-१९ च्याम्पियनसिपको उपाधी भारतले जित्यौ

टोकियो,जेठ,५-साफ यु-१९ च्याम्पियनसिपको फाइनलको उपाधी भारतले जितेको छ।भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई हराउदै उपाधी जितेको हो। फाईनल खेलको पहिलो हाफमा भारतले अग्रता लिएको थियो।खेलको पहिलो मीनेटमै भारतका क्याप्टेन समिले मध्य भागबाट फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा जोएले बंगलादेशका लागि ६१ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। […]

महिला फुटसल एसियन कप चाइना २०२५ को उपाधी जापानले जित्यौ

टोकियो,जेठ ३-महिला फुटसल एशियन कप चाईना २०२५ को उपाधी जापानले पहिलो पटक जितेको छ।यसअघी दुई पटक सम्म जापान उपविजेता बनेको थियो।  होहोट स्पोर्ट्स सेन्टर चाईनामा आज शनिवार दिन भएको फाईनल खेलमा जापानले थाईल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउदै उपाधी जितेको हो। निकै प्रतिस्पर्धा भएको खेलमा निर्धारित समय सम्म दुवै टिमबाट ३-३ गोलको बराबरी भए संगै खेल पेनाल्टी सुटआउटमा […]

नेपाल मगर संघको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीलाई

टोकियो,बैशाख,२२-नेपाल मगर संघ क्षेत्रीय समिती नागोया जापानले आयोजना गरेको पहिलो फुटसल टुर्नामेण्टको उपाधी नागोया नेप्लीज एफसीले जितेको छ। गत शनिवारका दिन नागोया स्थित युबी टोकाई फुटसल क्लबको खेल मैदानमा सम्पन्न भएको टुर्नामेण्टमा नागोया नेप्लीज एफसीले स्टार एफसीलाई हराउदै उपाधी जितेको हो। टुर्नामेण्टमा विजेता टिम नागोया नेप्लीज एफसीले ट्रफि र मेडल सहित ३ लाख ५५ हजार […]

आज चौंथो तमु धिं जापान रनिङ कप हुदैँ

टोकियो,बैशाख,७-आज चौंथो तमु धिं जापान रनिङ कप फुटसल प्रतियोगिता हुन लागेको छ। नयाँ वर्षको उपलक्ष्यमा हरेक वर्ष झै यस वर्ष पनि तमु धिँ समाज जपानको आयोजनामा रनिङ कप फुटसल हुन लागेको हो। आयोजकका अनुसार यसपालीको प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ।“स्वास्थ्यको लागि खेल तथा मित्रता”भन्ने मुल नारा सहित जापानमा रहेका फुटबल प्रेमी खेलाडीहरु विच पारस्परिक […]