काठमाडौं,कात्तिक,२६- प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएको छ ।भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा एमालेको मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्थ्यो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिनुभयो ।मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश […]
ब्यानर न्यूज
आज “भाईटिका ” लगाईदै ! टिकाको उत्तम साईत ११:५५ बजे
काठमाण्डौ,कार्तीक,२३- यमपञ्चकको पाँचौ तथा अन्तिम दिन अाज “भाइटिका” लगाईदैछ ।आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् । साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार […]
जेसिजको कार्यक्रम भेरीगङ्गा नगरपालिकामा सम्पन्न
कार्तिक,बाँके,२२- सुर्खेतको भेरीगंगा नगरपालिकामा जेसिजको कार्यक्रम सम्पन्न भएको छ। बिहिबार सम्पन्न उक्त कार्यक्रम कार्यालय उद्घाटन , शुभदिपावली ,छठ तथा नेपाल संवतको शुभकामना आदानप्रदान एवंम चियापान कार्यक्रमको अवसर पारी गरिएको थियो।नवराज रिजालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका राष्टिय पूर्व अध्यक्ष गेहेन्द्र प्रशाद दाहाल रहनु भएको थियो । त्यस्तै कार्यक्रमको बिशिष्ठ अतिथिमा भेरीगङ्गा नगरपालिका […]
बिचल्लीमा परेका बालबालिकालाई खोज्दै सहयोगी संस्था गुल्मीको मदानेमा
गुल्मी,कार्तिक,२२- गुल्मीको मदाने गाउँ पालिकामा आफनै बाबुद्वारा आमालाई मारे पछि बिचल्लीमा परेका बालबालिकाहरुको समाचार पढेर खोज्दै चितवन जिल्लाबाट गुल्मीको मदाने गाउँ पालिकामा हिमाली ईकोनोमी डेभलपमेन्ट संस्थाका प्रतिनिधि आएका छन् । यहीँ कार्तिक १५ गते गुल्मीको मदाने गाउँ पालिका वडा नं ६ पनाहा भन्ने ठाउँमा रक्सी सेवन गरेको झोकमा ३२ बर्षीय दुर्गा नेपालीले आफनी ३१ बर्षीय […]
जापानमा लक्ष्मी पूजा गरियो : टिका लगाउदा जापानीज सर र भियतनामी विद्यार्थी मख्खै
कित्ताक्यूशु,जापान,कार्तीक,२१- जापानमा आज धनधनाध्यकी देवि माता लक्ष्मी भगवानको पूजा अर्चनागरी मनाईएको छ । जापानको कुत्ताक्यूशुमा रहेको निहोन गो गाकु गाक्कोमा (स्कुलमा) रहेका नेपाली विद्यार्थीले एक कार्यक्रममको आयोजना गरी लक्ष्मीको पूजा अर्चना गरेका हुन् । उक्त विद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफ्नो देशको संस्कृतीलाई विदेशमा चिनाउनको लागी पनी आफुहरुले लक्ष्मी पूजा गरेको बताएका छन् ।लक्ष्मी पूजा कार्यक्रममा उक्त […]
राति १० बजेपछि देउसी–भैलो खेल्न रोक
काठमाडौं,कात्तिक,२०- जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । मादकपदार्थको सेवनबाट झै–झगडा, हुल–हुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उहाँले बताउनुभयो । […]
नेपालगंजको रानी तलाउमा भोली देखि बोटिङ सुविधा
नेपालगन्ज ,कार्तिक,१९- नेपालगन्ज उपमहानगरपालिका वडा न ८ मा रहेको रानी तलाउमा भोलि देखि अान्तरिक तथा बाह्य पर्यटकहरुका लागि बोटिङ सुविधा सुरु हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले वर्षौं देखि जिर्ण र सञ्चालनमा नअाएको उक्त तलाउलाई मर्मतसम्हार गरी पुनः सञ्चालनमा ल्याउने भएको छ । यस भन्दा पहिले पनि अहिलेकै मेयर डा- धवल शमशेर राणा मेयर भएको […]
डोल्पामा जिप दुर्घटना १० को मृत्यु , दुईको जिवितै उद्दार
डोल्पा,कार्तीक,१९- डोल्पाको कालागौडा भन्ने स्थानमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटना स्थलबाट दुई जनालाई भने जिवितै उद्दार गरिएको छ । डोल्पाको सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गर्नु भएको हो […]
पैसा पठाउने केपिलाई भारतमा पैसाकै मालाले सम्मान
मुम्बई,कात्तीक,१९- एन.पि युवा क्लब कान्देवली भारतले गरेको दिपावलि विशेष कार्यक्रम एक भव्यरुपमा सम्पन्न हुदै गर्दा। सांस्कृतिक कार्यक्रमलाई गायक टंक तिमिल्सेना र लोकेन्द्र खत्रीले भरपर्दो मनोरञ्जन गर्नुभए संगै देशका कान्छा सामाजिक अभियान्ता केपि खनालले आफ्नो मनतव्य राख्दै गर्दा एक जना शुभेच्छुक राजेन्द्र पंडितले कान्छा अभियान्तालाई भारतिय रुपैयाँले माला हालेर सम्मान गरेका हुन। “सके हजार नसके प्रचार […]
नोबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर
विराटनगर,कात्तिक,१८- नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर […]










