जुम्ला,पुस,५- तिला गाउँपालिकाका दुई बस्ती जुम्ला जिल्लाकै पहिलो छाउगोठ मुक्त घोषणा भएका छन् । छाउगोठ मुक्त घोषणा भएका बस्तीमा यो गाउँपालिकाका वडा नं ३ को जोगीवाडा र वडा नं ४ को रावतवाडा गाउँ हुन् । ३५ घरधुरी रहेको ४ नं वडाको रावतवाडामा सोमबार आयोजित घोषणा कार्यक्रमको उद्घाटन निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र ६१ […]
ब्यानर न्यूज
एमाले-माओवादी पद बाँडफाँडको कसरत
काठमाडौं,पुस,५- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतासँगै सिद्धान्त, नेतृत्व तथा पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका दुई दलले पार्टी एकतापछि नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका हुन् । दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे […]
हिजो संसार जित्ने रायमाझी आज केशीका कारण पछुताउन बाध्य
सिर्जना बर्देवा/ ओखलढुंगा पौष, ४- हिजो संसार जित्ने चर्चित मोडल ओ.बी. रायमाझी आज पछुताउन बाध्य बनेका छन् । आफ्नो प्रेमिका सारिका केशीले धोका दिए पछि केशी कै कारण पछुताउन बाध्य बनेका हुन् । पछिल्लो समय निक्कै मार्मिक लोकदोहोरी गित “हिजो” सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै म्युजिक भिडियो बजारमा आउने क्रम जारी रहदाँ […]
देहरादुनमा ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव हुने
इन्द्र कार्की /महेन्द्रनगर,४,पौष कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले नेपाल सरकार वाणिज्य मन्त्रालय ,्व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा नेपाल पर्यटन वोर्ड , भारत स्थित नेपाली राजदुतावासको सहयोगमा मेला तथा महोत्सव हुन […]
प्रादेशिक सरकारको गृहकार्यमा मधेशी दल
काठमाडौं,पुस ४- प्रदेश सभा तथा प्रतिनिधि सभाको सम्पूर्ण नतिजा आइ सकेपछि दलहरुले आगामी कार्यनीति तथा सरकार गठनको विषयमा परामर्श सुरु गरेका छन् । चुनाव सम्पन्न भएसँगै मतदातालाई बधाई तथा शुभकामना दिएर राजधानी फर्केका विभिन्न दलका नेताहरु आगामी सरकार तथा प्रदेश सभा गठनको विषयमा आपसी परामर्श थालेका छन् । प्रदेश २ मा मधेसवादी दलले प्रदेश सरकार […]
‘राष्ट्रपतिले अध्यादेश रोक्नु असंवैधानिक
काठमाडौं,पुस,४- कांग्रेसले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीको संवैधानिक भूमिकामाथि प्रश्न उठाएको छ । सरकारले दुई महिनाअघि पठाएको अध्यादेशलाई प्रमाणीकरण नगरी ‘होल्ड’ राख्नुलाई ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर छ । अध्यादेश रोकिएको विषयमा कांग्रेसका शीर्ष तहका नेता केही दिनदेखि छलफलमा छन् । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेकै ‘उक्साहट’ मा राष्ट्रपतिले अध्यादेश होल्ड गरेको […]
सर्जक बोहराको सिर्जना मार्फत मोडल थापाको जैशीलाई मुटुमा बस्न अपिल
सिर्जना बर्देवा/ ओखलढुंगा पौष ३- पछिल्लो समयमा एक पछि अर्को सिर्जना नियमित बजारमा ल्याउन सफल सर्जक नरेश बोहराको सिर्जना सार्बजनिक भएको छ । बोहराको उत्कृष्ट सिर्जना “दुखीले पनि” केही समय अगाडी सार्बजनिक भएको हो । बोहराको यसै सिर्जना मार्फत चर्चित मोडल बुद्धबिर थापाले मोडल टिका जैशीलाई मुटुमा बस्न अपिल गरेका छन् । थापाले माया गर्ने […]
खत्रीको “आए सानू बिदेश हतारमा“ छिट्टै सार्बजनिक हुँदै
सिर्जना बर्देवा/ काठमाण्डौं,पौष,३- नेपालमा रोजगारी नपाएर साहुको ऋण तिर्न नसकी बिदेशीनु पर्ने नेपालिको वास्तविक कथा र घटना समेटेर तयार गरिएको गित “आए सानू बिदेश हतारमा” छिटै सार्बजनिक हुने तयारिमा छ । प्रत्यक दिन युबा शक्ति बिदेश पलाएन भएको देखिन्छ हाम्रो देशको अस्थिर राजनैतिक ब्यबस्था र महँगि थेग्न नसक्दा अनि आफ्नो घर खर्च चलाउन हम्मे हम्मे […]
शैक्षिक महोत्सवको अवलोकन गर्ने दर्शकहरुको संख्या बढदै
डम्मर थापा मगर/ बाँके,पुस,३- नेपालगंजमा जारी आठौं राष्ट्रिय पुस्तक प्रदशनी तथा शैक्षिक महोत्सव २०७४ को अवलोकन गर्ने दर्शकहरुको संख्या बढदै गएको छ । ऐतिहासिक रुपमा आयोजना गरिएको मेलामा शिक्षाप्रति रुचि राख्नेहरुको समेत उल्लेखनिय सहभागिता रहेको छ । महोत्सवमा आईतबार बहुभाषिक कवि गोष्ठी सम्पन्न गरीएको थियो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको प्रचार प्रसार […]
चीनबाट इन्धन ल्याउने प्रक्रिया अन्योलमा
काठमाडौं,पुस,३- चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक देखिएको छ । आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल ट्रेडिङलाई दिए पनि अर्थ मन्त्रालयले यसमा सैद्धान्तिक सहमति नजनाउँदा अन्योल देखिएको छ । यसरी अर्थबाट सहमतिका लागि कुनै प्रक्रिया अघि नबढ्दा ढिलाई भएको आपूर्ति मन्त्रालयले बताएको छ । पछिल्लो समय चीनबाट इन्धन आयात गर्ने जिम्मा […]










