काठमाडौँ,मंसिर,१०- निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन आज देशका ३२ जिल्लामा गर्दैछ । आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हुन लागेको हो । प्रतिनिधिसभा र […]
ब्यानर न्यूज
३२ जिल्लामा भोली निर्वाचन : मतदानका लागी सम्पुर्ण तयारी पुरा
काठमाडौं,मंसिर,९- निर्वाचन आयोगले पहिलो चरणमा भोली आइतबार मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान […]
जनता यो देशको मालीक हो : प्रधानमन्त्री देउवा
सुनवान,मंसिर,९- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले जनता यो देशको मालीक भएको बताउनु भएको छ । आज नवलपरासीको सुनवल नगरपालीकामा विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनता यो देशको मालीक भएको बाउनुभयो । उहाँले जनताले सरकार बनाउने , बदल्न पाउने मौका पाउछ । तर जनता संग पार्टी डराउनु पर्ने भएपनी अहिले ठिक उल्टो […]
लोकतन्त्रीक उम्मेद्वारहरुसँग जनताद्धारा मागैमाग
कोहलपुर, मंसिर,९- बाँके क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १५ का स्थानिय जनताले प्रतिनिधिसभा सदस्य माधवराम खत्री र प्रदेश सभा सदस्य नारायण प्रसाद गैडेलसँग विभिन्न मागहरु राखेका छन् । स्थानियले आफ्नो क्षेत्रमा सुविधा सम्पन्न कालोपत्रे सडक, खानेपानी, विद्युत लगायत अन्य विकासका विभिन्न मागहरु राखेका छन् । “यहाँ धेरै पटक अरुलाई जिताएर पठायौं, […]
रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ४ घाईते
रुकुम,मंसिर,८- रुकुमको सदरमुकाम मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । सदरमुकाम मुसिकोट बाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँख कालिमाटीमा शुक्रबार साँझ ७: ४५ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । त्यस्तै ४ जना घाइते छन् । […]
अछाममा निर्वाचन आचारसंहिता विपरित विद्युतको पोल गाड्ने काम हुँदै
एकेन्द्र महता/ मंसिर,अछाम,८- चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । आचारसहिता विपरित चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्षको पहलमा भईरहेको स्थानीयले आरोप लगाएका छन् । निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम आचारसहिंता विपरित भएको स्थानीय […]
नेपालगञ्ज उपमहानगरपालिको प्रथम नगर सभा
नेपालगञज,मंसीर,८- नेपालगञ्ज उपमहानगरपालिकाले करिव दुई अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ को आय÷ व्यय प्रस्ताव प्रस्तुत गरेको छ । स्थानीय तहको निर्वाचनपछि आज नेपालगञ्ज आयोजित भव्य प्रथम सभा समारोहमा उपमहानगरपालिकाले चालु ०७४÷०७५ को लागि आन्तरिक तथा बाह्य श्रोतबाट कुल आय दुई अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ […]
निर्वाचनमा कर्मचारीले मतदान गर्न नपाउने
काठमाडौं,मंसिर,८- सर्वाेच्च अदालतले कर्मचारीको मतदान गर्ने अधिकारको रक्षा गर्न भने पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटिएका झण्डै पाँच लाख कर्मचारीले मतदान गर्न नपाउने भएका छन् । महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब सुब्बा भरतकुमार मैनालीले संविधान र अन्य ऐनकानुनको व्यवस्थाअनुसार कर्मचारी र राष्ट्रसेवकलाई समानुपातिक मतदानको अधिकार दिन माग गर्दै रिट दायर गरेका थिए । आजको हिमालय टाइम्समा […]
कतारमा नाकाबन्दीको असरः हजारौं नेपाली फर्किए
काठमाडौं,मंसिर,८- ६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन् । आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई […]
श्वासनलीको संक्रमण
इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,०७ श्वासनलीको संक्रमण भनेको के हो ? नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ । गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र […]









