तुलसीपुरका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात

नरेश खड्का, दाङ,जेठ,२८- शुक्रवार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठीत व्यापारी राज कुमार श्रेष्ठको अवस्था अझै सम्म पनि अज्ञात रहेको छ । श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आज विहान आकस्मिक बैठक डाकेको थियो । बैठकले श्रेष्ठको सकुसल रिहाईका लागि सम्वन्धीत पक्ष संग अपिल समेत गरेको छ । संघका अध्यक्ष विमल रिजालले यथासक्य रिहाईका लागि अपिल एवं सुरक्षा […]

नेपाली कांग्रेस बाँकेले उम्मेदवारको टुंगो लगायो

 मधुपौडेल बाँके,जेठ,२८- नेपाली कांग्रेस बाँकेले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाएको छ । सो पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारु तथा राप्तीसोनारी गाउँपालिकाको प्रमुखमा लाहुराम थारु र उपप्रमुखमा धनीकुमारी खत्री, बैजनाथ गाउँपालिकामा देबबहादुर खत्री र भावना चौधरी, खजुरा गाउँपालिकामा […]

कांग्रेस परित्याग गरेका खड्का पार्टि प्रवेश गराउने अभियानमा

मधुपौडेल, बाँके,जेठ,२८- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनु भएका बाकेका युवा नेता अमर खड्का पार्टि परिवर्तन गरी माओवादी केन्द्रमा प्रवेश पछि माओवादी केन्द्रको जिल्लाभर संगठन विस्तारमा तिव्र लागेको पाइएको छ । नेपाली कांग्रेस बाकेका प्रवाभशालि युवा नेताका रुपमा लिइए खड्काको केन्द्र प्रवेशले कांग्रेसलाई केही नहुने वताइ रहेको वेलामा नेता खड्क र कृष्णा केसी नमुनाको नेतृत्वमा पार्टी […]

राष्ट्रपति स्विजरल्याण्ड जाँदै

काठमाण्डौ,जेठ,२८- राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागेको वर्लड अफ वर्क समिट मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो । गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान वर्लड अफ वर्क समिट हुन लागेको हो । आजको […]

राप्रपाको चुनावी प्रचारप्रसार तिव्र

भानुभक्त बस्नेत घोराही,जेठ,२७- घोराही उपमहानगरपालिका ७ अस्परीमा राप्रपाको भेला सम्पन्न भएको छ । राप्रपाका घोराही उपमहानगरपालिका मेयर उम्मेद्धवार भोलानाथ योगीको अध्यक्षता तथा राप्रपा नेपालका केन्द्रिय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा मेयर पदका उम्मेद्धवार योगीले आफ्नो ठाँउको विकास,धर्म सस्कृतीको संरक्षण,भाइचाराको विकासआदिको लागी आफुलाई गाई चिन्हमा छाप लगाई अत्यधिक मतका साथ […]

विद्यालयको पर्खाल लगाउन खोज्दा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

गोरखा, जेठ २७- गोरखाको सिरानचोक गाउँपालिका(५ छोप्राकमा विद्यालयको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर एक जनाएको ज्यान गएको छ । भूकम्पपछि पुनर्निर्माण भैरहेको मण्डली माविको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिँदा नवलपरासी गंैडाकोटका गोविन्द सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । गैंडाकोटकै सुभाष गन्धर्व भने घाइते हुनुभएको छ । उज्जालो खबरबाट

वैद्य र चन्दलाई प्रचण्डले भने मिलौँ

काठमाडौं, जेठ, २७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, ‘अब कुनै पनि भूलभूलैयामा […]

माओवादीकै कारण मुलुकमा परिवर्तनको महसुस भएको हो प्रचण्ड

काठमाडौं,जेठ,२७ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अवसरवादी भएको भन्दै सम्पूर्ण परिर्वतनको केन्द्रविन्दु माओवादी पार्टी भएको दाबी गरेका छन्। शनिबार विहान लाजिम्पाटस्थित आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वका कारण नै मुलुकमा परिर्वतनको महसुस गर्न सकिएको दाबी गरे। माओवादी नेतृत्वले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत […]

प्रदेश २ मा एमाले छैन भन्नु भ्रममात्र हो एमाले अध्यक्ष ओली

काठमाडौं,जेठ,२७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपा एमाले पराजित हुन्छ भन्ने भ्रम नराख्न आग्रह गरेका छन्। विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गरेकाहरुको स्वागतमा शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले मधेसमा एमाले पराजित हुन्छ भन्ने कुरा भ्रममात्र भएको टिप्पणी गरे। अहिले २ नम्बरमा एमाले छैन भन्ने भ्रम छु […]

फेरि चुनाव सार्ने राजपाको प्रस्ताव, सत्तारुढ दलले गरे अस्वीकार

काठमाडौं,जेठ,२७- राष्ट्रिय जनता पार्टी नेपालले आफूहरुले चुनावमा भाग लिन दोस्रो चरणको चुनावको मिति सार्नुपर्ने प्रस्ताव गरेको छ प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बोलाएको छलफलमा उनीहरुले अहिलेकै अवस्थामा चुनावमा भाग लिन कठिन हुने भन्दै मिति सार्न प्रस्ताव गरेको हो। तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावको मिति सार्ने प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री देउवाले […]