ओखलढुंगाको सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी

सिर्जना बर्देवा/ ओखलढुंगा, मंसिर,२३- ओखलढुंगामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुईवटै सिट वाम गठबन्धनले जितेको छ । प्रतिनिधिसभामा वाम गठबन्धनका यज्ञराज सुनुवार विजयी हुनुभएको हो । प्रदेशसभाको क मा वाम गठबन्धनका उम्मदवार अम्बीरबाबु गुरुङ विजयी हुनुभयो । गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका मित्रसेन दाहालले ११ हजार […]

लमजुङबाट माओवादी नेता देव गुरुङ विजयी

 लमजुङ, मंसिर, २३- लमजुङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ भारी मतले विजयी हुनुभएको छ । नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीलाई ८ हजार ४०१ को फराकिलो मतान्तरले हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । गुरुङले ३९ हजार ४६८ मत ल्याउँदा घर्तीले ३१ हजार ६७ मत प्राप्त गर्नुभयो ।  

काठमाडौं क्षेत्र नं. २ मा माधव नेपाल निर्वाचीत

काठमाडौं,मंसिर,२३- काठमाडौं क्षेत्र नं. २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी हुनुभएको हो । नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याउनुभयो । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत […]

काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी

काठमाडौं,मंसिर,२३- काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी हुनुभएको छ । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी हुनुभएको हो । उहाँले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गर्नुभयो । प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कुले १५ हजार ४८५ मत प्राप्त गर्नु भएको थियो ।

उपेन्द्र यादव दोब्बर मतान्तरले विजयी

काठमाण्डौं,मंसिर,२३- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी–२ मा पराजित गर्दै प्रतिनिधि सभामा विजयी हुनुभएको छ । विजेता यादवले२१ हजार ६ सय २० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५ सय ८४ मत पाउनु भएको हो । फोरम अध्यक्ष यादवलाई मधेशी गठबन्धनको राजपाले र नेपाली […]

बाँके क्षेत्र नं. २ (ख) बाट काँग्रेस नेता हमाल विजयी

बाँके,मंसिर,२३- बाँके क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र हमाल विजयी हुनु भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार हमालले ९२११ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दुर्गेश गुप्ताले ८४३२ मत ल्याउनु भएको थियो । हमाल ७७९ मत अन्तरसहित विजयी हुनुभएको हो । 

ताजा मतपरिणाम : कुन पार्टीले कती ठाँउ जित्यो ( नामावली सहित)

काठमाण्डौं,मंसिर,२३- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम धमाधम आइरहेको छन् ।  हेर्नुहोस् कसले कहाँ जिते र कसको कहाँ अग्रता छ सूचीसहित प्रतिनिधि सभामा विजयी हुनेहरू नेकपा एमाले १.म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत २.मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)- ३.मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले) ४.मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार […]

काठमाडौं ३ ‘क’ बाट प्रदेशसभामा कांग्रेस नेता लामा विजयी

काठमाडौं,मंसिर,२३- नेपाली कांग्रेसले काठमाडौं  क्षेत्रबाट प्रदेशसभामा जित निकालेको छ । काठमाडौं क्षेत्र नं. ३ को ‘क’ बाट नेपाली कांग्रेस उम्मेदवार छिरिङ दोर्जे लामा विजयी हुनु भएको हो ।  लामाले ६ हजार ४ सय ४८ मत ल्याउँदा उहाका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रुद्र बरायलीले ५ हजार ३ सय ३५ मत ल्याएका थिए ।

मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेता रिजाल विजयी

काठमाडौं, मंसिर,२३- मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल २४५७५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ऋषिकेश पोखरेलले २३९२३ मत प्राप्त गर्नु भएको थियो ।  मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका अमनलाल मोदी ३३,५२९ मत प्राप्त गरी विजयी भएका छन् ।उहाँका निकटतम् प्रतिद्वन्द्वी […]

ओखलढुंगामा भारी मतान्तरले यज्ञराज सुनुवार विजयी

सिर्जना बर्देवा/ ओखलढुंगा,मंसिर,२३- प्रतिनिधिसभा सदस्यमा ओखलढुंगाबाट यज्ञराज सुनुवार भारी मतान्तरले विजयी हुनुभएको छ । एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धोन्दि नेपाली कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत मतले पछि पार्दै सुनुवार विजयी हुनुभएको हो । खतिवडाले २७ हजार […]