समानुपातिकको मतगणना धमाधम आउदै

काठमाडौं, मंसिर,२५- प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तिव्र रुपमा अघि बढाएको छ । आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एमालेले ३,१५,५९५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३,११,५६६ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी […]

बागेश्वरी असल शासन क्लव बासको १७ औं बार्षिक उत्सव सम्पन्न

राम सुनाम/ बाँके,मंसिर २४- बागेश्वरी असल शासन क्लव बासले आफ्नो १७ औं बार्षिक उत्सव मनाएको छ । बासले आज भ्रस्टाचार बिरुद्धको १५ औं अन्तराट्रिय दिवसको अवसरमा १७ बुँदे घोषणा पत्र जारि गर्दै सदाचार सम्मेलन सम्पन्न गरेको हो । सम्मेलनका अवसरमा बासले आफ्नो ७० वटा शाखाहरु मध्ये ३ वटा शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको छ […]

कञ्चनपुरमा बामकै अग्रता

इन्द्र कार्की /महेन्द्रनगर,२४,मंसिर        प्रतिनिधि सभा र प्रदेश सभामा कञ्चनपुरमा वाम गठवन्धनले अग्रता कायम गरेको छ । कञ्चनपुरमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ सिटमा गठवन्धनका उम्मेद्वारहरुले आफनो अग्रता कायम गरेका हुन् । प्रतिनिधि सभा क्षेत्र नं.१ मा झण्डै दोव्वर मतान्तरले वाम गठवन्धनकी विना मगरले अग्रता लिएकी छिन् । १६४९४ मत पाएकी विनालाई नेपाली कांग्रेसका […]

दाङ क्षेत्र नं.२ मा माओवादी नेता कृष्ण महरा विजयी

घोराही,मंसिर,२४- दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी हुनुभएको छ । माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराउनुभएको हो । महराले ४० हजार ४२ मत पाएका छन् भने खनालले २५ हजार ८९७ मत पाउनु भएको हो । दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै एमाले नेता शंकर पोखरेल […]

धनुषा क्षेत्र नम्बर ३ मा राजेन्द्र महतो निर्वाचित

धनुषा,मंसिर,२४- धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित हुनुभएको छ ।  चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि भिडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उहाँ प्रतिस्पर्धामा नै आएनन् । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै ३ हजार मतान्तरले पराजित […]

पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ निर्वाचीत

इलाम,मंसिर,२४- नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट निर्वाचीत हुनुभएको छ । नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याउनु भएको थियो ।

राप्रपा अध्यक्ष कमल थापा पराजीत

काठमाडौं,मंसिर,२४- राप्रपा अध्यक्ष कमल थापा पराजीत हुनुभएको छ । उहाँलाई नेकपा एमालेका कृष्णप्रसाद दाहालले प्रतिनिधिसभा सदस्यमा पराजीत गर्दै निर्वाचित हुनुभएको छ । मकवानपुर क्षेत्र नम्बर १ बाट जितेका दाहालले हालका ऊर्जामन्त्री थापाविरुद्ध जितको ह्याट्रिक पुरा गर्नुभयो । दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराउनु भएको हो । दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने […]

एमाले नेता झलनाथ खनाल विजयी

काठमाण्डौं,मंसिर २४- नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी हुनुभएको छ । संसदका लागि उहाँको यो जीत पाँचौं पटक हो । खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याउनुभयो ।

कांग्रेस सभापती शेरबहादुर देउवा विजयी

डडेल्धुरा,मंसिर,२४- डडेल्धुरामा प्रतिनिधिसभाको जारी मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । देउवाले आफ्नो सुरुआती अग्रता कायम राख्दै आफ्ना निकट प्रतिद्वन्द्वीलाई झन्डै ७ हजार मतले हराउनु भएको हो ।  निर्वाचन आयोगका अनुसार देउवाले २८०४४ मत ल्याउनु भएको हो । उहाँका निकटत प्रतिद्वन्द्वी वाम गठबन्धन तर्फबाट माओवादी केन्द्रका लेखराज भट्टले २१११५ मत […]

ओखलढुंगाको सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी

सिर्जना बर्देवा/ ओखलढुंगा, मंसिर,२३- ओखलढुंगामा प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुईवटै सिट वाम गठबन्धनले जितेको छ । प्रतिनिधिसभामा वाम गठबन्धनका यज्ञराज सुनुवार विजयी हुनुभएको हो । प्रदेशसभाको क मा वाम गठबन्धनका उम्मदवार अम्बीरबाबु गुरुङ विजयी हुनुभयो । गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका मित्रसेन दाहालले ११ हजार […]