ढल निकास र फोहोर मैला व्यवस्थापन नहुँदा सुखड बजार दुर्गन्धीत बन्दै

बिरेन्द्र शाह/ कैलाली,सुखड,पौष,२४- कैलालीको घोडाघोडी नगरपालिको मुख्य सुखड बजारमा ढल निकास र फोहोर मैला व्यवस्थापन क्रुप बन्दै गएको छ । बिभिन्न प्रयोजनमा प्रयोग हुने पानिलाई व्यवस्थित तरीकाले व्यवस्थापन नुहदा समस्या भएको हो । केही ठाउँमा ढल निकास भए पनि बजारका बिभिन्न गल्लीहरुमा ढल निकासको लागी कुनै व्यवस्था परीएको छैन । समयमा समस्याका समाधान नहुने हो […]

अनसनमा बसेका डा. गोविन्द केसी पक्राउ

काठमाडौं,पुस,२४-  आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई आज सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको छ । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो ।डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी […]

कैलालीको लम्की चुहामा बसको ठक्करबाट एक जनाको मृत्यु

पवन मुडभरी/ बौनीयाँ ,पुस,२४- बसको ठक्कर बाट कैलालीको लम्कीमा आज एक जनाको मृत्यु भएको छ । काठमाण्डौ देखि धनगढी जादै गरेको ना ५ ख ७६९२ नम्बरको बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी २५ बर्षिया धौली देवि खनालको घटनास्थलमै मृत्यु भएको हो । मृतक खानाल आफ्ना बालबालिकालाई न्यानो बनाउन र बाखा्रालाइ घास दाउरा […]

धनगढीमा जारी खप्तड गोल्डकप फुटबलमा झापा ११ लाई हराउदै थ्री स्टार विजयी

धनगढी,पुस,२४- क्षेत्रीय धनगढी रंगशालामा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा रुसलान थ्री स्टार फुटबल क्लव विजयी भएको छ । आजको खेलमा  थ्री स्टारले रमपम झापा ११ फुटबल क्लवलाई  ३/१ गोल अन्तरले पराजीत गरेको हो ।  जितसँगै रुसलान थ्री स्टार फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको ३४ औं मिनेटमा नै रुसलान थ्री स्टार फुटबल क्लवले गोल […]

आफ्नै भ्रातृ संगठनले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

काठमाडौं, पुस २४- प्रधानमन्त्री शेरबहादुर देउवाले शीतलहरका कारण प्रभावित तराईका जिल्लाहरुमा सरकारले राहतको विशेष व्यवस्था गर्ने बताउनु भएको छ । आफ्नै सरकारी निवास बालुवाटारमा नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले प्रभावित जिल्लाहरुमा राहतको व्यवस्था गरिने आश्वासन दिनुभएको छ । नेपाल विद्यार्थी संघले राखेका सबै माग जनसरोकारका विषय भएकाले आफू त्यसप्रति सकारात्मक रहेको उहाँको भनाइ छ […]

जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४ जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ। त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ। गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ। यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ। यी समस्या चिसो महिनामा अझ बढी हुन्छ। त्यसैले यो […]

शितलहरका कारण कञ्चनपुरमा दैनिक जीवन कष्टकर बन्दै

इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४      मौसम परिर्वतन संगै वढेको चिसो र शीतलहरले कञ्चनपुरको दैनिक जनजीवन प्रभावित वनेको छ । विहानै देखि लाग्ने बाक्लो हुस्सुसंगै चल्ने चिसो हावाले मौसम थप चिसो भएको छ । कञ्चनपुरमा चिसो वढे संगै यहाँको जनजीवन प्रभावित वनिरहेको छ । शीतलहरका कारण दैनिक कामकाजका लागि समेत सर्वसाधारणलाई वाहिर निस्कन गाह्रो भई रहेको छ । […]

आईईएलटीएस परीक्षा, प्रश्नपत्र बाहिरिएको आशंका

काठमाडौं,पुस,२४- अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) को प्रश्नपत्र चुहिएको आशंकामा प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरी परिसर काठमाडौंले आईईएलटीएस परीक्षाको उत्तर मिलाइदिने भन्दै तीन विद्यार्थीबाट चार लाख ५० हजार रुपैयाँ असुलने सुरज लामा, गणेशराज उपाध्याय र विधान आचार्यलाई पक्राउ गरेको छ । सिंगापुरबाट आईटी पढेको बताउने सुरजले उत्तर मिलाइदिने र अन्य दुईले विद्यार्थी खोज्ने […]

चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप

काठमाडौं,पुस,२४- चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले अहिले रुघाखोकीको औषधि खाएर निको भएका पनि पुनः लामो समयसम्म खोकी लाग्ने […]

पाइला-पाइलामा ठगिँदै उपभोक्ता

काठमाडौं,पुस,२४- सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाइदा उठाउदै व्यापारीले कम गुणस्तरका सामान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषयमा नारामा मात्र सीमित हुँदा वस्तु तथा सेवामा उपभोक्ता पाइला पाइलामा ठगिने गरेका छन् । आजको कारोबारमा खबर छ ।