पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

  काठमाडौं,कार्त्तीक,२५- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । आज बिहान आफ्नै निवास ज्ञानेश्वरमा बिष्टको ९० वर्षको उमेरमा निधन भएको हो । वि.सं १९८३ माघ २ गते काठमाडौंको ठमेलमा जन्मेका बिष्ट पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो ।  बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ २०२५ चैत २५ देखी २०२६ चैत ३१ सम्म पहिलोपटक प्रधानमन्त्री बन्नु भएको थियो । बिष्ट २०२८ […]

वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा

रोल्पा,कार्तीक,२५- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको हो । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको पुनले दाबी गर्नु भएको छ ।  विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । […]

दैलेखमा माइक्रोबस दुर्घटना ३ को मृत्यु, ८ जना घाइते

दैलेख, कात्तिक,२५- दैलेखमा भएको माइक्रोबस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।सुर्खेतबाट दैलेख जाँदै गरेको बा. १ ख ५०१० नम्बरको माइक्रोबस शुक्रबार राती दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, […]

पहाडी समुदायको साथ बिना मधेस आन्दोलन सफल हुदैंन :इश्वर दयाल मिश्र

अराज सिहं बेल्बासे/ कपिलबस्तु,कार्त्तीक,२४- सम्पुर्ण पहाडीबासी हरुलाइ मधेसी बिरोधी बनाएका कारणनै मधेस आन्दोलन सफल नभएको कपिलबस्तु प्रतिनिधी सभा ३ का उम्मेदवार एश्बर दयाल मिश्रले बताउनु भएको छ । आज शिबपुरमा निवार्चन प्रचार प्रसार कार्यलयको उदघाटन गर्दै नेता मिश्रले ६४ सालमा सासंद बनाएर पठाउन मधेस पहाड दुबैको सहयोग भएर राज्यमन्त्री समेत भएको बेला बिभिन्न स्थानका सडक […]

ओखलढुंगामा मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण

सिर्जना बर्देवा/ ओखलढुंगा कार्तिक,२४- मतदाता शिक्षाका लागि गाउँगाउँ खटिने मतदाता शिक्षा स्वयंसेवकहरुलाई जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले आज प्रशिक्षण दिएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि १ सय ४१ जना स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो । उनीहरुलाई निर्वाचन आचारसंहिता, मतदानस्थल र मतदान केन्द्रका बारेमा जानकारी र मतदान गर्ने तरिका […]

चर्चित म्युजिक कम्पनी मेशना डिजिटलले ल्यायो उत्कृष्ट म्युजिक भिडियो

सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,२४- पछिल्लो समयको चर्चित म्युजिक कम्पनी मेशना डिजिटल प्रा.लीले उत्कृष्ट म्युजिक भिडियो सार्बजनिक गरेको छ । एक पछि अर्को गर्दै बजारमा म्युजिक भिडियो ल्याउने क्रममा भर्खरै मात्र एउटा “चर्कायौ यो छाती” बोल्लको म्युजिक भिडियो सार्बजनिक गरेको हो । कमल ओलीको प्रस्तुती रहेको यस गितको लय सिर्जना स्वयम ओली र शव्द सिर्जना पवन […]

ओखलढुगामा एन आई सी एशिया बैंकको शाखा विस्तार

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२४- ओखलढुगामा एन आई सी एशिया बैंकको शाखा विस्तार गरेको छ । केही समय अघिबाट सेवा प्रवाह सुरु गरेको बैंकको आज एक कार्यक्रमका बिच समुद्घाटन गरिएको हो । उद्योग बाणिज्य सघं ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बैंकको ओखलढुङ्गा शाखाको उद्घाटन गर्नुभएको हो । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन […]

पूर्व गृहमन्त्री शर्मा चढेको गाडीमा दुईवटा बम प्रहार

रुकुम,कार्त्तीक,२४- रुकुम-वाम गठबन्धका उम्मेदवारको गाडीलाई लक्षित गरेर आज दुईवटा बम प्रहार भएका छन् । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा बिना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी चौरजहारी नगरपालिका–८, को गोइरीमा दुईवटा बम प्रहार गरिएको प्रहरीले बताएको छ । चौरजहारी नगरपालिकाको चुनावीसभा सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोलीमाथी […]

सोलुखुम्बुमा वाम गठवन्दन र काँग्रेस कार्यकर्ता बिच झडप

सोलुखुम्बु,कार्त्तीक,२४- सोलुखुम्बुको सोताङमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा काँग्रेस जिल्ला कोषध्यक्ष पेमा तामाङसहित ६ जनाभन्दा बढी घाइते भएका छन्। झडपमा काँग्रेसका ४ कार्यकर्ताघाइते भएको सोलु काँग्रेसले जनाएको छ। बाम गठबन्धनका केही कार्यकर्ता पनि घाइते भएका छन्। ढुंगा प्रहारबाट घाइते तामाङलाई उपचारका लागि काठमाडौं लगिएको तरुण दल जिल्ला अध्यक्ष अशोक झाले जानकारी दिए। झडपमा […]

छ लाख घुससहित कार्यालय प्रमुख पक्राउ

कञ्चनपुर,कार्त्तीक,२४- अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख (डिई) केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ । प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद रु छ लाखसहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएको […]