खजुरा डान्स आइकन २०७५ को सेमिफाइनलमा १५ जना प्रवेश

नेपालगंज,माघ,५- सगरमाथा डान्स एन्ड इन्टरटेन्ट्मेन्ट प्रालिको आयोजनामा सन्चालन भैरहेको खजुरा डान्स आइकन २०७५ को सेमिफानल प्रतिस्पर्धा शनिवार सम्पन्न भएको छ।रिमझिम पोलिक्लिनिकले मुख्य प्रायोजन र खजुरा गाउँपालिकाले विशेष सहयोग गरेको उक्त नृत्य प्रतियोगिताको सह आयोजक भने पन्चमुखी केवल नेटवर्क प्राली रहेको छ। उक्त डान्स आइकनका संयोजक दिलु सुनारका अनुसार सेमिफाइनलको प्रतियोगिता शनिबार खजुरामा सम्पन्न भएको थियो। […]

अवधी पत्रकार संघ नेपालको स्थापना दिवस तथा साधारणसभा सम्पन्न

नेपालगंज,माघ,५- अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । प्रदेश नं. ५ का ६ वटा जिल्लामा रहेका शाखाका प्रतिनिधि तथा अवधी भाषी पत्रकारको उपस्थितिमा शनिबार नेपालगञ्जमा १० औं स्थापना दिवस तथा वार्षिक केन्द्रीय साधारणसभा गरिएको हो । साधारणसभाले संघको आफ्नो भवन, पत्रकारको क्षमता बिकास र अवधी […]

चर्चित गायक सुनिल गिरीले गाए पहिलो पटक डान्सिङ्ग दोहोरी गीत

नेपालगंज,माघ,५- चर्चित गीत को होला त्यो बाटै चर्चाको शिखरमा रहन सफल गायक सुनिल गिरीले गायिका अपेक्षा गिरी संग गाएको पहिलो डान्सिङ्ग दोहोरी गीत सोल्टिनीूशुक्रबार सार्बजनिक भएको छ। यस भन्दा अगाडि देउराली भन्ज्याङ्ग, कोहोला त्यो २, कस्तो यो मन, झरी परेछ लगाएतका दर्जनौ चर्चित गीत गाइसकेका गायक गिरिले पहिलो पटक दोहोरी गीत गाएका हुन।यो गीत भन्दा […]

नेपालगन्ज महोत्सवमा मेलिना र चक्रको प्रस्तुती हेर्न ओर्लिए अत्याधिक दर्शक

नेपालगंज,माघ,६- नेपालगन्ज महोत्सवको दशौ दिन शनिबार बहुचर्चित गायिका मेलिना राई ,चर्चित गायक चक्र बम, मोडेल निशा पुरी र लोकपप गायिका भावना आचार्यले शनिबार उपस्तिथ दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए। चर्चित गीत कुटुमा कुटु गीत गाउँदै स्टेज उक्लेकी गायिका राइले चर्चित गीतहरु गोजिमा दाम छैन, कसरी कसरि, पिरिम नलाउने लगाएतका दर्जनौ गीतहरु गाएर आज म उपस्थित […]

नेपालगन्ज महोत्सवमा आज गायक सुनिल गिरि,एमटी महर र ११३ आवाज निकाल्ने दिपेन्द्र वलि आउने

नेपालगंज,माघ,४- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को नवौ दिन माघ ४गते युवाहरुको ढुकढुकी बहुचर्चित गायक सुनिल गिरि र ११३ भन्दा बढी आवाज निकाल्न सक्ने दिपेन्द्र वलि लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो । प्रचारपसार उप समिति संयोजक सुनिल रेग्मीका अनुसार कार्यक्रम सहभागी […]

माघ ५ गते अवधी पत्रकार संघ नेपालको स्थापना दिवस तथा केन्द्रीय साधारणसभा हुने

नेपालगंज,माघ,३- अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा केन्द्रीय वार्षिक साधारणसभा यही माघ ५ गते नेपालगञ्जमा हुने भएको छ । माघ ५ गते जिल्ला समन्वय समिति बाँकेको सभाहलमा हुने दशौं स्थापना दिवस तथा वार्षिक साधारणसभाले अवधी भाषा र समुदायको बिकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएका एक जना क्रियाशिल पत्रकारलाई सम्मानित समेत गरिने छ । […]

नेपालगन्ज महोत्सवमा बिराजको डाइलग र टंकको गीतमा दर्शकले दिए तालिको ओइरो

नेपालगंज,माघ,३- नेपालगन्ज महोत्सवको आठौ दिन बिहिबार बहुचर्चित नायक बिराज भट्ट,गायक टंक तिमिल्सिना र गायिका रिता केसि लगाएतले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।चर्चित गीतू पैसा बैसा चिरिम गीत गाउदै स्टेज उक्लेका गायक तिमिल्सिनाले सनसनी,मैना,हुक्काबार लगाएतका गीत गाएर उपस्थित दर्शकहरुलाई झुमी झुमी नचाएका थिए। त्यस्तै मेलाको प्रमुख आकर्षण मानिएका चर्चित नायक बिराज भट्टले चर्चित चलचित्रका डाइलगहरु […]

नेपालगन्ज महोत्सवमा आज बिराज भट्ट र टंक तिमिल्सिना आउने

नेपालगंज,माघ,३- दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को आठौं दिन माघ ३गते आज बहुचर्चित नायक बिराज भट्ट र चर्चित गायक टंक तिमिल्सिना लगाएत अन्य थुप्रै कलाकारहरु आउने भएका छन। पहिलो पट्क बिराज भट्ट कार्यक्रम लागि नेपालगन्ज आउन लागेका हुन । दर्शकको आग्रहमा आयोजकले उनिहरु लाई नेपालगन्ज ल्याएको हो । प्रचार प्रसार उप […]

नेपालगन्ज महोत्सवमा गायक जय देवकोटालाई दर्शकहरुको यति धेरै माया

नेपालगंज,माघ,२- नेपालगन्ज महोत्सवको सातौ दिन बुधबार चर्चित लोकदोहोरी गायक जय देवकोटाले दर्शकहरुलाई झुमिझुमी नचाएका थिए। बुधबार महोत्सवमा करिब १० हजार भन्दा बढी दर्शकहरुको उपस्तिथी रहेको थियो। गायक देवकोटाले नेपालगन्जको ठूलो महोत्सवमा पहिलो पटक प्रस्तुती दिएका हुन। बाँकेमा पहिलो पटक यति धेरै दर्शकहरुको साथ पाएको बताए। चर्चित मौलिक ट्प्पा गीत बाजेको पालामा गीत गाउँदै स्टेज उक्लेका […]

माघीको अवसरमा मारवाडी युवा मञ्चद्धारा रक्तदान

बाँके,माघ,२- माघीको अवसरमा मारवाडी युवा मञ्च नेपालगञ्जले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार माघीकै दिन आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । मञ्चका सदस्य सुनिल कुमार सिंघलका अनुसार हिन्दु तथा मुस्लिम दुबै समुदायका व्यक्तिले रक्तदान गरेका छन् । कार्यक्रममा मारवाडी समुदायका महिलाहरुले समेत रक्तदान गरेका छन् । डा. पियुस कनोडियाको संयोजकत्वमा गरिएको कार्यक्रममा […]