३३ किलो सुनसहित दुई नेपाली कोलकाताबाट पक्राउ

काठमाडौं, मंसिर,२९- दुईजना नेपाली भारतको, पश्चिम बंगालमा ३३ किलो सुन सहित पक्राउ परेका छन् ।कोलकाता प्रहरीले दुईजना नेपाली हेमप्रसाद शर्मा र राकेश प्रसादलाई ३३ किलो सुनसहित पक्राउ गरेको हो । उनीहरुलाई उक्त सुनसहित कारमा सवार रहेका बेला कोलकाता प्रहरीले पक्राउ गरेको जनाइएको छ । बरामद गरिएको सुन सुन ‘तस्कर’ चूडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा […]

कार्पेट बिछ्याएपछि चिटिक्क देखियो : त्रिभुवन विमानस्थल (तस्बिर सहित)

काठमाण्डौं,मंसिर,२९- त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा जानुभयो भने अब तपाईंले पहिलाभन्दा फरक अनुभुति गर्नुहुनेछ। किनकी भवनभित्रका प्राय: सबै ठाउँमा कार्पेट राखेर चिटिक्क बनाइएको छ। केही समय पहिले एउटा विदेशी सरसफाइ कम्पनीले त्यहाँको सरसफाइ गरिदियो। उक्त कम्पनीले सफाइ गरिदिएको भन्दा पनि सफा कसरी हुन्छ भनेर सिकाइदिएको विमानस्थल कर्मचारीहरुको भनाइ छ। यसअघि अध्यागमनको केही भागमा कार्पेट राखिएको र […]

व्यापार प्रबर्दंनको लागि सेलकथ अनलाइन कम्पनि संचालनमा ल्याईने

चितवन,मंसिर,२९- साना र स्थानीय व्यापार प्रबर्दंनको लागि सेलकथ नामक अनलाईन कम्पनि संचालनमा आउने भएको छ।  काठमाण्डौमा मुख्य कार्यालय रहने गरि संचालनमा आउने उक्त्त कम्पनिले वेबसाइट र एप्लिकेशन संचालनमा ल्याउने भएको हो । जसले ठुला व्यापरहरुले स-साना व्यापारलाई ओझेलमा पारिरहेको वेला स-साना व्यापरहरुको प्रवर्धनमा सहयोग पुर्याउने कम्पनीका प्रवन्ध निर्देशक सज्जन थपलियाले बताउनुभयो। यस अनलाईन मार्फत ग्राहकहरुले […]

सम्भावित सीप बारे नेपालगञ्जमा युवाहरुसंग छलफल

नेपालगञ्ज,मंसिर,२८- युवाहरुको सीप, दक्षता अभिबृद्धिका लागि के–कस्ता तालिमहरु संचालन गर्न सकिने बिषयमा शुक्रबार नेपालगञ्जमा छलफल गरिएको छ । वर्ष २०१९ मा युवाहरुका लागि संचालन गर्न सकिने सम्भावित कार्यक्रमहरुका बारेमा शुक्रबार नेपालगञ्जमा युवाहरुसंग छलफल गरिएको हो । सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले २०१९ युवाहरुलाई कस्तो प्रकारको सीप दक्षता आवश्यकता महसुस भएको शन्दर्भमा उक्त छलफल आयोजना गरिएको […]

३९ जना विपन्न बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री प्रदान

नेपालगञ्ज,मंसिर,२७- आर्थिक अवस्था कमजोर भएका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिद्यार्थीहरुलाई बिहीवार शैक्षिक सामग्री प्रदान गरिएको छ ।नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिपन्न तथा अनाथ बालबालिकालाई बिहीबार एक समारोहकाबीच पौरखी बहुद्देस्यीय सहकारी संस्था लिमिटेडले शैक्षिक सामाग्री बितरण गरेको हो । बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गर्दै नेपालगञ्जकी उपमेयर उमा थापा मगरले बिभिन्न संघ संस्थाहरुले आफुखुसी […]

सबैले हेर्नै पर्ने “बाबाको” गित( भिडीयो सहित )

फुकुओका,जापान,मंसिर,२७- नेपाली लोक संगितको बजारमा आजभोली नयाँ नयाँ गित आईरहेका छन् । केहि दिनअघि मात्र एउटा यस्तो गित सार्वजनीक भएको छ । जुन गित अन्य गित भन्दा विल्कुलै फरक छ । पछिल्लो समय हरेक गितमा केबल युवा यूवतीले गर्ने मायाका कुरामात्र समेटेर गित निर्माण गरिएको पाईन्छ । तर : यसपाली भने नेपाली गित संगितको बजारमा “बाबा बोलको […]

हुम्लामा हिमपात

हुम्ला,मंसिर,२७- कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो ।  बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या […]

गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित

काठमाडौँ,मङ्सिर,२५- गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ । गणपूरक सङ्ख्याका लागि कम्तिमा २ २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक […]

६ जना लागुऔषध ‘तस्कर’ पक्राउ

काठमाडौं,मंसिर,२५- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ६ जना लागुऔषध ‘तस्कर’हरुलाई पक्राउ गरेको छ । ब्यूरोले मंगलबार आज पत्रकार सम्मेलन गरी उनीहरुमध्येका तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, सिमरौनगढ–७ की २४ वर्षीया पुनमकुमारी सहनी, पर्सा, मैनपुर–२ बस्ने २० वर्षीय नरेश सहनी र १९ वर्षीय सुवास सहनी रहेका छन् । यस्तै, भारतीय नागरिक १९ वर्षीय […]

ओखलढुंगे मोडल उमंग श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा

काठमाण्डौं,मंसिर,२४- मोडल उमगं श्रेष्ठको नयाँ म्युजिक भिडियो धोकाको पसल बजारमा आएको छ । ओखलढुंगामा जन्मिएका मोडल श्रेष्ठको छैटो म्युजिक भिडियो सोमबार सार्बजनिक भएको हो । चर्चित गायीका बिष्णु माझी र बिशाल सोनीको सुमधुर स्वर रहेको धोकाको पसलमा श्रेष्ठले अभिनय गरेका हुन् । (भिडीयो हेर्नको लागी दिएको लिंक क्लिक गर्नुहोस् ) सर्जक यमन प्रतिकको शव्द सिर्जना […]