हुम्लामा हिमपात

हुम्ला,मंसिर,२७- कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो ।  बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या […]

गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित

काठमाडौँ,मङ्सिर,२५- गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ । गणपूरक सङ्ख्याका लागि कम्तिमा २ २६ सांसद अनिवार्य उपस्थिति हुनुपर्ने मा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट १३ र अर्थ समितिबाट नौँ सांसद मात्र उपस्थित भएकाले ११ बजेका लागि बोलाइएको संयुक्त बैठक […]

६ जना लागुऔषध ‘तस्कर’ पक्राउ

काठमाडौं,मंसिर,२५- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ६ जना लागुऔषध ‘तस्कर’हरुलाई पक्राउ गरेको छ । ब्यूरोले मंगलबार आज पत्रकार सम्मेलन गरी उनीहरुमध्येका तीनजनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, सिमरौनगढ–७ की २४ वर्षीया पुनमकुमारी सहनी, पर्सा, मैनपुर–२ बस्ने २० वर्षीय नरेश सहनी र १९ वर्षीय सुवास सहनी रहेका छन् । यस्तै, भारतीय नागरिक १९ वर्षीय […]

ओखलढुंगे मोडल उमंग श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा

काठमाण्डौं,मंसिर,२४- मोडल उमगं श्रेष्ठको नयाँ म्युजिक भिडियो धोकाको पसल बजारमा आएको छ । ओखलढुंगामा जन्मिएका मोडल श्रेष्ठको छैटो म्युजिक भिडियो सोमबार सार्बजनिक भएको हो । चर्चित गायीका बिष्णु माझी र बिशाल सोनीको सुमधुर स्वर रहेको धोकाको पसलमा श्रेष्ठले अभिनय गरेका हुन् । (भिडीयो हेर्नको लागी दिएको लिंक क्लिक गर्नुहोस् ) सर्जक यमन प्रतिकको शव्द सिर्जना […]

जाजरकोट बाट गर्भवतीको हेलिकप्टरमा उद्धार

जाजरकोट,मङ्सिर,२४- सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ । बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो । लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८ गते तोकेको थियो । तोकेको मितिमा बच्चा नजन्मेपछि मङ्सिर २३ गते लिम्लास्थित स्वास्थ्य चौकीमा ल्याएर जाँच गर्दा बच्चा […]

मेरो कुनै कमजोरी दिखिए बर्दी खोलिदिए हुन्छ : महानिरीक्षक खनाल

काठमाडौं, मंसिर,२४- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ ।राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताउनुभयो । महानिरीक्षक खनालले भन्नुभयो ‘हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौं । अनुसन्धानलाई प्रभावित […]

निर्मला पन्त हत्याकाण्ड रहस्यकै जालोभित्र

काठमाडौँ, मङ्सिर,२४- कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको गहन अनुसन्धान हुँदैछ । अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) अनुसार, डिएनए प्रतिवेदन प्राप्त हुन केही दिन लाग्ने छ । […]

“मिसेस विउटी कुइन नेपाल २०१८” आवेदन फारम खुल्ला

काठमाडौं,मंसिर,२३- मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस,मिस टिन कलेज,कलेज ह्यान्डसम नेपाल कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत वर्ष देखि आयोजना गर्दै आएको विवाहीत महिलाहरुमा केन्द्रित  “मिसेस विउटी कुइन नेपाल २०१८” सिजन २ को आयोजना गर्ने भएको छ । सिजन मिडियाले यो कार्यक्रम दोस्रो चोटी आयोजना गर्न लागेको सिजन मिडियाका […]

पहिलो पटक आज अन्तरप्रदेश परिषद् बैठक बस्दै

काठमाडौं,मंसिर,२३- प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलो पटक आज अन्तरप्रदेश परिषद् बैठक बस्दै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अन्तरप्रदेश परिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवसहित केन्द्र सरकारका मन्त्री, राज्यमन्त्री, सचिव, योजना आयोगका उपाध्यक्ष, महान्यायाधिवक्ता, महालेखा परीक्षक सहभागी हुँदै छन् […]

नेकपा बैठक बहिस्कारः नेपाल, खनाल, श्रेष्ठ र गौतम आक्रोशित

काठमाडौं,मंसिर,२२- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिँदै गएको आन्तरिक असन्तुष्टि सतहमै छताछुल्ल भएको छ । निर्धारित समयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सचिवालय बैठकमा उपस्थित नभएको भन्दै चारजना सदस्यले आजको बैठक नै बहिस्कार गरेका छन् । शनिबारका लागि बोलाइएको सचिवालय बैठकमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल निर्धारित् समयमा उपस्थित नभएपछि माधव नेपाल, […]