मौरीपालक कृषकहरुको सख्ङ्यामा वृद्वि गर्ने : उपप्रमुख भुजेल

सिर्जना बर्देवा/ ओखलढुंगा,जेठ,१९- खोटाङमा तिन दिने मौरी पालन तालिमसम्पन्न भएको छ । ऐसेलुखर्क गाउँपालिकाको आर्थिक सहयोग तथा आयोजनामा ऐसेलुखर्क गाउँपालिका एक राखाबाङदेलमा मौरी पालन तालिम सम्पन्न भएको हो । मौरी पालन गर्न चाहाने व्यवसायीहरूका लागी मौरी पालन व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले कृषकलाई प्रशिक्षण दिएको हो । १७ जना कृषकको सहभागिता रहेको तालिममा दिप्रुङ चुईचुम्मा […]

खजुरा गाउँ पालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

के-पी- घिमिरे/ नेपालगन्ज,जेठ,१९- बाँके जिल्लाको खजुरा गाउँ पालिका वार्ड नं १ मा अाज अाँखाका रोगीहरुका लागि निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।खजुरा गाउँ पालिका वार्ड नं १ राधापुरको अायोजनामा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर गरिएको वडा अध्यक्ष सुमन मल्लले बताउनु भयो । शिविर जेष्ठ नागरिकहरुलाई लक्ष्यित गरी अायोजना […]

शिक्षा युनेस्को क्लबद्धारा शैक्षिक सामग्री बितरण

बाँके,जेठ,१९- नेपालगंज उपमहानगरपालीका वडा न. २ को आर्थिक सहयोग र शिक्षा युनेस्को क्लब बांकेको आयोजनामा शुक्रबार होटेल रेडिसनमा एक कार्यक्रम बिच नेपालगंज उपमहानगरपालीका वडा न.२ स्थित २ वटा सामुदायिक बिद्यालयका २१ जना पिछडिएका बिपन्न बर्गका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री (कपि, कलम, एक जोर स्कुल पोशाक) बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी वडा न.२ का वडा अध्यक्ष […]

अग्नी नियन्त्रण तथा उद्धार तालिम

नेपालगञ्ज,जेठ,१९- आधारभुत अग्नी नियन्त्रण तथा उद्धार तालिम सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्यन केन्द्रको आयोजनामा उपमहानगरपालिका स्तरिय स्वयं सेवकहरुका लागि सो तालिम शुरु गरिएको हो । प्रत्येक वडाबाट दुई जना समेटने गरि ५० जनाको सहभागिता रहेको तालिम १० दिनसम्म सञ्चालन हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले आगलागीबाट […]

पोखरेली समाजको अध्यक्षमा अछरी पोखरेल

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,१९- विभिन्न जिल्लाबाट अाई बाँके जिल्लामा बसोवास गर्ने पोखरेलीहरुको अाज भएको भेलाबाट अध्यक्षमा अछरी पोखरेल सर्वसम्मतिले चयन हुनु भएको छ ।अाज बिहान ८ बजे देखि नेपालगन्ज स्थित अार्दश मा-वि-मा भएको भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। जसमा अध्यक्षमा अच्छरी पोखरेल, उपाध्यक्षमा शरद पोखरेल, सचिवमा बिण्णु पोखरेल, कोषाध्यक्षमा सुष्मा सुवेदी (पोखरेल ) […]

प्रेस स्वतन्त्रता सेनानी चाचाजीको नागरिक अभिनन्दनप्रति पेशागत संघ संस्थाको ऐक्यवद्धता

नेपालगन्ज,जेठ,१८- प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नागरिक अभिनन्दनलाई भव्य रुपले सम्पन्न गर्न सक्रिय सहभागिताका लागि बाँकेका पेशागत संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिले ऐक्यवद्धता जनाएका छन् । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय वरिष्ठ पत्रकार चाचाजीको नागरिक अभिनन्दन यही जेठ २९ गते नेपालगन्जमा हुदैछ । युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको विभिन्न पेशागत […]

दुई मन्त्रालय सहित फोरम सरकारमा सहभागी : उपेन्द्र बने स्वास्थ्यमन्त्री

 काठमाडौं,जेठ,१८- संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहति सरकारमा सहभागी भएको छ। फोरम सरकारमा सहभागी भए संगै प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।   प्रधानमन्त्री ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनाउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री […]

पोखरेलीहरुले भोलि नेपालगन्जमा भेला अायोजना गर्ने

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,१८- विभिन्न जिल्लाबाट अाई बाँके जिल्लामा बसोबास गर्दै अाएका पोखरेल थरले भोलि नेपालगन्जमा भेलाको अायोजना गरेका छन् । भोलिको भेलाले नयाँ कार्यसमिति गठन गरी समाज सेवामा काम गर्ने उद्देश्यका साथ यो अायोजना गरेको यसमा सक्रियता साथ लागेका बिण्णु पोखरेलले बताउनु भएको छ । अाफनो गोत्रको बंशावली हराएर नजाअोस र नयाँ पुस्तालाई पनि सबै […]

पाल्पा बस दुर्घटनामा १३ जनाको मृत्यु, १४ घाइते

पाल्पा,जेठ,१८- पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको श्रीनगर यातायात समितिको बस आज बिहान रम्भा गाउँपालिका–४, हुमिनमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।   दुर्घटनामा अरु १४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ । २७ जना यात्री बोकेर सवार गरिपहेको लु २ ख ९७५ नम्बरको बस बाटोबाट करिब १५० मिटर […]

साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त श्याम खत्रीद्वारा आत्मसमर्पण

विराटनगर,जेठ,१७- साढे ३३ किलो सुन प्रकरणका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्रीले मोरङ जिल्ला अदालतसमक्ष आत्मसमर्पण गर्नु भएको छ ।  सो काण्डका मूख्य अभियुक्त मानिएका खत्रीले यसअघि पनि ३३ किलो सुन प्रकरणमा पक्राउ परी अदालतबाट सफाई पाउनु भएको थियो । साढे ३३ किलो सुन प्रकरणमा यसअघि पक्राउ परेकालगायत मूख्य अभियुक्त मानिएका गोरेले सुनकाण्डका […]