मोदीको भ्रमणलाई राष्ट्रिय हितमा प्रयोग गर्न पूर्वप्रधानमन्त्रीहरुको सुझाव

काठमाडौं, वैशाख,२५- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्नु भएको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणकाबारेमा छलफल गर्नु भएको हो । छलफलकाक्रममा पूर्वप्रधानमन्त्रीहरुले सरकारको नीति तथा कार्यक्रम विकासमुखी र परिणाममुखी हुनपर्नेमा जोड दिएका थिए ।विकासको गति निकै सुस्त रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले […]

राप्तीसोनारी गाउँपालिकामा धमाधम कालोपत्रे

नेपालगन्ज, वैशाख २५- राप्तीसोनारी गाउँपालिकामा धमाधम सडक कालोपत्रे सुरु भएको छ। गाउँपालिकाको वडा नम्बर ८ मा कुल ८ सय १० मिटर सडक कालोपत्रे निर्माण सुरु गरिएको हो । कालोपत्रे निर्माण कार्यको मंगलबार धार्मिक विधिपुर्वक पुजाआजा र रिवन काटेर गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले विधिवत रुपमा उद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै गाउँपालिका […]

व्यवसायका लागि स्वदेशमै थुप्रै अवसरः सहभागी

नेपालगञ्ज,बैशाख,२४- व्यवसाय गर्न चाहे स्वदेशमै थुप्रै अवसरहरु रहेको एक कार्यक्रममा जोड दिइएको छ । मनमा चाहना र आँट भए नेपालमै व्यवसाय गर्न सकिने अवसरहरु रहेको सोमबार नेपालगञ्जमा आयोजना भएको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका हुन । रोजगार तथा व्यवसाय गर्न चाहनेहरुका लागि नेपालगञ्जमा संचालन गरिएको पाँच दिने लघु उद्यम बिकास तालिमको समापनमा बोल्नेहरुले यहीँ नै […]

नियमित पठन पाठन नभएको भन्दै विद्यार्थी संगठनले बुझाए ज्ञापन पत्र

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,२४- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नियमित पठन पाठन नभएको भन्दै तीन विद्यार्थी संगठनहरुले आज क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझएका छन । आँशिक प्राध्यापकहरुले पटक पटक आफ्ना मागहरु पूरा गर्नु पर्ने भन्दै क्याम्पसमा गर्ने गरेको आन्दोलनका कारण क्याम्पसमा पढ्ने थुप्रै विध्यार्थीहरुको पढाईमा खेलवाड गरेको भन्दै अ-ने-रा -स्व – व्यु- , ने – बि – संघ , […]

संस्थागत शुल्क निर्धारण लगायतको पहल

नेपालगञ्ज,बैशाख,२४- नेपालगञ्ज उपमहानगरपालिकामा संस्थागत विद्यालयहरुको शुल्क निर्धारण गरिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विभिन्न शुल्क तथा पाठयपुस्तक निर्धारण लगायतका निर्णय गरेको छ । जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा चैत्र १७ गते बसेको संस्थागत विद्यालय भर्ना तथा शुल्क अनुगमन समितिले गरेको निर्णयानुसार नै शुल्क कायम गरिने भइएको छ […]

मोदीको भ्रमणक्रममा सीमा अतिक्रमणको विषयलाई वार्ताको एजेन्डा बनाउन माग

काठमाडौं, वैशाख,२४- राष्ट्रियसभाका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोको आसन्न नेपाल भ्रमणकाक्रममा कन्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलबाट भएको ज्यादती र सीमा मिचिएकोबारे कुरा राख्न सरकारसँग आग्रह गरेका छन् ।   राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर सांसदहरुले पुनर्वासमा भएको सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीलाई दुईपक्षीय वार्ताको एजेन्डा बनाउन माग गरेका […]

मोडल सिवाकोटीले पाए आफ्नै प्रेमिकाबाट धोका

सिर्जना बर्देवा/  बैशाख,ओखलढुंगा,२४- पछिल्लो समयका एक चर्चित मोडल दिनेश सिवाकोटीले आफ्नै प्रेमिकाबाट धोका पाएका छन् । आफुले माया गरेको आफ्नै पे्रमिकाबाट मोडल सिवाकोटीलाई धोका भएको हो । भर्खरै सार्बजनिक भएको एउटा म्युजिक भिडियोमा सिवाकोटीलाई प्रमिकाले धोका दिएकी हुन् । यस मार्मिक लोक दोहोरी गीतमा सबिना मगरको लय तथा सुभराज बराईलि “दिलदार”को शव्द सिर्जना रहेको छ […]

उपयुक्त निकास दिन सरकारसँग कांग्रेस बाँकेको माग

नेपालगन्ज,वैशाख,२१- नेपाली कांग्रेस बाँकेले यातायात क्षेत्रमा देखा परेको समस्याको उपयुक्त निकास दिन नेपाल सरकारसँग माग गरेको छ । कांग्रेस बाँकेका सचिव तप्त पौडेलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यातायात सुविधाबाट आम नागरिकलाई बञ्चित नहुने गरी वैकल्पिक व्यवस्था तथा सम्बन्धित पक्षहरुलाई तत्काल वार्तामा बोलाएर उपयुक्त निकास दिन माग गरेका हुन् । ‘यातायात व्यवसायीबाट आव्हान गरिएको आन्दोलनलाई […]

बैजनाथका सामुदायिक बिद्यालयले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने

कोहलपुर,बैशाख,२१- बाँकेको बैजनाथ गाउँपालिकाका सामुदायिक बिद्यालयहरुले लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका छन् । अबका दिनमा बिद्यालयमा लैंगिकमैत्री सिकाई निर्माणका लागि लैंगिकमैत्री शिक्षण योजना निर्माण गर्ने भएका हुन । योजना निर्माण गरेर शिक्षण कृयाकलाप संचालन गर्ने तयारी पनि गरिसकेको बिद्यालयका शिक्षकहरुले जनाएका छन् । बिद्यालयमा लैंगिकमैत्री शिक्षण गतिबिधि नहुँदा बिद्यार्थी तथा शिक्षकहरुमा सामान अवधारणाको बिकास […]

एमाले माओवादी:पार्टी एकताका विषयमा छुट्टाछुट्टै छलफल गर्दै

काठमाण्डौं,बैशाख,१९- दुई पार्टीबीचको एकताको विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रको छुट्टा छुट्टै बैठक आज बुधबार बस्दै छ। एमाले स्थायी समितिको बैठक दिउँसो बस्ने छ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किएपछि एमाले स्थायी समिति वैठक बस्ने एमाले श्रोतले जनाएको छ। बैठकको समय भने टुंगो लागेको छैन। माओवादी केन्द्रले पनि एमालेसँगको पार्टी […]