बाँकेको वैजापुरमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन

राम सुनाम/ बाँके,पौष,१५- बाँकेको वैजापुरमा आज शनिबार निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरीएको छ । कुलआषिस फार्मेसीको आयोजना तथा देउराली जनता फर्मेसीटिकल प्रालीको सहकार्यमा शिविर सन्चालन गरीएको हो । सुगर र प्रेसर जाँच गरीएको शिविरमा १ सय ३० जना शेवाग्राहीले स्वास्थ्य सेवा लिएका हुन् । जाँच गराउनेहरुमध्ये ५० जनामा सुगर र ५० जनामा प्रेषरको समस्या देखीएको […]

नेपालगन्जमा मानव बेचबिखन सम्बन्धी २ दिने गोष्ठि सुरु

राम सुनाम/ बाँके,पुष,१५- साथी सँस्थाको आयोजनामा आज शनिबारदेखि नेपालगन्जमा मानव बेचबिखनको अबस्था बारे २ दिने गोष्ठि सुरु भएको छ । मानव वेचविखन नियन्त्रण जिल्ला समितिले चारबर्ष अगाडी तयार पारेको पञ्च बर्षीय योजनाको प्रगतिबारे समिक्षा गर्नु गोष्ठिको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक कमला पन्तले जानकारी दिनुभयो । गोष्ठि समितिका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी […]

मदन शाही ठकुरीको पहिलो लोकदोहोरी गित “फुल्दा फुल्दै” बजारमा

काठमाण्डौं,पुष,१४- नेपाली लोकसंगीतमा दिन प्रती दिन नयाँ अनुहार बोक्दै नयाँ प्रतीभावान कलाकारहरुले आफु भित्र भएका प्रस्तुतीहरुलाई उजागड गर्दै धमाधम लोक संगितको क्षेत्रमा प्रवेश गरिरहेका छन् ।  यसरी प्रवेश गर्नेहरुको लर्को हेर्दा पछिल्लो समय युवाहरुको बढी जमात देखिन्छ । कतीले लोकसंगितलाई मन पराएर लागेका हुन्छन्, भने कती रहरले लागी रहेका हुन्छन् । कुरा के हो भने […]

मध्यपश्चिम क्रिकेट क्लबले माघको पहिलो सातादेखी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता गर्ने

बाँके,पुष,१४- मध्यपश्चिम क्रिकेट क्लबले आगामी माघको पहिलो सातादेखी अन्तर स्कुल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता संचालन गर्ने भएको छ। प्रतियोगितामा जिल्लाका सबै विद्यालयहरुको सक्रिय सहभागीताका लागि प्याब्सन, एनप्याब्सन तथा क्रिसा लगाएतका शिक्षासँग सम्बन्धित निकायसँग आज शुक्रबार अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै क्रिसा बाँकेका अध्यक्ष दिनेश सिग्देलले विद्यालय स्तरबाटै खेलाडी उत्पादनकालागी प्रयास गरेको भन्दै क्लबलाई धन्यवाद […]

ओखलढुंगाको रुम्जाटारमा वृहत सांसद सम्मान कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/  ओखलढुंगा, पौष, १४- ओखलढुंगाको रुम्जाटारमा आज वृहत सांसद सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । संयुक्त वामगठबन्धको आयोजनामा प्रदेश र प्रतिनिधिसभा सदस्य सांसदहरुलाई सम्मान तथा स्वागत गरिएकोे हो । मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी सांसदहरुको सम्मानमा वृहत कार्यक्रम आयोजना गरिएको वामगठबन्धका नेता एमाले जिल्ला अध्यक्ष […]

कैलालीको बौनियांमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

पवन मुडभरी/ बौनियां,पुष,१४- कैलालीको बौनियांमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरीया २ सडकपुर बौनियांमा विहान ४ बजे नाम ठेगाना नखुलेका एक व्यक्तीलाई घाईते अवस्थामा बौनियां प्रहरीले देखेपछि टीकापुर अस्पताल पठाएको र उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियांले जानकारी दिएको छ । अन्दाजी ३५ […]

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्मविपरीत अध्यादेश जारी गरेसी ओली आक्रोशित

काठमाडौं, पुस,१४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको दबाबमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्मविपरीतको अध्यादेश जारी गरेको बताउनु भएको छ । आज एमाले मुख्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा उनले अध्यादेश नै अलोकतान्त्रिक तरिकाबाट ल्याइएको जिकिर गर्नुभयो । आफूले भनेकै हुनुपर्ने नेपाली कांग्रेसको जिद्दीका कारण यो अवस्था आएको ओलीको आरोप थियो । सरकारले देशको अर्थतन्त्रलाई […]

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँको राष्ट्रपति भण्डारीको भनाई

काठमाडौं, पुस १४- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवासित आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपति […]

कैलालीको लम्की चुहाबाट अवैध औषधि बेचविखन गर्ने एक व्याक्ति पक्राउ

पवन मुडभरी/ बौनियां,पुष,१४- कैलालीको लम्की चुहा नगरपालीका ९ खमरीयामा अवैध औषधि बेचविखन गर्ने एक व्याक्ति पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय लम्कीले आज प्रेस विज्ञप्ती जारी गदै विहिबार गोप्य सुचनाका आधारमा भारत लखिम्पुर थाना निगास ग्राम डांगा तिकुनिया बस्ने बर्ष २८ का छत्र पाललाई पक्राउ गरेको हो । पक्राउ परेका पालको साथबाट प्रतिबन्धीत औषधि […]

जनता क्याम्पसमा कार्यपत्र प्रस्तुती तथा छलफल सम्पन्न

रोशन घर्ती/ दाङ,पौष,१४- दाङको बिजौरीस्थित जनता क्याम्पस अंग्रेजी विभागको आयोजनामा आज क्याम्पसमा कार्यपत्र प्रस्तुती तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अंग्रेजी विभागका तर्फबाट सहायक प्राध्यापक दुर्गालाल केसीले ‘ल्याक अफ डिभाइन जस्टिस इन किङ लियर’ शिर्षकमा अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि अंग्रेजी विभागका अध्यक्ष सहप्राध्यापक गिरिशचन्द्र तिवारीले टिप्पणी गर्नुभएको थियो । क्यँम्पस […]