एमाले माओवादी एकता संयोजन समितिको बैठक भोलि बस्ने

काठमाण्डौं,पुस,१२- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीचको वार्ता सकिएको छ। दिउसो १ बजेदेखि सुरु भएको दुई नेताबीचको वार्ता सभा २ बजे सकिएको हो। वार्तामा सरकार गठन र पार्टी एकताको विषयमा कुराकानी भएको थियो। जस अनुसार एकताका लागि भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति दुई […]

ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधी अभाव

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,११- देशैभरि चिसो बढेसगै चिसोका कारण लाग्ने विरामीहरुको संख्यामा बृद्धि भएको छ । बिरामीको संख्या बढ्दै जादा ओखलढुंगाका स्वास्थ्य संस्थाहरुमा भने सरकारले दिने निशुल्क औषधी अभाव भएको पाईएको छ । औषधी अभाव भएपछि औषधी उपचार गर्न स्वास्थ्य संस्थामा आएका विरामी रित्तो हात फर्किने गरेका छन् । गाउँका धेरैजसो स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुँदा […]

बाँकेमा शीतलहरबाट जोगाउन न्यानो कपडा र कम्वल वितरण गरिने

राम सुनाम/ बाँके,पुस,११- बाँकेमा केही दिन यता ह्वात्तै जाडो बढेको महशुस स्थानियले गरेका छन । जाडोको प्रभावलाई मध्यनजर गर्दै बाँकेको स्थानीय तहले सर्वसाधारणलाई शीतलहरबाट जोगाउन दाउरा वितरण गर्दैछ । स्थानीय तहले दाउरा बितरण सँगै अति विपन्न परिवारको पहिचान गरी न्यानो कपडा र कम्वल समेत वितरण गर्ने भएको छ । जिल्लाका ८ वटै स्थानीय तहमा विपत […]

बाँकेको सीतापुरमा जुनियर एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता हुने

राम सुनाम/ बाँके,पौष,११- बाँकेको खजुरागाउँपालिकास्थित सीतापुरमा पौष १२ गते देखि दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिता बाँके जिल्ला एथलेटिक्स संघको आयोजना र मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा हुन लागेको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो । शुक्रमाविको खेल मैदानमा हुने प्रतियोगितामा […]

कसलाई सरकार बुझाएर जाने : कांग्रेसका नेता साउदको प्रश्न

काठमाडाैं,पुस,११- नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रियसभा गठन नभई प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिने दाबी गर्नु भएको छ । ‘निर्वाचनआयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन’ एक कार्यक्रममा उनले भनेका छन्, ‘हामी राष्ट्रिय सभाको गठन भएपछि मात्रै सरकारबाट बाहिरिन्छौं ।’ उहाँले भन्नुभयो कसलाई सरकार […]

संक्रमणकाल अन्त्य गर्नु नै सरकारको सफलता : प्रधानमन्त्री

 चितवन, पुस ११- प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संक्रमणकालको अन्त्य गर्नु नै नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको सफलता भएको बताउनु भएको छ । चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहिरहने बताउनुभयो । उहाँले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड […]

कांग्रेस नेता निधि र चिनिया उद्योगीबीच भेटबार्ता

काठमाडौं,पुस,११- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिको प्रतिनिधिमण्डलबीच मंगलबार भेटबार्ता भएको छ । यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालसंगको व्यापारका बारेमा कुराकानी गर्नुका साथै नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भाबना रहेकोले त्यसमा सहकार्य गरी […]

पशुपती मन्दिर परीसरमा सवारी जान नपाउने

काठमाडौं, पुस ११- विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर परिसरमा मंगलबार (आज)बाट सवारी–साधन प्रवेशमा रोक लगाइएको छ  काठमाडौंको ठमेललाई सवारीमुक्त गरेको ट्राफिक प्रहरीले पशुपति मन्दिर परिसरमा पनि गाडी लैजान निषेध गरेको हो । पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने–जाने गर्न दिने गरिएकामा अब रोकिएको हो । गाडीकै कारण भक्तजनलाई हिँडडुलमै अप्ठ्यारो भएको गुनासो आएपछि ट्राफिकले […]

सरकार गठनभन्दा पहिले पार्टी एकता : पोखरेल

विराटनगर, पुस ११- बिनाविभागीय मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताउनु भएको छ । प्रेस सेन्टर मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पस्ट पार्नुभयो । वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको प्रसंग उल्लेख गर्दै उहाँले वाम गठबन्धनबाहेकको सरकार […]

लम्किचुहा,नगरपालिकमा मोहन्याली विद्यार्थी एकता मञ्च गठन हुँदै

जनक सुनार/ कैलाली,पौष,११- “हामिले नगरे कसले गर्छ हाम्रो ठाउको बिकाशको लागि हामी आफै जागौ ।” भन्ने मुल नाराका साथ लम्की चुहामा अध्ययन गरिरहेका मोहन्याल गाउपालिका बिद्यार्थीहरुको पहलमा सोमबार मोहन्याली विद्यार्थी एकता मञ्च गठन हुनेभएको छ । विद्यार्थीमा आर्थिक र अन्यकुराको कारण देखिने समस्याहरुको ब्यबस्थापनका लागी युवाहरुमा एउटा नयाँ सोचका साथ एकता मञ्च गठन हुनेभएको हो। जसले […]