गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,२५- कैलालीको टीकापुरमा रहेको शीतल एकाडेमिले एक कार्यक्रमका बीच आज राहत वितरण गरेको छ । तिहारको समयमा एकाडेमिको समूहले खेलेको देउसि भैलोबाट संकलित रकमबाट टीकापुर नगरपालिकामा बस्ने कमजोर आर्थिक अवस्था भएका ५ वटा परिवारलाई करिब १५ हजार बराबरको राहत सामाग्री प्रदान गरिएको हो । राहत स्वरुप चिसो मौसममा आवश्यक पर्ने सिरक, डस्ना […]
समाचार
नेपाली कांग्रेस जनप्रतिनिधी परिचालन समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम राजीपुरमा सम्पन्न
गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,२५- नेपाली कांग्रेससको जनप्रतिनिधी परिचालन समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम आज कैलालीको टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरमा सम्पन्न भएको छ । जनप्रतिनिधी परिचालन समिति वडा नम्बर २ का संयोजक गणेश बहादुर खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदार रहेकी ईश्वरी न्यौपानेले […]
आज देखी मतदाता शिक्षा कार्यक्रम सुरु
काठमाडौं, कात्तिक,२५- निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहँदा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जनाएको छ […]
पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन
काठमाडौं,कार्त्तीक,२५- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । आज बिहान आफ्नै निवास ज्ञानेश्वरमा बिष्टको ९० वर्षको उमेरमा निधन भएको हो । वि.सं १९८३ माघ २ गते काठमाडौंको ठमेलमा जन्मेका बिष्ट पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो । बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ २०२५ चैत २५ देखी २०२६ चैत ३१ सम्म पहिलोपटक प्रधानमन्त्री बन्नु भएको थियो । बिष्ट २०२८ […]
वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा
रोल्पा,कार्तीक,२५- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको हो । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको पुनले दाबी गर्नु भएको छ । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । […]
दैलेखमा माइक्रोबस दुर्घटना ३ को मृत्यु, ८ जना घाइते
दैलेख, कात्तिक,२५- दैलेखमा भएको माइक्रोबस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।सुर्खेतबाट दैलेख जाँदै गरेको बा. १ ख ५०१० नम्बरको माइक्रोबस शुक्रबार राती दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, […]
पहाडी समुदायको साथ बिना मधेस आन्दोलन सफल हुदैंन :इश्वर दयाल मिश्र
अराज सिहं बेल्बासे/ कपिलबस्तु,कार्त्तीक,२४- सम्पुर्ण पहाडीबासी हरुलाइ मधेसी बिरोधी बनाएका कारणनै मधेस आन्दोलन सफल नभएको कपिलबस्तु प्रतिनिधी सभा ३ का उम्मेदवार एश्बर दयाल मिश्रले बताउनु भएको छ । आज शिबपुरमा निवार्चन प्रचार प्रसार कार्यलयको उदघाटन गर्दै नेता मिश्रले ६४ सालमा सासंद बनाएर पठाउन मधेस पहाड दुबैको सहयोग भएर राज्यमन्त्री समेत भएको बेला बिभिन्न स्थानका सडक […]
ओखलढुंगामा मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण
सिर्जना बर्देवा/ ओखलढुंगा कार्तिक,२४- मतदाता शिक्षाका लागि गाउँगाउँ खटिने मतदाता शिक्षा स्वयंसेवकहरुलाई जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले आज प्रशिक्षण दिएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि १ सय ४१ जना स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो । उनीहरुलाई निर्वाचन आचारसंहिता, मतदानस्थल र मतदान केन्द्रका बारेमा जानकारी र मतदान गर्ने तरिका […]
चर्चित म्युजिक कम्पनी मेशना डिजिटलले ल्यायो उत्कृष्ट म्युजिक भिडियो
सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,२४- पछिल्लो समयको चर्चित म्युजिक कम्पनी मेशना डिजिटल प्रा.लीले उत्कृष्ट म्युजिक भिडियो सार्बजनिक गरेको छ । एक पछि अर्को गर्दै बजारमा म्युजिक भिडियो ल्याउने क्रममा भर्खरै मात्र एउटा “चर्कायौ यो छाती” बोल्लको म्युजिक भिडियो सार्बजनिक गरेको हो । कमल ओलीको प्रस्तुती रहेको यस गितको लय सिर्जना स्वयम ओली र शव्द सिर्जना पवन […]
ओखलढुगामा एन आई सी एशिया बैंकको शाखा विस्तार
सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२४- ओखलढुगामा एन आई सी एशिया बैंकको शाखा विस्तार गरेको छ । केही समय अघिबाट सेवा प्रवाह सुरु गरेको बैंकको आज एक कार्यक्रमका बिच समुद्घाटन गरिएको हो । उद्योग बाणिज्य सघं ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बैंकको ओखलढुङ्गा शाखाको उद्घाटन गर्नुभएको हो । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन […]









