सेनाको हेलिकप्टर मार्फत खोटाङमा निर्वाचन सामग्री आइपुग्यो

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२३- प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि खोटाङमा आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । मंसिर १० गते हुने चुनावका लागि सेनाको हेलिकप्टरमार्फत मतपेटिका, मतपत्र, मतदाता शिक्षा सामग्री, निर्वाचन प्रचार सामगी, स्ट्यामप्याड, मसी, छेकाबारा लगायतका निर्वाचन सामग्री ओसारिएको हो । निर्वाचन आयोगले सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत दुई पटक लगाएर ६५ प्रकारका सामाग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेकका […]

जनताले निर्वाचनमा आफ्नाे विवेकलाई उच्चतम प्रयोग गर्छनः सिटौला

झापा,कात्तिक,२३- नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सार्वभौम नेपाली जनताले आसन्न निर्वाचनमा आफ्ना विवेकलाई उच्चतम प्रयोग गर्ने आशा व्यक्त गर्नुभएको छ । झापाको भद्रपुरमा आज पत्रकारसँग भेटघाट गर्दै उहाँले विगतमा आफूले जनताको संविधान बनाउँछु भनेर आफूले मत मागेको र उक्त काम पूरा गरेकाले नै जनताले आफूलाई यस […]

वडा अध्यक्ष लाई अश्लील गालि गर्ने ६ महिला विरुद्ध सार्वजनीक मुद्धा

पवन मुडभरी/ बौनीयँ,कार्तिक,२२-  कैलालीको बर्दगोरीया गाउपालिका वडा ३ का छ जना महिला विरुद्ध प्रहरीले सार्वजनीक मुद्धा लगाएको छ । वडा अध्यक्ष कर्ण सुनार र प्रहरी निरीक्षक लाई अश्लील गालि गरेको भन्दै प्रहरीले स्थानीय महिला विरुद्ध बुधबार सार्वजनीक मुद्धा लगाएर जिल्ला चलान गरेको हो । ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरक्षक कर्ण कार्किका अनुसार स्थानीय डिला […]

नेपालगञ्जमा बिश्व रेडियोग्राफि दिवस भब्यताका साथ सम्पन्न

डम्मर थापा मगर/ बाकें,कार्तिक, २२ नेपालगञ्जमा आज बिश्व रेडियोग्राफि दिवस भब्यताका साथ सम्पन्न भयको छ ।नेपाल रेडियोलोजिकल सोसाईटि द्वारा आयोजित उक्त कार्यक्रममा बिभिन्न अस्पतालहरुमा कार्यरत रेडियोलोजिस्टहरु र नेपालगञ्जमा रेडियोग्राफि अध्यन गराईने सम्पुर्ण कलेजहरुबाट बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बिहान सात बजे बिपी चोक देखि सुरु भयको उक्त र्याली धम्बोझीचोक, त्रिभुवन चोक, भेरि अस्पताल हुदै चार […]

आगामी २५ गते बाट ओखलढुंगामा मतदाता शिक्षा कार्यक्रम संचालन हुने

सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,२२- ओखलढुंगामा आगामी २५ गतेबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम हुने भएको हो । २४ गते मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको र २५ गतेबाट जनताको घरदैलोमा शिक्षा दिन खटाइने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत कैलाश […]

काठमाडौमा अछाममा कांग्रेसलाई बिजयि गराउन सहयोग सामग्री दिने क्रम बड्दो

क्षेत्र खनाल/ काठमाडौ,कार्तिक २२- देशमा बामपंथी शक्ति एक भएर चुनावी मैदानमा हुमि रहदा अछाम क्षेत्र १ मा कांग्रेसलाई बिजयी गराउन अछाम काठमाडौ सम्पर्क समिती तिव्ररुपमा लागिरहेको छ । विभिन्न ठाउँमा अछामका समस्या सुन्दै युवा एक जुट गराएर होस् वा विभिन्न ठाँउबाट सहयोग गरेर होस् अहिले काठमाडौमा बसोबास गर्ने अछामेली युवाहरु लागि परिएका छ्न् । उसो […]

अरिङ्गालको टोकाईबाट ओखलढुंगामा एक युवकको मृत्यु

सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक २२- अरिङ्गालको टोकाईबाट चम्पादेवी गाउँपालीका ओखलढुंगामा एक युवकको ज्यान गएको छ । अरिङ्गालको टोकाईका कारण चम्पादेवी गाउपालिका ९ विलन्दुका ३२ वर्षका वेद बहादुर कार्कीको मृत्यु भएको हो । शनिबार बेलुकी गाँउमा कर्मी काम गरेर घर फर्कदै गरेका कार्कीलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाईवाट गम्भीर घाईते भएका कार्कीलाइ स्थानिय स्वास्थ्य चौकीमा […]

समाजबादी क्रान्तिको लागि बाम गठबन्धन बनेको अर्घाखाँची प्रदेश नम्बर २ का उम्मेदवार घिमिरेको भनाई

अराज सिहै बेल्बासे/ अर्घाखाँची,कार्तिक,२१- समाजबादी क्रान्तिकाे लागि बाम गठबन्धन बनेकाे अर्घाखाँची प्रदेश नम्बर २ का बाम उम्मेदवार रामजि घिमिरेले बताउनु भएकाे छ । शितगंगा नगरपालिकामा बाम गठबन्धनकाे नगर स्तरिय बिस्तारित बैठक समपन्न लाइ समबाेधन गर्दै नेता घिमिरेले यस्ताे बताउनु भएकाे हाे । समाजबाद र समाजबादकाे क्रान्ति काे लागि अब बाम उम्मेदवारकाे जितकाे अाबश्यक रहेकाे बताउनु […]

टीकापुरमा एक जना व्यत्ती मृत फेला

पवन मुडभरी/ टीकापुर ,कार्त्तीक,२१- टीकापुर नगरपालीका वडा नं: ४ वाघमारा सडक छेउमा एकजना व्यत्ती मृत्त अवस्थामा फेला परेका छन् । टीकापुर नगरपालीका वडा नं: ६ आम्बासाका करिब ४५ वर्षिय चक्र बहादुर रावल मृत अवस्थामा फेला परेको टीकापुर प्रहरीले जनाएको छ । मृतक रावलतो शव पोष्टमार्टमका लागी टीकापुर अस्पतालमा राखिएको छ । प्रहरीले घट्नाबारे थप अनुसन्धान […]

कैलालीमा जारी जेटीकप क्रिकेटमा आरएमई टीकापुरको लगातार चौथो जित

पवन मुडभरी/ बौनिया,कार्तिक,२१- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आरएमई टीकापुरले लगातार चार खेल जित्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । आज विहान ८ बजे भएको पहिलो खेलमा कैलाली पब्लिक लम्की र आयोजक जगततारा विच भएको खेलमा जगततारा ८ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको जगततारा ई.बो स्कुल […]