मधुपौडेल, बाँके,असार,२८- बाँकेको खजुरा गाउँपालिकाका प्रमुख तथा वडा अध्यक्षलाई सम्मान तथा स्वागत कार्यक्रम गरीएको छ । ज्ञानुदय पब्लिक क्याम्पस खजुराको आयोजनामा उक्त सम्मान तथा स्वागतको कार्यक्रम आयोजना गरीएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुर्ण भण्डारीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपति र क्याम्पस रहेको सम्वन्धित वडा न ३ का वडा […]
समाचार
गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान
काठमाडौ,असार,२७- गृहमन्त्री जनार्दन शर्मा श्रीलंका प्रस्थान गर्नुभएको छ । गृहमन्त्री शर्मा सार्क राष्ट्रका मन्त्रीस्तरीय बैठकमा भाग लिन मंगलबार श्रीलंका प्रस्थान गर्नु भएको हो । श्रीलंकामा बुधबार र विहिबार सार्क राष्ट्रहरुको मन्त्रीस्तरीय, सचिव स्तरीय र अध्यागमन अधिकारीहरुको बैठक हुँदैछ । श्रीलंका प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले बैठकमा सार्क स्तरीय नागरिकहरुको […]
तीन दलको वैठक निष्कर्ष विहिन
काठमाडौ ,असार, २७- संविधान संशोधनका लागि एमालेलाई साथ लिने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रयास मंगलबार पनि असफल भएको छ ।प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सघाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष एमालेले ठाडै अस्विकार गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]
आज विश्व जनसंख्या दिवस
इन्द्र कार्की, महेन्द्रनगर,असार,२७- “मानव सशक्तिकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन“ भन्ने मुल नाराका साथ आज विश्व जनसंख्या दिवस नेपाल भरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइदै छ । जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने उद्देश्यले सन् १९८९ बाट हरेक बर्ष जुलाई ११ मा यो दिवस मनाउन थालिएको हो । परिवारको चौतर्फी बिकास अनि समृद्धि सहित जनसंख्या नियन्त्रणका […]
अमेरिकामा गैरआवासीय नेपाली संघको चुनावी माहोल बन्दै
मिलन मगर, जापान,असार,२७- गैरआवासीय नेपाली संघ अमेरिकाको चुनाव आगामी अगस्ट ११ र १२ मा हुने भएको छ । निर्बाचन नजीकिदै गर्दा अहिले पुरै अमेरिका चुनावी माहोलमा तातिरहेको छ । २ लाख नेपालीको हाराहारीमा रहेको अमेरिकामा १७४८२ सदस्य दर्ता रहेकोमा केहि प्रक्रियागत कमजोरीको कारणले ३००० सदस्यहरुलाइ बेरिफिकेशन समितिले कटौती गरेको अमेरिकी समाचारदाताले जनाएका छन् । हाल कुल १४४८२ […]
स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने : उपप्रधानमन्त्री गच्छदार
काठमाडौँ, असार,२६- उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सरकारले प्राथमिकताका साथ ऐन तथा नियम तर्जुमा गरेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘विनियोजन विधेयक, २०७४’ अन्तर्गत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बिन्धत विषयमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले स्थानीय तह स्थानीय सरकार भएकाले त्यसलाई अधिकार […]
भरतपुर मतगणना विवादको सुनुवाइ साउन २ गते हुने
काठमाडौँ,असार, २६- सर्वोच्च अदालतमा आज हुने भनिएको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ पुनः सोमबारका लागि सरेको छ ।न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यस प्रकरणको सुनुवाइ पेसी तोकिएको थियो । तर हेर्न नभ्याउने भन्दै साउन २ गते सोमबारका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा […]
हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
रमित बि.क. बाजुरा,असार, २५- बडिमालिका नगरपालिका ९ उखाडीका १५ जना मुक्त हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । गरिब तथा विपन्न मुक्त हलियाका बालबालिकालाई लायन्स क्लब अफ बर्कली मकालु अमेरिकाको अध्यक्ष मनोहरा थापा बोगटीले शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो । मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सहीतको टोली बस्तीमै […]
दाङको बाल शान्ती गृहमा गुरुपुर्णीमा कार्यक्रम सम्पन्न
भानुभक्त बस्नेत दाङ,असार,२५- आज घोराही उपमहानगरपालिका वडा नं. ७ पर्सामा रहेको बाल शान्ती गृहमा गुरुपुर्णीमा कार्यक्रम सम्पन्न गरीएको छ । घोराही उपमहानगरपालिका नवनिर्वाचित मेयर नरुलाल चौधरी, उपमेयर सिता न्यौपाने,वडा नं.७का अध्यक्ष खोपीराम चौधरी,जिल्ला प्रहरी कार्यालय दाङका एस.पी.धिरजप्रताप सिंह, पतञ्जली योगका प्रेम शाह,जेष्ठ नागरीक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी,अपाङ्ग संघ झिगौराका अध्यक्ष श्रीकुमार न्यौपाने,जेष्ठ नागरीकका जिल्ला […]
पार्टी विपरित काम गर्नेलाई काँग्रेसले गर्यो कारबाही
गोरखा, असार,२५- स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट याउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ […]










