कञ्चनपुर,माघ २९-ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताउनु भएको छ । प्रेस सेन्टर कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिनुभयो । “पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हुँदैछ”, मन्त्री शर्माले भन्नुभयो […]
समाचार
उर्जामन्त्री शर्माले ६ महिनामा, के के गरे ?
काठमाडौं,माघ २९- ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए। ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे। त्यसयता प्राधिकरणले एक अर्बभन्दा बढी बक्यौता असुली गरेको छ।नियन्त्रण अभियानसँगै अहिले करिब तीन प्रतिशत विद्युत् चुहावट घटेको अनुमान छ। प्राधिकरणको […]
नेपाल आर्दश बहुमुखी क्याम्पसका शैक्षिक स्तर उन्नति को लागि महायज्ञ हुदै
अराज सिहं बेल्बासे, चन्द्रौटा, माघ २९-कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते सनिवार देखि फागुन ७ गते सम्म हुन लागेको सप्ताह ज्ञान महायज्ञ को तयारि पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि आयोजकले जानकारि दिए । स्नातकोत्तर अध्यान को लागि […]
नेकपा एमाले बाँकेको बैठक आज बस्दै
बाँके ,माघ २९- नेकपा एमाले बाँकेको पुर्ण बैठक आज नेपालगंजमा बस्ने भएको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय बाँकेको सभाहलमा बिहान ११ बजेदेखि जिल्ला कमिटि बैठक सुरु हुने एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभएको छ । एमाले बाँकेको अध्यक्ष् अशोक कोइराललाको अध्यक्ष्तामा बस्ने बैठकमा पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रमुख अतिथीका रुपमा सहभागि हुने […]
राष्ट्रपति भण्डारीद्धारा चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण
काठमाण्डौं,माघ २८-राष्ट्रपति विद्यादेवि भण्डारीले चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । व्यवस्थापिका संसदले पारित गरेको निर्वाचन कसूर तथा सजाय विधेयक र स्थानीय तह निर्वाचन विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेर कानुनी रुप प्रदान गर्नुभएको हो । यी विधेयक प्रमाणिकरण भएसँगै चुनावका लागि चाहिने चारवटा कानुन तयार भएको छ । निर्वाचन आयोग र मतदाता नामावलीसम्बन्धी कानुनले पनि […]
माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न ऊर्जा मन्त्रालयको निर्देशन
काठमाण्डौं,माघ २८-ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको र सोही आयोजनाको […]
फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर सीमानाकामा कडाइ
बैतडी,माघ २८-भारतको उत्तराखण्डमा फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर बैतडी, दार्चुलाका सीमानाकामा कडाइ गरीएको छ । अरुबेला भन्दा आजदेखि सीमामा जाँच कडाइ गरीएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।यस्तै दार्चुलामा भारतीय सुरक्षाकर्मीले दार्चुलाको सीमा नदी महाकालीमा रहेका अस्थायी तुइन झिकेको छ । तुइन झिकेपछि दार्चुला सदरमुकाम उत्तरका बासिन्दालाई आवतजावत गर्न निकै सास्ती […]
रक्तदान कार्यक्रम सम्पन्न
बाँके,माघ २८-रक्तदान नै जीवनदान हो भन्ने मुल नाराका साथ कैलपाल हस्पिटल एण्ड मेडिकल कलेज नेपालगञ्जले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मध्य तथा सुदूरपश्चिम क्षेत्रका अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा त्यसलाई मध्यनजर गर्दै प्रत्येक बर्ष कलेजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको डाइरेक्टर रेवती सिंहले बताउनुभयो । त्यसक्रममा कलेजका ९० जना विद्यार्थीले रक्तदान गरेका थिए […]
एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न
बाँके,माघ २८-बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले आज बिद्यार्थीहरुलाई लक्षित गर्दै एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय आँखा अस्पताल सुर्खेतको र फतेवाल आँखा अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । क्याम्पसमा रहेका विद्यार्र्थीहरुमा आँखामा हुने समस्यालाई समाधान गर्न क्याम्पसले आँखा शिविर सञ्चालन गरिएको क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बताउनु्भयो […]
नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन पहल गर्ने अर्थमन्त्री महराको भनाई : व्यसायिहरुसँग बजेटका लागि सुझाव संकलन
विरेन्द्र जैशी बाँके,माघ २८-नेपाल सरकारका उप–प्रधान एवं अर्थमन्त्रि कृष्णबहादुर महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन पहल गर्ने बताउनुभएको छ । आज नेपालगन्जमा आगामी आर्थिक वर्ष २०७४–७५ का लागि बजेट र राजश्व प्रणाली निर्धारणका लागि सुझाव संकलन गर्न आयोजित छलफल र अन्तकृया कार्यक्रममा अर्थमन्त्री महराले सो कुरा बताउनुभएको हो । महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको […]










