बासको १५ अौं साधारणसभा भव्य रुपमा सम्पन्न

नेपालगन्ज,भाद्र,३०- बागेश्वरी असल शासन क्लब बासले अाफनो १५ अौं साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम अाज सम्पन्न गरेको छ ।नेपालगन्जको बिनायक गेष्ट हाउसमा बिहान ११ बजे देखि बासको वार्षिक साधारणसभा शुरु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले बागेश्वरी असल शासन क्लबले समाजमा जनचेतनामूलक , भ्रष्टाचार न्युनीकरण, खबरदारी जस्ता उल्लेखनीय कामहरु गरेकोमा धन्यवाद दिएका थिए । […]

मुखमा कालोपट्टी बाधेर सरकारको विरोध

नेपालगन्ज,भाद्र,३०- अाज बाँके लगायत देशका मुख्य मुख्य शहरहरुमा कञ्चनपुर कि बालिका निर्मला पन्तको हत्यारालाई तुरुन्त पत्ता लगाई कार्यवाही गर्नु पर्ने भन्दै मुखमा कालोपट्टी बाधेर सरकारको विरोध गरिएको छ । अाज शनिबारको दिन बाँकेको नेपालगन्ज र कोहलपुरमा मुखमा कालोपट्टी बाधेर हजारौंको सङ्ख्यामा जम्मा भएर विरोध गरिएको हो । लगभग डेढ महिना बितिसक्दा पनि हत्यारालाई पक्राउ गर्न […]

विश्व सरसफाइ दिवसमा सडकमा जताततै सरसफाइ गरियो

नेपालगन्ज,भाद्र,३०- अाज विश्व सरसफाइ दिवसको दिनमा बाँकेका धेरै ठाउँहरुमा सरसफाइ गरिएको छ ।सरसफाइको दिनमा विभिन्न संघ संस्था स्थानीय सरकारी कार्यालयहरु, नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, लायन्स क्लब , लगायतकाहरुले सडकमा सरसफाइ गरेका थिए । खजुरा गाउँपालिकाको अायोजनामा खजुरा क्षेत्रमा , लायन्स क्लब र लियो क्लबहरुको संयुक्त अायोजनामा धम्बोजी चोक देखि कारकादो चोकसम्म, वडा कार्यालयहरुले अाफनो वडामा […]

ओखलढुंगामा सम्पन्न भलिबल खेलको उपाधी मुलकर्ख युवा क्लबलाई

ओखलढुंगा,भाद्र,२९- ओखलढुंगामा सम्पन्न १८ बर्ष मुनिको भलिबल खेलको उपाधी मुलकर्ख युवा क्लब सुनकोशी गाउँपालिका ५ मुलर्खकले हात पारेको छ । यहि भाद्र २७ गते देखी सुरु भएको भलिबल खेलको फाईनलमा कार्बेली एकता समाज खोटाङलाई पराजीत गर्दै उपाधी हात पारेको हो । नबज्योती बाल संजाल सुनकोशी गाउँपालिका ७ र ८ नम्बरको सयुक्त आयोजनामा भएको भलिबल खेलमा […]

बाल मैत्री नगरपालिका घोषणाका लागि ३९ सुचक पुरा

ओखलढुंगा,भाद्र,२९- ओखलढुंगाको सिद्धिचरण नगरपालिका बाल मैत्री नगर घोषणा गर्न लागिपरेको छ । बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन ऐन २०६८ ले निर्धारण गरेका ३९ वटा सुचनकहरु मध्ये आधाभन्दा बढी सुचक नगरपालिकाले पुरा गरिसकेको छ । ऐनमा समेटिएका बाल स्वतन्त्रताको अधिकार, पढ्न पाउने अधिकार, जन्मदर्ता गर्नुपर्ने अधिकार लगायतका सुचकमध्येबाट पालिकाले २५ वटा भन्दा सुचकहरु पुरा […]

कर्मचारी संगठनद्वारा तिज मिलन कार्यक्रम

नेपालगन्ज,भाद्र,२५- नेपालगन्ज मेडिकल कलेजमा रहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनले हिजो शिक्षण अस्पताल कोहलपुरमा एक कार्यक्रमका बिच तिज मिलन कार्यक्रम गरेको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा-सुरेश कुमार कानोडियाको प्रमुख अातिथ्य, कर्मचारी संगठनका सभापति कुश्माखर बश्यालको अध्यक्षता, कर्मचारी संगठनका पूर्व सभापति अब्दुल हुसेन खान अतिथि , नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका […]

डा.सुनिल शर्माले गरे बेवारिसे बिरामी बृद्धको उद्धार

विराटनगर,भदौ,२५- बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा […]

टमाटर र खुर्सानी बेचेरै ५ महिनामा ६ लाख अाम्दानी

दाङ, भाद्र,२३- दाङको घोराही उपमहानगरपालिकाका एक जना कृषकले अाफुले लगाएको टमाटर र खुर्सानी बेचेर पाँच महिनामा रु ६ लाख नगद अाम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं १० का कृषक मनकलाल थारुले अाफनै १५ कट्ठा जग्गा शिव शक्ति कृषि फर्ममा खेती गर्ने गरेका छन् । उनी पहिले विदेश मलेसिया र दुवई बसेर पनि सोचे जस्तो […]

मिस टिन कलेज र कलेज हेन्डसम को ट्यालेन्ट सो सम्पन्न

काठमाडौ,भदौ,२३- सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको आन्तरीक प्रतिभा आज एक कार्यक्रम विच समपर्र्न भएको छ । उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु विभिन्न नेपाली गीतहरुमा नृत्य मार्फत प्रस्तुत गरेका थिए […]

रियाज रेकर्डिङ स्टुडियोले कभर गीत प्रतियोगिता गराउने

काठमाडौं,भदौ,१२-  नेपालमा यतीबेला विभिन्न गायन प्रतीयोगीताहरुले तहल्का पिटिरहेको छ । देशका विभिन्न कुना कन्दरामा रहेका ती गायन प्रतीभाहरुलाई उजागर गर्ने यी प्रतीयोगिताहरुको उद्देश्य हो ।  यस्तै टिकापुरमा रहेको रियाज रेकर्डिङ स्टुडियोले भने कभर गीत प्रतियोगिता गराउने भएको छ । सुदुरपश्चीम अर्थात  ७ नं प्रदेशका कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले यो उक्त प्रतियोगिता अायोजना गर्न लागेको आयोजकले जानकारी […]