त्रिशुली नदी बस दुर्घटनामा परी मृत्यु हुनेको सङख्या ३१ पुग्यो

धादिङ,कार्त्तीक,११- आज विहान धादिङमा भएको बस दुर्घटना परी मृत्यु हुनेको सङख्या ३१ पुगेको छ। राजविराजबाट काठमाडौँ आइरहेको रात्रिबस त्रिशुली नदीमा खसेको थियो। नदीमा खसेको बसलाई क्रेनको सहायताले नदी बाहिर ल्याएर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रमुख एसपी धुव्रराज राउतले जानकारी दिनुभयो । मृत्यु हुनेमा ११ पुरुष, ९ महिला, ६ बालक, ४ बालिका छन्। धादिङको गजुरी […]

कन्चनपुरमा बस पल्टिदा २२ जना यात्रु घाईते

कञ्चनपुर, कात्तिक ८ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा बस पल्टिएको छ । डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक लालमणि जोशीले जानकारी […]

मलेसियामा नेपाली र इन्डोनेसियन कामदार चढेको बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक ७- मलेसियाको पेनाङमा मंगलबार बिहान दुई बस एकापसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्युको छ । नेपाली र इन्डोनेसियन कामदार बोकेको बसलाई अर्को बसले ठक्कर दिँदा ८ जनाको मृत्यु भएको हो । स्थानीय समयअनुसार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा अरु ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी […]

मोटरसाइकलको ठक्करबाट पागल चौराहमा एक बालक गम्भीर घाइते

गोपाल जंग थापा/ टीकापुर,कार्तीक,५- कैलालीको जानकी गाउपालिका वडा नम्बर ३ स्थित पागल चौराहमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन । ईलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार से २ प १७६३ नम्बरको मोटरसाइकलले आज दिउसो १०:१५ बजे ठक्कर दिदा जानकी गाउपालिका वडा नम्बर ३ लायकपुर शीविरमा बस्ने मनोज रावतका १० वर्षिय छोरा टीपल […]

डोटीको खडेउलीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

डोटी,कार्त्तीक,२- डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । डोटी  जिल्लाको बडीकेदार गाउँपालिका २ खडेउली भन्ने स्थानमा बस दुर्घटनामा परि बडीकेदार गाउँपालिका—४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सोही गाउँका तीन बर्षीया बालिका रहेका छन् । तर उनको सनाखत […]

आपसमा बस ठोकिदा दुईको मृत्यु

इन्द्र कार्की / महेन्द्रनगर, ०१, कार्तिक       सात नं.प्रदेशका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग सडक खण्ड अन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घोरणीमा उग्रतारा यातायात र महाकाली यातायातको बस मंगलवार मध्याहन आपसमा ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । वसमा सवार यात्रुहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको वताइन्छ । मृत्यु हुनेमा बैतडी देहिमाण्डौ कि […]

दाङमा बस र ट्रक ठोकिदा एक जनाको मृत्यु

रोशन घर्ति दाङ,असोज,२४- दाङमा बस र ट्रक ठोकिदा एक जनाको मृत्युभएको छ भने ११ जना घाईते भएका छन् । ना ४ ख ७४५९ नम्वरको बस र लु २ ख २६५ नम्वरको ट्रक लमही नगरपालिका ८ सतवरीयामा ठोकिदा बसमा सवार बर्दिया राजापुर नगरपालिका १० निवासी रामकृष्ण चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका ११ […]

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोशन घर्ति दाङ,असोज,२४- दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबाहक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको […]

जीप दुर्घटना : एक विदेशी पर्यटकको मृत्यु, ११ घाइते

लमजुङ, असोज २३- बेसीशहर–चामे सडक अन्र्तगत मनाङको तालबजारनजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायली नागरिक भेरिड यल्सर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अरु ११ जना घाइते भएका छन् । आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको […]

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

कञ्चनपुर, असोज १६- दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष […]