उपाधिको लागि बुधबार होलिल्याण्ड मावी र एबिसी भिड्दै

नेपालगन्ज,फाल्गुन,७- नेपालगन्जमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि होलिल्याण्ड मावि र एबिसी मावि भिड्ने भएका छन् ।आइतबार सम्पन्न खेलमा होलिल्याण्ड सेमिफाइनलमा पुगेको थियो भने सोमबारको खेलमा एबिसी विजयी हुँदै फाइनलका लागि भिड्ने भएको हो । सोमवार आदर्श माविलाई ८ विकेटले पराजित गर्दै एबीसी फाईनलमा प्रवेश गरेको हो । टस जितेर […]

खजुरा मेयर रनिङ खेलकूद प्रतियोगितामा विभिन्न खेल सकियो

नेपालगन्ज, फागुन,६- बाँकेको खजुरास्थित जनसेवा मावि गिजरामा संचालित प्रथम मेयर रनिङ खेलकूद प्रतियोगिता अन्तरगत आज सोमवार विभिन्न खेलको अन्तिम नतिजा आएको छ । प्रथम मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता सचिवालय प्रमुख यमनारायण महतोका अनुसार छात्रछात्रा २०० मिटर, १५ सय मिटर दौड, रिले दौड, लङजम्प, ज्यापलिङ थ्रो लगायतका खेल सकिएका छन् । त्यस्तै भलिवल, कबड्डीको मंगलबार […]

सकियो खजुरा महोत्सव

नेपालगन्ज,फाल्गुन,६- बाँकेको खजुरामा माघ २४ गते देखि सन्चालनमा रहेको महोत्सव समापन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको सयुक्त आयोजनामा सन्चालन गरीएको उक्त महोत्सवलाई एक समारोहका विच समापन गरीएको हो । समापनको दिनमा चर्चित गायक अर्जुन कौशलले आफ्नो प्रस्तुती दिएका थिए […]

जम्मु कश्मिरमा फेरि भीडन्त : ४ भारतीय सैनिकको मृत्यु

नयाँदिल्ली,फागुन,६- भारतको जम्मु कश्मिरमा भारतीय सुरक्षा फौज र पृथकतावादी समूहबीच फेरी भीडन्त भएको छ। भारतीय सञ्चारमाध्यमले  पुलआमामा  जैस ए मोहम्मद समूहविरूद्धको एकीकृत सैन्य अभ्यासका  क्रममा भएको भीडन्तमा एक अधिकृतसहित ४ सुरक्षाकर्मी मारिएको जनाएका छन्। गोली हानाहानमा परी एक सर्वसाधारण नागरिकको पनि ज्यान गएको छ। घटनामा दुई भारतीय सुरक्षाकर्मी घाइते भएका छन्।यसअघि बिहीबार साँझ पुलआमामा सिआरपिएफको गाडीमाथि […]

मृगौला रोग सम्बन्धी बृहत अन्तक्रिया नेपालगंजमा हुने

नेपालगंज,फाल्गुन,६- बाँकेको नेपालगन्जमा फागुन ११ गते शनिबारको दिन मृगौला रोग सम्वन्धी वृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम हुन लागेको छ ।नेपालमा मृगौला बचाउ अभियानका अभियन्ता तथा राष्ट्रिय किड्नी सेन्टरका निर्देशक बरिस्ठ मृगौला रोग विशेषज्ञ डा-ऋषि काफ्लेले नेपालगन्जको होटल सिद्धार्थ हस्पिटलिटीमा उक्त कार्यक्रम गर्न लागेका हुन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको समन्वयमा तथा विभिन्न संघ […]

आइडियललाई ४५ रनले हराउँदै होलिल्याण्ड मावी विजयी

नेपालगन्ज,फाल्गुन,५- आईतबारवार सम्पन्न खेलमा आईडियल माविलाई ४५ रनले पराजित गर्दै होलील्याण्ड फाईनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिंग रोजेको होलील्याण्डले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । होलील्याण्डका सामन्त शाहीले ४८, अंकित थापामगरले २८, अनिमेश शाहीले २४ तथा फरदिन खानले २२ रन बनाएका थिए । आईडियलका मकबुल […]

नेपालगन्जमा हुने ५ औ एजुकेसन फेरको पत्रकार सम्मेलन सम्पन्न

नेपालगन्ज,फाल्गुन,५- यही फागुन १० र ११ गते नेपालगन्जमा पाँचौ नेपाल हाईएर एजुकेशन फेयर (शैक्षिक मेला) आयोजना हुने भएको छ । यसअघि चौथोसम्म काठमाडौंमा मात्र हुँदै आएको नेपालकै ठूलो शैक्षिक मेला पहिलो पटक मोफसलमा पनि हुन लागेको हो । नेपालमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सक्षम शिक्षण संस्थाका बारेमा जानकारी गराउँदै शिक्षाका लागि विदेशिने पुँजी रोक्न […]

चार हजार अबैध चल्ला सहित दुई जना प्रकाउ

नेपालगन्ज, फाल्गुन,५- अवैध भारतिय बोइलर कुखुराका चल्ला सहित बाँके प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी निरिक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोली कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम रहेका छन् । […]

खजुरा महोत्सवमा आज चर्चित गायक गोपाल नेपाल जिएम र गायिका अमृता लामिछाने आउँदै

नेपालगन्ज, फाल्गुन,५- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको ११ औ दिन आज पछिल्लो समयका चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम र गायिक अमृता लामिछाने आउने भएका छ। मौसम प्रतिकुलताको चुनौतिलाई पार गर्दै ११ औ दिन सम्म आएको महोत्सवमा दर्शकको आग्रहमा आयोजक टिमले गायक जिएम र गायिका लामिछानेलाई महोत्सवमा बोलाएको हो। गायक जिएमले आज […]

आइतबार नेपालगन्जको बहुमुखी क्याम्पस गजलमय बन्ने

नेपालगन्ज , फागुन,४- यहि फागुन ५ गते आइतबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज गजलमय बन्ने भएको छ । नेपाली साहित्य परिवारको आयोजनामा हुने गजल वाचन कार्यक्रममा देशका ८ गजलकारले आफ्ना गजल सुनाएर महेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गड गजलमय बनाउने छन् । गजलकार नमिता बराल, भुवन भुपी, जिवन सरोवर, भरत प्रमोद दाहाल, डा. देवेन्द्र आचार्य, नवराज कुन्दर, कृष्ण […]