स्वास्थ्य लाभको कामना

 भक्तपुर २६ बैशाख , रफत सञ्चार क्लब केन्द्रीय समितिले क्लबका बाँके जिल्ला सचिव र कोषाध्यक्षको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । क्लबको भक्तपुरस्थित केन्द्रीय समितिले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी बाँके सचिव निकाता लामिछाने र कोषाध्यक्ष लक्ष्मी गौडेलको सिघ्र स्वास्थ्य लाभको कामना गरेको हो । सचिव लामिछनेको स्कुटर दुर्घटनामा हातको अपरेसन तथा क्लवकी कोषाध्यक्ष […]

बाँके जिल्लामा कानुन पत्रकार गठन

मध् पौडेल बाँके,बैशाख,२६- कानुन दिवसको सन्दर्भमा कानुन र न्याय को क्षेत्रमा क्रियाशील पत्रकारहरुको भेलामा लामो समय देखी कानुन र न्यायको क्षेत्रमा कलम चलाउने व्यक्तिहरु बाँके जिल्लामा पनि दर्जनौ रहेका छन् । कानुन र न्याय एक संवेदनशील र प्राविधिक विषय भएकोले क्षेत्रमा कलम चलाउन विषय विशेषज्ञको समेत खाँचो महसुस गरिएको छ । स्वच्छ पत्रकारिताको माध्यममबाट सुचद्धना […]

हामी काम गरेर देखाउँछौ कांग्रेस नेता सिंह

काठमाडौं, २६ वैशख – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनताको पक्षमा काम गर्ने उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नु भएको छ । काठमाडौंको शंकरापुर नगरपालिकाका उम्मेदवारहरूको पक्षमा आज मत माग्न त्या पुग्नु भएका नेता नेता सिंहले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको हो । नेता सिहले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा माहोल बनिसकेको बताउनु […]

गठबन्धनले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं, २६ वैशाख – संघीय गठबन्धनले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएको छ । अहिल केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर गठबन्धनको तर्फबाट विभिन्न नेताहरुले भेट्ने कार्यक्रम रहेको गठबन्धनका नेता मनिस सुमनले जानकारी दिनुभयो । भेटमा संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार वैशाख ३१ हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन विधेयक पारित हुने सम्भावना कम […]

टीकापुर घटनाका आरोपी छोड्ने शर्तमा फोरम पनि सरकारमा

काठमाडौं , बैशाख २६ – टीकापुर घटनाका आरोपीहरूलाई रिहा गर्ने शर्तमा फोरम लोकतान्त्रिक सरकारमा गएको छ ।स्रोतका अनुसार साता दिनभित्रै ०७२ भदौ ७ गते भएको टीकापुर घट्नाका आरोपीलाई थुनामुक्त गर्ने शर्तमा विजय गच्छादारको पार्टी फोरम लोकतान्त्रिक सरकारमा गएको हो  । वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पनि सामाजिक सञ्जाल फेसबुकमा टीकापुर घटनाका आरोपीलाई मुक्त गर्ने शर्तमा फोरम […]

मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने

काठमान्डौ,बैशाख,२५- मुग्लिन–नारायणगढ सडक आजदेखि चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तहको चुनावलाई ध्यान दिँदै आउँदो जेठ तीन गतेसम्म सडक खुल्ला राख्ने निर्णय गरिएको छ । मजदुरहरु चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने भएकाले चुनावी कार्यक्रमलाई ध्यानमा दिएरु बटो खुल्ला राख्ने निर्णय गरिएको हो । यसअघि बिहान १० बजेदेखि […]

राजनीतिक वस्तुस्थितिका विषयमा छलफल सुरु

काठमान्डौ,बैशाख,२५- मुलुकको पछिल्लो राजनीतिक वस्तुस्थितिका विषयमा छलफल सुरु गरेको संघीय गठबन्धनको बैठक आज दोस्रो दिन बस्दैछ । काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा दिउँसो तीन बजे बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले जानकारी दिए । बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने […]

सरकारले प्रि बजेट माथीको छलफल नगरि बजेट ल्याउने तयारी

काठमान्डौ,बैशाख,२५- सरकारले प्रि बजेट माथीको छलफल नगरि बजेट ल्याउने तयारी गरेको छ । जेठ १५ गते बजेट ल्याउनु अघि निति तथा कार्यक्रम र प्रि बजेट माथी छलफल गर्नुपर्ने प्रावधान भएपनि यस पटक नभ्याईने भएकाले सिधै बजेट ल्याउने तयारी सरकारले गरेको हो । सहमतिका लागि भन्दै आजका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक आगामी जेठ ४ गते […]

प्रधानन्यायाधीश कार्कीले अवकाश नपाएसम्म कुनै पनि मुद्दा आफूले नहेर्ने

काठमाडौं, २५ वैशाख- अदालतले महाअभियोग बिरूद्ध अन्तरिम आदेश जारी गरेपछि सर्वोच्च फर्केकी प्रधानन्यायाधीश सुशीला कार्कीले अबदेखि अवकाश नपाएसम्म कुनै पनि मुद्दा आफूले नहेर्ने बताउनुभएको छ ।  सर्वोच्च अदालत स्रोतका अनुसार, अवकासको महिना दिन अघिबाट इजलासमा बसेर मुद्दा नहेर्ने परम्परा अनुसार नै प्रधानन्यायाधीश कार्कीले आफ्ना लागि इजलास नतोक्ने भएकी हुन्। ‘मैले अन्तिमसम्म मुद्दा हेरिरहे भने विवाद […]

सरकारमा सहभागी हुने गच्छदारको तयारी, आज संयुक्त बैठक

काठमाडौं, २५ वैशाख – नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी हुने तयारीमा जुटेको छ । विजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले सरकारमा सहभागी हुने विषयमा टुंगो लगाउन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । पार्टी कार्यालय तिनकुनेमा बिहान ११ बजे बस्ने बैठकमा सरकारमा सहभागी हुने विषयमा टुंगो लगाइने फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र […]