महाभियोगबारे संसद्ले आज के गर्ला ? सरकारको रणनीति यस्तो छ ।

काठमाडौं,वैशाख,२४-  सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? सबैतिर चासो छ ! आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले आजको बैठक सूचना टाँस गरेर स्थगित गर्ने सम्भावना बढेको उनीनिकट स्रोतहरुको भनाइ छ । सभामुख ठ्याक्कै यही गर्ने भन्ने निष्कर्षमा पुगिसक्नु भएको छैन, विभिन्न विकल्पमा उहाँलाई सुझाव आइरहेको छ । उहाँ अझै आन्तरिक छलफलमै हुनुहुन्छ । ३१ वैशाखको […]

अब चार तहका सरकारी अस्पताल

काठमाडौं,वैशाख,२४- देशभरिका सरकारी अस्पताललाई चार तहमा वर्गीकरण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले नयाँ सङ्घीय संरचनामा चार तहका अस्पताल रहने व्यवस्था गरेसँगै सरकारी अस्पताल पनि चार तहमा विभाजित हुने भएका छन् । नयाँ बन्ने संरचनामा गाउँ तथा नगरस्तर, प्रदेशस्तर र केन्द्रीयस्तरका प्राथमिक, द्वितीय, तृतीय र विशिष्टीकृत गरी चार स्तरका अस्पतालको व्यवस्था गर्न लागिएको हो । […]

८६ वर्षीय सगरमाथा आरोही शेरचनको निधन

काठमाडौं , बैशाख,२४- विश्वकै पाका सगरमाथा आरोहीका रुपमा किर्तिमान राख्न सगरमाथा अाराेहणमा निस्केका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको आधार शिविर पुगेर शनिबार निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनामा समेत काम गरेका पूर्व गोर्ख सैनिक शेरचन वैशाख ३ गते सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा निस्कनु भएकाे थियाे । शेरचनको आधार शिविरमा ५ बजेर […]

संघीय गठवन्धनद्वारा उपेन्द्र यादवमाथि कारबाही, अध्यक्षबाट हटाइयो

काठमाडौं , बैशाख,२४ – संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप […]

काँग्रेसको वडा कार्यालय स्थापना, एमाले परित्याग गरी काँग्रेसमा प्रवेश

नेपालगन्ज ,बैशाख ,२३, स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेसले बाँकेका विभिन्न ठाउँमा शनिबार वडा कार्यालय स्थापना गरेको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्वर ६ र ३, खजुरा गाउँपालिका २ र नेपालगन्ज १६ मा वडा कार्यालय स्थापना गरिएको हो । चार वटै वडा कार्यालयको पार्टी सभापति किरण कोईराला, सचिव कपिलदेव शर्मा, महासमिति सदस्य महेन्द्र […]

पुरुषहरुमा बाँझोपना आउने यस्ता कारण

डा. सुवोध रेग्मी, युरोलोजिस्ट, सिभिल अस्पताल वैवाहिक जीवनपछि सन्तान प्राप्त गर्ने चाहना सबैको हुन सक्छ। तर, केही दम्पत्तीलाई बाँझोपनका कारण सन्तान लाभ हुँदैन। केही समयअघिसम्म हाम्रो समाजले बाँझोपनको सबै दोष महिलालाई मात्र दिन्थ्यो। तर, अब समय फेरिएको छ। बाँझोपन रोग हो र यो पुरुष या महिला जसलाई पनि हुन सक्छ भन्ने चेतना बिस्तार हुँदै गएको […]

गोठालाबाट गाउँपालिका प्रमुख

  वैशाख २३, २०७४ – मनाङको नारफू गाउँपालिका–१ नारगाउँका ४५ वर्षीय मिङ्मा छिरिङ लामाको दिनचर्या गोबर सोहोर्दै र चौपाया चराउँदैमा बित्थ्यो । खेतीकिसानीमै भुलिरहेका उनलाई राजनीतिमा खासै चासो थिएन । स्थानीय तह चुनावको उम्मेदवारी दर्ताका दिन उनलाई गाउँलेबाट ठूलो दबाब आयो, गाउँपालिका प्रमुख बन्न । कुनै पार्टीको सदस्यता नलिएका लामाले फारममा कांग्रेस उल्लेख गर्दै मनोनयन […]

खुला दिशा मुक्त हुदै भीनपा

  इन्द्र कार्की महेन्द्रनगर, बैशाख,२३ कञ्चनपूरको जेठो भीमदत्तनगर पालिकाले खुला दिशा मुक्त नगर पालिका हुने कार्यमा तीव्रता दिएको छ । यसै क्रममा भीमदत्त नगर पालिका वडा नं. ०८ लाई शुक्रवारका दिन एक कार्यक्रम गरि भीमदत्त नगर पालिकाका कार्यकारी अधिकृत रमेश गौतमले खुला दिशा मुक्त वडा भएको घोषणा गरेका छन् । वडा नं. ०८ का सचिव […]

नहरमा डुवेर महिलाको मृत्यु

तुलसीपुर,बैशाख,२२- वैशाख पश्चिम दाङको पंचकुलेमा एकजना महिलाको पानीमा डुवेर मृत्यु भएको छ । साविक पंचकुले ६ मटेरी र हालको बबई गाउँपालिका वडा नं. ७ मटेरी निवासी ४६ वर्षीया दिलकुमारी चौधरीको पानीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए । चौधरीले विहीवार साँझ साढे ७ बजेको समयमा छिमेकीको घरमा टिभी […]

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज भारत जादै

दाङ,बैशाख,२२- परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज भारत जाँदै हुनुहुन्छ । मन्त्री महत नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनका लागि त्यता जान लाग्नु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणमा वैशाख ४ र ५ गते उहाँ भारत जानु भएको थियो । परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज सम्मेलनको संयुक्त रूपमा उद्घाटन गर्ने […]