जाजरकोट,फागुन २६- जाजरकोटमा आज बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित […]
Images
दोस्रो गोल्ड कप फुटवलमा सुदुरपश्चिम ११ विजयी
बाँके,फागुन २६- नेपालगञ्जमा आजबाट शुरु भएको टुबोर्ग दोस्रो गोल्ड कप फुटवल प्रतियोगितामा सुदुरपश्चिम ११ विजयी भएको छ । उद्घाटन खेलमै सुदुरपश्चिमले दिल्ली युनाईटेड भारतलाई १ एक शुन्य गोलले पराजित गरेको हो । सुदुरपश्चिम ११का विदेशी खेलाडी एरोनले एक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको निर्धारित समयमा दिल्ली युनाईटेड भारतले गोल गर्न नसकेपछि सुदुरपश्चिम […]
लैङ्गिक हिंसा र मानव बेचविखनका सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण
मधुपौडेल बाँके,फागुन २६- विद्यार्थीले लैङ्गिक हिंसा र मानव बेचविखनका बारेमा थाहा पाउनु पर्ने भएको एक विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले बताएका छन । माइती नेपाल नेपालगंजको आयोजनामा गरीएको उक्त कार्यक्रममा श्री आदर्श माध्यामिक विद्यालय डि गाउ खजुराका सहभागी विद्यार्थीहरुले सो कुरा बताएका हुन । करिव ६० जना विद्यार्थीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीलाई १०७ […]
एनसेल कर छलीमा सघाउ पुग्ने गरी मन्त्रिपरिषद्को निर्णय
काठमाण्डौं,फागुन २६ – सरकारले एनसेल बिक्रीमा पुँजीगत लाभकर छलीलाई सघाउ पुर्याउने प्रकृतिको निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राखेको मौखिक प्रस्तावमा केही मन्त्रीको विरोधका बाबजुत प्रधानमन्त्री पुष्पकमल दाहालले कर छलीलाई नै सघाउ पुर्याउने खालको निर्णय गरेका हुन्। मन्त्रिपरिषद्ले बिक्रेता कम्पनी टेलियासेनेराबाट लाभकर असुल गर्नुपर्ने निर्णय गरेकाले कर छलीमा सघाउ पुग्ने […]
भाइराजा क्रिकेटःरोयल स्पोर्टस् फाइनलमा :आज नेपाल टाइगर क्लब र युनाइटेड खेल्दै
बाँके,फागुन २६- रोयल स्पोर्टस् क्लब नेपालगन्जमा जारी स्व। रणेन्द्रबहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जगुवार स्पोर्टस् क्लबलाई ४० रनले पराजित गर्दै रोयल स्पोर्टस् फाइनलमा पुगेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयलले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।जवाफमा १६२ […]
बाँकेका शिक्षण सिकाई कमजोर
बाँके,फागुन २६- प्रावि तहमा शिक्षण सिकाई कमजोर भएपछि बाँकेमा संचालन गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई आज हुने भएको छ । बाँकेमा प्रावि तहमा शिक्षण सिकाई ६१ प्रतीशत रहेको जिल्ला शिक्षा अधिकारी भिम साँउदले जानकारी दिनुभएको छ । उहाँले प्रावि तहमा शिक्षण सिकाई कमजोर भएकोले निमावि र मावि तहमा सिकाई उपलब्धी झनै कमजोर भएको बताउनुभयो । […]
सप्तरी घटनामा मृतकका परिवारलाई १०र१० लाख दिने सरकारको निर्णय
काठमाडौं, फागुन २५ – सरकारले सप्तरी घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।समितिमा को–को रहने भन्ने चाहीँ खुलाइएको छैन । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको छ । यस्तै सप्तरी घटनामा मृतकका परिवारलाई […]
स्प्रिरिङडेल एकेडमी स्कुलको अभिभावक भेला सम्पन्न
बाँके,फागुन २५ – स्प्रिरिङडेल एकेडमी स्कुल काँरकादोले आज अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कट्टेलको अध्यक्षतामा बसेको भेलामा विद्यालयको आगामी शैक्षीक कार्ययोजना तथा शुल्क निर्धारण विद्यालयका भावि कार्ययोजना लगायतका बारेमा छलफल भएको थियो । व्यवस्थापन समितीका संचालक सदस्य हिक्मत रावलले आगामी शैक्षक कार्ययोजना तथा शुल्क निर्धारणको प्रस्ट पार्नु भएको थियो […]
खजुरा नगर विकास समितिमा रेग्मी अध्यक्षमा मनोनयन
मधुपौडेल बाँके,फागुन २५- खजुरा नगर विकास समितिमा कमल राज रेग्मी अध्यक्षमा मनोनयन हुनु भएको छ ।नेपाल सरकार को यही चैत्र १७ गते को निर्णयानुसार रेग्मीको नेतृत्वमा नगर विकास समितिले पुर्णता पाएको हो । उक्त समितिको सदस्यमा कृष्णा बहादुर विक , इन्दिरा खड्का , युवराज पौडेल ,कृष्ण बहादुर गौतम , क्रृषि केश जिसी रहनु भएको छ […]
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुहोस: मन्त्री परिषद्का पूर्व अध्यक्ष रेग्मी
बाँके,फागुन २५- मन्त्री परिषद्का पूर्व अध्यक्ष खिल राज रेग्मीले संविधान कार्यान्वयन जटिल बन्दै गएकोले सबै दलहरुलाई मिलेर जान आह्वान गर्नुभएको छ । आज नागरिक समुह बाँकेले आयोजना गरेको मैत्रीपुर्ण फुटबलको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन जटिल बन्दै गएकोले यसमा विशेष भुमिका सबै राजनीतीक दलहरुको रहेको बताउनुभयो । उहाँले जसरी खेलको नियम सबै खेलाडीले […]









