नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

काठमाडौं,कात्तिक,२६-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।   अध्ययन प्रतिवेदन […]

बागीलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं,कार्तिक,२६-सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । शनिबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुलाई निष्क्रिय बनाउन अधिकतम […]

एपीएफलाई प्रधानमन्त्री कपको उपाधि, त्रिभुवन पराजीत

काठमाडौं,कार्तिक,२६-विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा पुरस्कार प्राप्त गरेको […]

नेपाललाई यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि

काठमाडौं,कात्तिक,२५-नेपाल साफ यू-१५ महिला च्याम्पियनसिप भएको छ।नेपालले बंगलादेशमा आयोजना भएको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो । बंगलादेशको ढाकामा आज शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो ।खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता […]

आजको राशिफल ।। कार्तिक २५ गते बिहिवार

काठमाडौं,कार्तिक,२५-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २५ गते शुक्रवार, (नोभेम्वर ११ तारिख) मंसिर कृष्ण तृतिया तिथी ।आज विश्व महागुरु फाल्गुनन्द जयन्ती पनि रहेको छ । आज कार्तिक २५ गते शुक्रवार राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न […]

विश्वकपका लागि पोर्चुगलको टिम घोषणा

काठमाडौं,कात्तिक,२५-विश्वकपका लागि पोर्चुगलले टिम घोषणा गरेको छ ।कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि पोर्चुगलले टिम घोषणा गरेको हो। पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ।पोर्चुगलले घोषणा गरेको टोलीको कप्तान क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डो पाँचौं पटक विश्वकप खेल्दैछन् ।यस्तै पेपे, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भा लगायतका अनुभवी […]

भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा

एजेन्सी,कार्तीक,२४-इंग्ल्याण्ड टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार अष्ट्रेलियाको एडिलेट ओभलमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना विकेट लक्ष्य पूरा गर्‍यो । इंग्ल्याण्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे । अर्धशतकीय इनिङ […]

आजको राशिफल ।। कार्तिक २४ गते बिहिवार

काठमाडौं,कार्तिक,२४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २४ गते बिहिवार, (नोभेम्वर १० तारिख) मंसिर कृष्ण द्धितीया तिथी ।आज विश्व शान्ती र विकासका लागी विश्व विज्ञान दिवस पनि रहेको छ । आज कार्तिक २४ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ […]

पाकिस्तान विश्वकपको फाइनलमा

काठमाडौ,कार्तिक,२३-पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग […]

केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेस पार्टीबाट निष्काशित

  काठमाडौं,कात्तिक,२२-सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निकालेको हो । केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समितिले जनाएको छ । पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य […]