पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया

नेपालगन्ज,जेष्ठ ,०७- बाँकेको खजुरामा मंगलबार पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ। खजुरामा आयोजित एक कार्यक्रमका सहभागिले पशुपंक्षि विमा लागतमा नभई उत्पादनमा गरिनुपर्नेमा जोड दिएका छन । खजुरा गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा पशुपंक्षि मत्स्य विमा सम्बन्धी सरोकारवालाहरुसगँ अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले विमाको आवश्यकता धेरै भएपनि झण्झटिलो प्रक्रिया हुदाँ रकम लिन कठिनाई हुने गरेको […]

आठौं राष्ट्रिय खेलकुद नजिकिदै गर्दा सडक कालोपत्रे गर्दै

बाँके,चैत्र,२३- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा नेपालगन्ज नगर क्षेत्रका सडकहरु मर्मत तथा कालोपत्रे गर्ने कार्यलाई तीव्र पारिएको छ । नेपालगन्ज रगंशाला प्रवेश हुने मुल तथा सहायक सडक धमाधम मर्मत तथा कालोपत्रे गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नगर क्षेत्रका साना–ठुला गरी झण्डै एक दर्जन सडक मर्मत र कालोपत्रे भइरहेको उपमहानगरले जनाएको छ । अधिकांश […]

जापानमा साकुरा फूलको लोकप्रियता

जापान,चैत्र,२३- साकुरा जापानको अति लोकप्रिय फूल हो । जसलाई राजकाजमा प्रयोग हुने फूलका रूपमा चित्रण गरिएको छ । फूलको विशेषता वा स्वभाव नै फुल्ने हो। बास्ना र सुन्दरता छर्ने हो। फूल जंगल, बाटो, फूलबारी र कॉडाबीच फुलिदिन्छ। महल र झुपडी दुवैमा हॉसिदिन्छ। कोही आओस वा नआओस, कसैले उसको सुभाष लियोस वा नलियोस,बस फुलिरहन्छ। मुस्कुराई रहन्छ। अरुलाई आनन्दित बनाईरहन्छ। […]

क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जको उपहार हरियाली

नेपालगन्ज,चैत्र,१४- मध्य तथा सुदूर पश्चिमाञ्चलको व्यापारी नाकाका रुपमा चिनिने नेपालगन्ज शहरमा दुई वर्ष अगाडि क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज संस्थाले शुरु गरेको थियो। सडकको बिचमा बिरुवा रोप्न शुरुआत गरे संगै नेपालगन्ज उपमहानगरपालिका लगायत विभिन्न संघ संस्थाहरुले रोप्न गरेको बिरुवा अहिले सबैको मन लोभ्याउने गरि हुर्की सकेका छन् । यस संस्थाका संयोजक डा- बिनोद कर्णको पहलमा त्यस […]

अन्तर्राष्ट्रियस्तरको बाख्रा पालन तालिम बाँकेको खजुरामा हुँदै

नेपालगन्ज,चैत्र,०९- बाँकेमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको बाख्रा पालन तालिम हुने भएको छ । खजुरामा रहेका हिल पार्क कृषि तथा पशुपालन फार्मले उक्त तालिम सञ्चालन गर्न लागेका हुन् । चैत १२ गतेदेखि हुने तालिम तीन दिनसम्म चल्ने छ । बाँके, बर्दिया, अर्घखाँची लगाएतका जिल्लाका युवा व्यवसायी सहभागी हुनेछन् । उक्त तालिममा नेदरल्याण्डका कृषि विज्ञ ग्रेड बोइन्कले प्रशिक्षण […]

एग्रोभेटको अध्यक्षमा विनोद तिवारी निर्वाचित

नेपालगन्ज,चैत्र,०९- एग्रोभेट व्यवसायी संघ नेपालगन्जको १२ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट विनोद तिवारी अध्यक्षमा सर्वसम्वत् निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा रामप्रसाद आचार्य, सचिवमा कमलबहादुर थापा र कोषाध्यक्षमा दुर्गाप्रसाद गुप्ता चयन भए । त्यस्तै किरण खनाल, जितेन्द्र शिरीष, गन्जमान बुढा र कृष्णराज ढकाल सदस्यमा चयन भएका छन् । […]

महोत्सवद्वारा जलबायु मैत्री कृषि तथा आइपिएम प्रविधिलाई सम्मान पत्र प्रदान

नेपालगन्ज,फाल्गुन,२९- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न प्रादेशिक महोत्सव २०७५ को समापनको दिन बुधबार महोत्सवले बिभिन्न स्टलहरुलाई सम्मान पत्र प्रदान गरेको छ। विभिन्न स्टलहरुको माँझमा प्राङ्गारीक तरकारी जलवायु खेती गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ महोत्सवको स्टल न.१७ मा आफ्नो प्रदर्शनी गरे बापत जलवायु मैत्री कृषि तथा आइपिएम प्रविधि स्टल पनि महोत्सवद्वारा सम्मानित भएको छ। […]

सीतापुरमा तरकारिको बिरुवा रोपेर स्मार्ट कृषि गाउँ घोषणा

नेपालगन्ज, फाल्गुन,२०- बाँकेको खजुरागाउँपालिका २ को सीतापुरलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ । प्रदेश पाँचका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले आज एक कार्यक्रमकाबीच तरकारीको विरुवा रोपेर सीतापुरलाई स्र्माट कृषि गाउँ घोषणा गर्नुभएको छ । बाँकेमा ६ वटा स्मार्ट कृषि गाउँ बनाउने प्रदेश सरकारको योजना छ । ति गाउँमा ५० लाख अनुदानसँगै […]

पशु क्वारेन्टाईन नेपालगन्जद्वारा वार्षिक ८ लाख बढी राजश्व संकलन

नेपालगन्ज,फाल्गुन,१९- पशु क्वारेन्टाईन चेकपोष्ट नेपालगन्जले चालू आर्थिक बर्षको हालसम्म ८ लाखबढी राजश्व संकलन गरेको छ । सूचना अधिकारी अमर बहादुर शाहीका अनुसार चालू आर्थिक बर्षको साउनदेखि फागुन १८ गतेसम्म ८ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । अवैध वोइलर, चल्ला, मासु, माछा, अण्डा भित्र्याउनेमाथि कारवाही गरेवाफत सो परिमाणको राजश्व उठेको हो । हाल […]

कर्मुनालाई स्मार्ट कृषि गाउँ बनाईने

नेपालगन्जय,फाल्गुन,१७- नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरको करमोहनालाई स्र्माट कृषि गाउँ बनाइने भएको छ । बाँकेमा ६ वटा स्र्माट कृषि गाउँ बनाउने अभियान अन्तर्गत नेपालगन्जको करमोहनालाई स्र्माट कृषि गाउँ बनाउन लागिएको हो । प्रदेश नम्बर ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक कार्यक्रमकाबीच स्र्माट कृषि गाउँ बनाउने घोषणा सहित शुभारम्भ गर्नुभएको हो । प्रमुख बालीका […]