१६ वर्षपछि असारमै बजेट पास

काठमाण्डौँ,असार,३० व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै असारमै बजेट पास भएको छ । बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको छ । तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो । तर […]

आज विश्व जनसंख्या दिवस

इन्द्र कार्की, महेन्द्रनगर,असार,२७- “मानव सशक्तिकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन“ भन्ने मुल नाराका साथ आज विश्व जनसंख्या दिवस नेपाल भरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइदै छ । जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने उद्देश्यले सन् १९८९ बाट हरेक बर्ष जुलाई ११ मा यो दिवस मनाउन थालिएको हो । परिवारको चौतर्फी बिकास अनि समृद्धि सहित जनसंख्या नियन्त्रणका […]

काँचो चना खानुको फाइदा

इन्द्र कार्की महेनद्रनगर,असार,२३ शरिरलाई आवश्यक पर्ने विभिन्न तत्व पाइने खाद्य पदार्थहरुमा चना पनि एक प्रमुख हो । नियमित रुपमा चना खानाले शरिरमा आवश्यक पर्ने पोषक तत्वहरुको आपुर्तिमा सहजता आउछ । चनालाई भिजाएर काँचो तथा फ्राई गरेर समेत खान सकिन्छ । चनालाई काँचो रुपमा खाँदा सरसफाईमा विशेष ध्यान दिनुपर्छ । आउनुहोस् आज नियमित चना खानाले शरिरमा […]

महाकाली पुलमा सवारी आवागमनमा रोक

इन्द्र कार्की महेन्द्रनगर,असार,२३ सुदूर पश्चिम तथा प्रदेश नं. ०७ का तराई लगायत पहाडी जिल्लाहरुमा विगत तीन दिन देखि भईरहेको वर्षाका कारण महाकाली नदिमा पानीको सतह वढे पछि महेन्द्रनगर र भारतीय शहर वनवसा जोडने महाकालीको शारदा पुल मा अत्याआवश्यक सवारी साधन वाहेकका सवारी साधनहरु आवागमनमा आज विहानै देखि भारतीय पक्षले रोक लगाएको छ । जसले गर्दा […]

जुलुस मनाउने क्रममा बसको छतबाट खसेर घाईते

दाङ,असार,२० देउखुरीको लमही नगरपालिका १ नर्तीमा विजय जुलुस मनाउने क्रममा बसको छतबाट खसेर एक बालक घाइते भएका छन् । पश्चिमबाट पुर्व तर्फ गइरहेको ना ५ ख ६१३ नम्बरको बसबाट खसेर राप्ती गाउँपालिका २ लालमटियाका १४ वर्षिय बालक विक्रम आचार्य गम्भीर घाइते भएका छन् । घाइते आचार्यको बुटवलमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको […]

औलो अर्थात मलेरिया

इन्द्र कार्की महेन्द्रनगर,असार,२० परिचय वर्षातको समयमा विभिन्न किटजन्य, पानीजन्य लगायतका विभिन्न प्रकारका रोगहरुमा बढोत्तरी हुन्छ । खास गरी वर्षातको समयमा देखिने किटजन्य रोगहरुवाट केहि सावधानी अपनाएमा धेरै हद सम्म सुरक्षित हुन सकिन्छ । किटजन्य रोगहरु मध्येको एक औलो (मलेरिया) एक सरुवा रोग हो । यो रोग संक्रमित लामखुट्टेको टोकाइ बाट एक मान्छे वाट अर्को मान्छेमा […]

सचिव सरुवाबारे आयोगले मौनता तोड्यो

काठमाडौं,असार,१३ निर्वाचन आयोगले सचिव गोपीनाथ मैनालीको सरुवाबारे आफ्नो मौनता तोडेको छ । आयोगले सचिव मैनालीले मन्त्रिपरिषदबाट भएको सरुवालाई लिएर पदीय मर्यादा नाघेर निजामति प्रशासकको आचरण र मर्यादा विपरित गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताएको छ । दोस्रो चरणको चुनावी प्रक्रिया चलिरहेका बेला आयोगका सदस्य मैनालीको सरुवा भएको थियो । विलासी गाडी किन्न रोक्दा आफू सरुवा गरिएको मैनालीले […]

दाङ र बुटवलमा मतदाता तान्न प्रदेश राजधानी कार्ड

रुपन्देही,असार,८- स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बुटवल उपमहानगर संगठन कमिटीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रको सुरुकै बुँदामा लेखिएको छ, ‘समग्र प्रदेशको आर्थिक विकासको इञ्जिनको रुपमा रहेको बुटवल उपमहानगरपालिकालाई ५ नम्बर प्रदेशको केन्द्र प्रादेशिक राजधानी घोषणा गर्न सशक्त एवं प्रभावकारी पहल गरिनेछ।’ बुटवलमै कांग्रेस–माओवादी केन्द्र गठबन्धनले बनाएको संयुक्त प्रतिबद्धता पत्र पनि उही कुरा गर्छ। कांग्रेस–माओवादीको प्रतिबद्धता […]