खजुराका कृषकलाई दिइयो धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम

नेपालगन्ज,जेष्ठ ,०९- बाँकेको खजुरा गाउँपालिकाका कृषकहरुलाई धानको वीउ उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको छ । धान बालिको सिजन शूरु हुन लाग्दा खजुराका किसानहरुलाई वीउमा आत्मनिर्भर बनाउन गाउँपालिकाको सहयोगमा आज तालिम सन्चालन गरिएको हो । खजुरा गाउँपालिका स्तरिय सहकारी सञ्जालको आयोजनामा भएको तालिममा वीउ उत्पादक सहकारी समितिका पदाधिकारी तथा सेयर सदस्य किसानहरुलाई समावेस गराइएको सञ्जालका अध्यक्ष […]

लेउन माया लेउ भन्दै आए टंक र एलिना (भिडियो सहित)

नेपालगन्ज,जेष्ठ,०९- बहुचर्चित लोकपप गायक टंक तिमिल्सिना र गायिका एलिना चौहान नेपाली सांगीतिक बजारमा `लेउन माया लेउ ´ भन्दै प्रस्तुत भएका छन । बिहीबार (आज)मात्रै बजारमा सार्वजनिक बिल्कुलै नयाँ गीत `लेउन माया लेउ´ मार्फत उनीहरू प्रस्तुत भएका हुन। सनसनी, मैना, छुची मायालु जस्ता थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेका गायक तिमिल्सिनाले यो पटक भने पहिलेका उनका आफ्ना […]

मोटरसाइकल दुर्घटनामा परि प्रहरी जवान यादवको मृत्यु

बर्दिया,जेष्ठ ,०८- बर्दियाको गुलरिया नगरपालिका–३ निमकोठियामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटनामा परेको हो । गएराति ११ बजे दुर्घटनामा घाइते भएका यादवको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा बुधबार(आज) मध्याह्न १२ बजे मृत्यु […]

पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया

नेपालगन्ज,जेष्ठ ,०७- बाँकेको खजुरामा मंगलबार पशुपंक्षी मत्स्य विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ। खजुरामा आयोजित एक कार्यक्रमका सहभागिले पशुपंक्षि विमा लागतमा नभई उत्पादनमा गरिनुपर्नेमा जोड दिएका छन । खजुरा गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा पशुपंक्षि मत्स्य विमा सम्बन्धी सरोकारवालाहरुसगँ अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले विमाको आवश्यकता धेरै भएपनि झण्झटिलो प्रक्रिया हुदाँ रकम लिन कठिनाई हुने गरेको […]

आइटी पढ्न भारत तथा काठमाडौं जानू पर्दैन :नेपालगन्ज कलेजका प्रमुख शाक्य

नेपालगन्ज,जेष्ठ ,०५- सुचना प्रबिधि(आइटी) पढन चाहाने बिद्यार्थीहरु अब काठमाडौं तथा भारत जान नपर्ने नेपालगन्ज कलेजका प्रमुख विशाल शाक्यले बताउनु भएको छ। नेपालगन्जको कोरियनपुरमा संचालित नेपालगन्ज कलेजको सहकार्यमा सामाजिक संस्था उडान नेपालले केही दिन अगाडि सम्पन्न गरेको `स्कोप अफ इन्फर्मेसन टेक्नोलोजी `कार्यक्रममा बोल्दै प्रमुख शाक्यले आइटी सम्बन्धी नेपालगन्ज कलेजले काठमाडौं कै लेवलको गुणस्तरीय शिक्षा करिव पाँच […]

भारतीय बाटो भएर पुग्नुपर्ने नरैनापुरको रोशनपुर्वामा बाटो बनाइँदै

नरैनापुर(बाँके), जेष्ठ ,०५- बाँकेको नरैनापुर गाउँपालिकामा बाटो निर्माणले तिव्रता पाएको छ । प्रत्येक वडाको हुलाकी सडकबाट सीमा जोड्ने पक्की सडक निर्माण गरेको गाउँपालिकाले वडा नम्बर २ रोशनपुर्वामा ४ मिटर चौडाईको ३ किलोमिटर लामो बाटो बनाउन थालेको छ । नेपाली गाउँ भएपनि बाटो नहुँदा भारतीय बाटो भएर पुग्नुपर्ने रोशनपुर्वामा केही दिन अघिदेखि शुरु भएको बाटो निर्माण […]

एनएमसीले गर्यो बिबिएस प्रथम वर्षमा टपर हुने विद्यार्थीलाई भव्य सम्मान

नेपालगन्ज,जेष्ठ,०३- आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले शुक्रबार बिबिएस प्रथम वर्ष(२०७५)मा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई बधाईका साथ भव्य सम्मान गरेको छ। यस वर्ष एनएमसीबाट बिबिएस प्रथम वर्षमा ६४.८ ल्याएर बाँके जिल्ला प्रथम हुन सफल प्रेम थापा, ६४.६ % ल्याएर बाँके जिल्ला दोस्रो हुन सफल अनिता रावत, ६३.४% ल्याएर बाँके चौथो हुने दिपा थापा , […]

बिबिएस प्रथम वर्षमा बाँके टप गर्न सफल नेपालगन्ज मल्टिपल क्याम्पस

नेपालगन्ज,जेष्ठ ,०१- हालै मात्र सार्वजनिक भएको व्यवस्थापन संकाय तर्फ (बिबिएस प्रथम वर्ष २०७५)को नतिजामा ६४.८% ल्याएर नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसि) बाँके जिल्ला प्रथम हुन सफल भएको छ। आदर्श ग्रुपद्वारा वि.सं.२०६६ सालमा स्थापित यस क्याम्पसले हरेकका वर्ष झै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ। गुणस्तरीय शिक्षाको लागि निरन्तर खटिरहेको मिहिनेती समुहद्वारा एनएमसी संचालित छ। क्याम्पसले नियमित […]

१२ वर्षमा घर छोडेकी अन्जु अहिले युवाहरुको पेरणाको स्रोत बन्दै

नेपालगन्ज,बैशाख,२८- २५ वर्षीय अन्जु न्यौपाने पछिल्लो समयमा युवाहरूको लागि प्रेरणाको गतिलो स्रोत बनेकी छन। वि.सं. २०५१ साल जेष्ठ ३१ गते बुवा देविलाल न्यौपाने र आमा पुष्पा न्यौपानेको कोखबाट बर्दियाको बांसगडीमा पहिलो सन्तानको रुपमा अन्जुको जन्म भएको थियो। उनले कक्षा ७ सम्म बांसगडिमै पढिन। कक्षा ७ मा पढ्दा पढ्दै उनलाई अचानक मुटु सम्बन्धि रोगको समस्याले ग्रसित […]

स्वस्तिकाको हत्यारालाई कारबाहीको माग गर्दै आफन्त पक्ष निरन्तर आन्दोलनमा

नेपालगन्ज,बैशाख,०३- नयाँ वर्षको दिन नेपालगन्ज -१० भृकुटीनगर निवासी १९ वर्षिया स्वस्तिका लिम्बुको रहस्यमय मृत्युको विषयलाई लिएर मृतक पक्षधरहरु मंगलबार पनि आन्दोलनमा उत्रिएका छन।   राँझामा रहेका पिडित माइती पक्षरुले प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै दोषीलाई कानुनी कारबाही गर्न दबाब दिदै कारबाही नगरिए सशक्त कदम चाल्ने चेतावनी पनि दिएका छन् । निष्पक्ष छानबिन गरी दोषीलाई […]