नेपालगन्ज फुलटेक्रामा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते

डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२५- नेपालगन्ज फुलटेक्रा सडकमा मोटरसाइकलको ठक्करबाट आज दिउँसो एक महिला गम्भीर घाइते हुनुभएको छ ।  भे ३ प ९५०७ नम्बरको मोटरसाइकलले सडकमा हिडिरहेकी ३० बर्षीया सीता धोवीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते सीतालाई उपचारका लागि नरसिंह होममा भर्ना गरिएको छ । ठक्कर दिने मोटरसाइकल […]

बाँकेमा आजबाट मतदाता शिक्षा कार्यकर्तालाई तालिम

डम्मर थापा मगर/ बाँके, कार्त्तक,२५- मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा आजबाट मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएर कार्यक्षेत्रमा खटाउन सुरु गरीएको छ । आज पहिलो दिन क्षेत्र नम्वर १ मा परीचालन हुने १ सय १७ जना मतदाता शिक्षा कार्यकर्ताहरुलाई प्रशिक्षण तालीम दिइएको छ । आवश्यक सामाग्रीहरु उपलव्ध गराइ सकीएकाले उनिहरु […]

मालती डिजिटल प्रा.लीको उत्कृष्ट म्युजिक भिडियो एकादेशको कथा

सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,२५- चर्चित म्युजिक कम्पनी मालती डिजिटल प्रा.लीकोे एक उत्कृष्ट म्युजिक भिडियो बजारमा आएको छ । एक पछि अर्को गर्दै बजारमा म्युजिक भिडियो ल्याउने क्रममा भर्खरै मात्र “एकादेशको कथा” बोल्लको म्युजिक भिडियो सार्बजनिक गरेको हो । बिशेष गरेर मायालु जोडीहरुको लागी लक्षीत गरि निर्माण गरिएको यस म्युजिक भिडियो बुद्धिराम सुनार र एलिसा गुरुङ्गको […]

सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२५ – नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको आयोजना तथा राष्ट्रिय सुचना आयोगको सहकार्यमा ओखलढुंगामा सुचनाको हक संरक्षण, प्रवद्र्धन र प्रचलन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका सुचना अधिकारी,क्रियाशिल राजनैतिक दल, स्थानिय संचार माध्यममा कार्यरत संचारकर्मी कानुन व्यवसायी लगायतका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा सहायक […]

बाँकेमा लोकतान्त्रिक गठबन्धनको चुनाबी प्रचार प्रसार तिव्र

नेपालगञ्ज कार्तिक २५- प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक गठबन्धनले प्रचार प्रसारलाई तिव्रता दिएको छ । २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सशक्त र प्रभावकारी प्रचार प्रसारका लागि कागे्रस र राप्रपा सम्मिलित गठवन्धनका तर्फबाट आज नेपालगञ्ज २ मा प्रचार प्रसार कार्यालय स्थापनासहित घरदैलो अभियान शुरु गरिएको छ । क्षेत्र नं. २ मा […]

शीतल एकाडेमिद्वारा देउसि भैलोबाट उठाएको रकम ५ परिवारलाई राहत वितरण

गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,२५- कैलालीको टीकापुरमा रहेको शीतल एकाडेमिले एक कार्यक्रमका बीच आज राहत वितरण गरेको छ । तिहारको समयमा एकाडेमिको समूहले खेलेको देउसि भैलोबाट संकलित रकमबाट टीकापुर नगरपालिकामा बस्ने कमजोर आर्थिक अवस्था भएका ५ वटा परिवारलाई करिब १५ हजार बराबरको राहत सामाग्री प्रदान गरिएको हो । राहत स्वरुप चिसो मौसममा आवश्यक पर्ने सिरक, डस्ना […]

नेपाली कांग्रेस जनप्रतिनिधी परिचालन समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम राजीपुरमा सम्पन्न

गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,२५- नेपाली कांग्रेससको जनप्रतिनिधी परिचालन समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम आज कैलालीको टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरमा सम्पन्न भएको छ । जनप्रतिनिधी परिचालन समिति वडा नम्बर २ का संयोजक गणेश बहादुर खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदार रहेकी ईश्वरी न्यौपानेले […]

आज देखी मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं, कात्तिक,२५- निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहँदा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जनाएको छ […]

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

  काठमाडौं,कार्त्तीक,२५- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । आज बिहान आफ्नै निवास ज्ञानेश्वरमा बिष्टको ९० वर्षको उमेरमा निधन भएको हो । वि.सं १९८३ माघ २ गते काठमाडौंको ठमेलमा जन्मेका बिष्ट पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो ।  बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ २०२५ चैत २५ देखी २०२६ चैत ३१ सम्म पहिलोपटक प्रधानमन्त्री बन्नु भएको थियो । बिष्ट २०२८ […]

वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा

रोल्पा,कार्तीक,२५- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको हो । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको पुनले दाबी गर्नु भएको छ ।  विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । […]