काठमाडौं, कात्तिक ,१९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधीकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिइएको छ । अख्तियारले तीनै जनासँग ऊर्जा सचिव हुँदा गरेको निर्णयका आधारमा बयान लिएको हो । चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक […]
ब्यानर न्यूज
कैलालीको बर्दगोरीया गाउपालीकाको प्रथम अधिवेशन आजदेखी शुरु
पवन मुडभरी,बौनियाँ,कार्तीक,१९- कैलालीको बर्दगोरीया गाउपालीकाको प्रथम अधिवेशन आजदेखी शुरु भएको छ । जिल्ला समन्वय समिती कैलालीका सभापती सुर्य बहादुर थापाले एक कार्यक्रमका बिच अधिवेशनको उद्घाटन गर्नुभएको छ । अधिवेशनको उद्घाटन सत्रमा आर्थिक वर्ष २०७४/७५ को २७ करोड ७५ लाख १८ हजार ६ सय २९ रुपैयां बराबरको अनुमनित बजेट गाउपालीकाकी उपाध्यक्ष भगवती चौधरीले प्रस्तुत गर्नुभएको थियो […]
आयोगले बदल्यो मतदान केन्द्रको डिजाइन
काठमाडौं,कार्तिक,१९- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ । आजको कान्तिपुरमा खबर छ ।
आज उम्मेदवारी फिर्ता लिने समय, निर्वाचन चिह्न पनि आजै प्रदान गरिदैं
काठमाडौं, कात्तिक १९- निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले उम्मेदवारहरुविरुद्ध परेका उजुरीको छानविन गरिसकेपछि आज निर्वाचन चिह्न प्रदान गर्न लागेको हो । आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहे आजैका लागि समय दिएको छ । उम्मेदवारी फिर्ता […]
बर्दगोरीयामा जारी अन्तर विद्यालय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट
पवन मुडभरी/ बौनीया,कार्तीक,१८- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट भएका छन । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबंम स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगीतामा सहभागी कैलालीका १९ वटा विद्यालयको सामुहिक नृत्य प्रस्तुतीबाट सैनिक आवासिय विद्यालय तेघरी , उज्यालो शिक्षा सदन लम्की […]
सरकारले व्यवस्थापिका संसद् भवनलाई नै संघीय संसद बनाउने
काठमाडौँ,कात्तिक,१८- सरकारले व्यवस्थापिका–संसद् भवनलाई नै संघीय संसद् भवन बनाउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ठूलो हल प्रतिनिधिसभा र सोही भवनको नुप्से हल राष्ट्रिय सभा बन्ने भएको हो । २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा भवनको डिजाइनबारे अध्ययन सम्पन्न भएको र भौतिक संरचना निर्माण सुरु गर्न लागिएको संसद् सचिवालयका प्रवक्ता डा. […]
दलहरु घरदैलो अभियानमा, गाउँ गाउँमा चुनावी रौनक
काठमाडौं,कार्तिक,१८- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै दलहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । पहिलो चरणमा हुने निर्वाचनका लागि गत ५ गते मनोनयन दर्ता गरेका क्षेत्रमा दलहरुले घरदैलो अभियान तथा भेलालाई तीव्रता दिएका छन् भने दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गरेका क्षेत्रमा पनि दलहरु प्रचारप्रसारमा जुटेका हुन् । […]
कम्युनिष्टको सरकार बनाउने दिवा सपना मात्रै हो : काँग्रेस नेता आर्चाय
बिराटनगर,कात्तिक,१८- नेपाली कांग्रेसका नेता महेश आर्चायले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको बताउनु भएको छ । नेता आर्चायले यदि वाम गठवन्धनको नेतृत्वमा सरकार बनीहाले पनि उनीहरुले राष्ट्रपतीय प्रणाली ल्याउन खोजेमा कांग्रेसले त्यसविरुद्ध आन्दोलन गर्ने बताउनुभयो । बिराटनगरस्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको बन्न नसक्ने […]
एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागेको अध्यक्ष ओलीको आरोप
विराटनगर, कात्तिक १८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमाले विरुद्धमा दुस्प्रचार गरिरहेको आरोप लगाउनु भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लगाएउनु भएको हो । उहाँले कांग्रेसले दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुनेसमेत जिकिर गर्नुभयो । कांग्रेसले कम्युनिष्टहरुको […]
उग्रतारा भगवती मन्दिरमा देहिजाँत सम्पन्न
इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१८- सुदूर पश्चिमको प्रशिद्ध उग्रतारा भगवती मन्दिरमा शुक्रबार धार्मिक बिधिवत रुपमा पुजाआजा संगै देहिजाँत मेला सम्पन्न भएको छ । बिहिबार देखि नै श्रद्धालुभक्त जन एवं मेला भर्नेको डडेल्धुरा सदरमुकाम लगायत मन्दिर क्षेत्रमा बाक्लो घुईचो लागेको थियो । एक साता अघि देखिनै उग्रतारा मन्दिर क्षेत्रमा छिमेकी राट्र भारतका विभिन्न स्थान लगायत मुलुकका कयौ […]










