बाम गठ बन्धनको बृहत आमसभा बहादुर गंजमा सम्पन्न

अराज सिहं बेल्बासे/ कपिलवस्तु,कार्तिक,२७- बहादुरगंज यस क्षेत्रको ठुलो ब्यापारिक स्थान थियो पहाड बकाट नुन लिन आउने ठाउँ आज आउदा हिड्न सक्ने अबस्था छैन जिल्लाकै बिकसित ठाउँ बहादुरगजं आज बिलाएर गयो त्यसको कारण राम्रो प्रतिनिधी जान नसक्नु भएकोले हिजोको बिकशित बहादुरगजं फेरी हेर्नको लागी बाम उमेदवार लाइ भोट हाल्न कपिलबस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा उमेदवार […]

ओखलढुंगामा बालबालिकाको प्रयोगबारे अनुगमन टोली गठन

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २७- ओखलढुंगामा निर्वाचन प्रचार प्रसारमा बालबालीका प्रयोग भए–नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु निर्वाचन आचारसंहिता बिपरित हुने भन्दै महिला तथा बालबालीका कार्यलयले अनुगमन गर्ने तयारी गरेको हो । एक नगरपालिका सहित आठ स्थानीय तह रहेको ओखलढुंगामा सबै तहमा अनुगमन टोली परिचालन गरिएको कार्यलयले जनाएको छ । मंसिर […]

नेपाली कांग्रेसको नेपालगन्जमा क्षेत्रीय मिडिया सेन्टर स्थापना

डम्मर थापा मगर/ बाँके,कार्त्तीक,२७- प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी प्रचार–प्रसारका लागि नेपाली कांग्रेसले नेपालगन्जमा क्षेत्रीय मिडिया सेन्टर स्थापना गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले सोमबार क्षेत्रीय मिडिया सेन्टरको उद्घाटन गरे । क्षेत्रीय मिडिया सेन्टरको संयोजकमा शुक्रऋषि चौँलागाई तथा सह–संयोजकमा दामोदर भण्डारी र प्रभात […]

प्रधानमन्त्री नेपालगन्ज आउदै

डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२६- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावी माहोललाई तताउन नेपालगन्ज आउनु हुने भएको छ । यही कात्तिक २८ गते बिहान उनी नेपालगन्ज आउन लाग्नु भएको हो । सोही दिन बिहान १० बजे नेपालगन्ज आइपुग्ने प्रधानमन्त्री देउवाले लगत्तै यसक्षेत्रका सुरक्षा निकायका प्रमुखसँग चुनावी सुरक्षाका विषयमा छलफल ग्रनु हुने छ । […]

एयरगन सहित दुई जना पक्राउ

डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२६- संघिय प्रहरी ईकाई कार्यालय नेपालगंजले १ थान एयरगन सहित दुई जनालाई पक्राउ गरेको छ ।  बांकेको राप्ति सोनारी गाँउपालिका वडा नं ६ ढलैया बस्ने २६ बर्षिय जय बहादुर ढाथोकी र नैनापुर गाउपालिका वडा नं. ५ बस्ने २५ बर्षिय गोपाल रोकाय लाई गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सुचनाको […]

ओखलढुंगामा घरेलु मदिरा बरामत

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक २६- ओखलढुंगा प्रहरीले १७ सय लिटर घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ । सदरमुकामका विभिन्न बजार क्षेत्रबाट हिजो र आज विशेष अनुगमनका क्रममा बरामत गरेको मदिरा आज नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी,शसत्र प्रहरी लगाएतका सुरक्षा निकायले विशेष अनुगमन अभियान नै सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज […]

अपडेट : कैलालीको चुरे गाउपालिकामा भएको बस दुर्घट्नामा ३ महिलाको मृत्यु ३३ जना घाइते

गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,२६- वैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आउदै गरेको पवनदुत यातायातको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउपालिका वडा नम्बर ३ धपेनीमा दुर्घट्नाग्रस्त हुदा ३ महिलाको ज्यान गएको छ भने अन्य ३३ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार उक्त दुर्घट्नाग्रस्त परी वैतडीको शिवनाथ गाउपालिका वडा […]

ब्रेकिङ न्यूज : कैलालीको सहजपुरमा बस दुर्घट्नाग्रस्त

गोपाल जंग थापा / टीकापुर, कात्तीक,२६- वैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आउदै गरेको पवनदुत यातायातको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउपालिका वडा नम्बर ३ सहजपुर स्थित धबरेनीमा दुर्घट्नाग्रस्त हुदा अहिले सम्म २७ जना घाइतेको उद्धार गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोस्ट फल्टुडे कैलालीका प्रहरी हवल्दार वीर सिंह धामीले दिएको जानकारी अनुसार […]

नेपाल विद्यार्थि संघ सल्यान बाँकेको नया कार्य समीति गठन

डम्मर थापा मगर/ बाँके, कार्त्तीक, २५- गोविन्द केसीको अध्यक्षतामा आज नेपालगन्जमा नेपाल विद्यार्थि संघ सल्यान बाँकेको सम्पर्क समीतिको १७ सदस्यीय नया कार्य समीति गठन गरीएको छ । उपाध्यक्षमा द्धय तेजपाल केसी र अजीत रोकायलाई चयन गरीएको छ । त्यस्तै, सचिवमा मीना डांगी, सहसचिवमा कमल खत्रि, कोषाध्यक्षमा चेता खत्रिलाई चयन गरीएको छ । उक्त कार्यक्रममा आउदो […]

कोहलपुरमा बालबालिका र बाल साहित्य चर्चा परिचर्चा कार्यक्रम

डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२५- कोहलपुरमा आज नेपाली बालबालिका र बाल साहित्य चर्चा परिचर्चा कार्यक्रम गरीएको छ । पुर्णिमा साहित्य प्रतिष्ठानले आयोजनामा गरेको कार्यक्रममा साहित्यकारहरु प्रमोद प्रधान, अनन्त वाग्ले, यशु श्रेष्ठ, सजनी नौबागे, हरि तिमील्सेना लगायतले बाल सहित्यको हालको अवस्था र महत्वका वारेमा चर्चा गर्नुभएको थियो । ज्ञानोदय पुस्तकालयमा आयोजित कार्यक्रममा कोहलपुर क्षेत्रमा रहेका स्रष्टा, बालबालीका […]