सुरक्षित र स्थायी बसोबासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट

डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२५- सुरक्षित र स्थायी बसोबासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिने बांकेका राप्ती नदी पीडितले स्पष्ट पारेका छन्। उनीहरुले ‘सुरक्षित बास देऊ, भोट लैजाऊ’ भन्ने अभियान नै चलाएका छन्। राजनीतिक दलबाट धेरै पटक धोका खाइसकेकोले यस पटक सुरक्षित बसोबासको ग्यारेन्टी गरेमात्र भोट दिने राप्ती–सोनारी गाउँपालिका–२, टिकुलीपुरकी मञ्जु विकले बताउनुभयो । यस्तै हरेक […]

पेट्रोलियम पदार्थ निकासी गर्दै गरेको अवस्थामा तीन जना तस्कर प्रहरीको फन्दामा

डम्मर थापा मगर/ बाँके, कार्त्तीक, २५- बाँके राप्तीपारि क्षेत्रबाट भारतीय क्षेत्रमा अवैध रुपमा पेट्रोलियम पदार्थ निकासी गर्दै गरेकोे अवस्थामा तीन जना तस्कर प्रहरीको फन्दामा परेका छन् । नरैनापुर गाउँपालिका वडा नं ५ बाट आज विहान भारतको श्रावस्ती जिल्लास्थीत जमुनाहा बजारमा १६० लिटर डिजल लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय भगवानपुरले नरैनापुर ५ बस्ने मनोज कुमार यादव, […]

नेपालगन्जमा बालमैत्री स्थानिय शासन बिषयक अभिमुखिकरण

डम्मर थापा मगर/ बाँके, कार्त्तीक, २५- बालमैत्री शासनः बालअधिकारको सम्मान भन्ने नाराका साथ आज नेपालगन्जमा बालमैत्री स्थानिय शासन बिषयक अभिमुखिकरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ को आयोजना तथा सेभ द चिल्डे«नको सहयोगमा गरिएको कार्यक्रममा अधिकारकर्मी बीरेन्द्र थापा र आशिष बर्माले बालअधिकार सम्वन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धि सम्झौता तथा बालअधिकारका सूचकहरुका बारेमा जानकारी […]

नेपालगन्ज फुलटेक्रामा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते

डम्मर थापा मगर/ बाँके, कार्त्तीक,२५- नेपालगन्ज फुलटेक्रा सडकमा मोटरसाइकलको ठक्करबाट आज दिउँसो एक महिला गम्भीर घाइते हुनुभएको छ ।  भे ३ प ९५०७ नम्बरको मोटरसाइकलले सडकमा हिडिरहेकी ३० बर्षीया सीता धोवीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते सीतालाई उपचारका लागि नरसिंह होममा भर्ना गरिएको छ । ठक्कर दिने मोटरसाइकल […]

बाँकेमा आजबाट मतदाता शिक्षा कार्यकर्तालाई तालिम

डम्मर थापा मगर/ बाँके, कार्त्तक,२५- मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा आजबाट मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएर कार्यक्षेत्रमा खटाउन सुरु गरीएको छ । आज पहिलो दिन क्षेत्र नम्वर १ मा परीचालन हुने १ सय १७ जना मतदाता शिक्षा कार्यकर्ताहरुलाई प्रशिक्षण तालीम दिइएको छ । आवश्यक सामाग्रीहरु उपलव्ध गराइ सकीएकाले उनिहरु […]

मालती डिजिटल प्रा.लीको उत्कृष्ट म्युजिक भिडियो एकादेशको कथा

सिर्जना बर्देवा/ ओखलढुंगा, कार्तिक,२५- चर्चित म्युजिक कम्पनी मालती डिजिटल प्रा.लीकोे एक उत्कृष्ट म्युजिक भिडियो बजारमा आएको छ । एक पछि अर्को गर्दै बजारमा म्युजिक भिडियो ल्याउने क्रममा भर्खरै मात्र “एकादेशको कथा” बोल्लको म्युजिक भिडियो सार्बजनिक गरेको हो । बिशेष गरेर मायालु जोडीहरुको लागी लक्षीत गरि निर्माण गरिएको यस म्युजिक भिडियो बुद्धिराम सुनार र एलिसा गुरुङ्गको […]

सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२५ – नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको आयोजना तथा राष्ट्रिय सुचना आयोगको सहकार्यमा ओखलढुंगामा सुचनाको हक संरक्षण, प्रवद्र्धन र प्रचलन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका सुचना अधिकारी,क्रियाशिल राजनैतिक दल, स्थानिय संचार माध्यममा कार्यरत संचारकर्मी कानुन व्यवसायी लगायतका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा सहायक […]

बाँकेमा लोकतान्त्रिक गठबन्धनको चुनाबी प्रचार प्रसार तिव्र

नेपालगञ्ज कार्तिक २५- प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक गठबन्धनले प्रचार प्रसारलाई तिव्रता दिएको छ । २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सशक्त र प्रभावकारी प्रचार प्रसारका लागि कागे्रस र राप्रपा सम्मिलित गठवन्धनका तर्फबाट आज नेपालगञ्ज २ मा प्रचार प्रसार कार्यालय स्थापनासहित घरदैलो अभियान शुरु गरिएको छ । क्षेत्र नं. २ मा […]

शीतल एकाडेमिद्वारा देउसि भैलोबाट उठाएको रकम ५ परिवारलाई राहत वितरण

गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,२५- कैलालीको टीकापुरमा रहेको शीतल एकाडेमिले एक कार्यक्रमका बीच आज राहत वितरण गरेको छ । तिहारको समयमा एकाडेमिको समूहले खेलेको देउसि भैलोबाट संकलित रकमबाट टीकापुर नगरपालिकामा बस्ने कमजोर आर्थिक अवस्था भएका ५ वटा परिवारलाई करिब १५ हजार बराबरको राहत सामाग्री प्रदान गरिएको हो । राहत स्वरुप चिसो मौसममा आवश्यक पर्ने सिरक, डस्ना […]

नेपाली कांग्रेस जनप्रतिनिधी परिचालन समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम राजीपुरमा सम्पन्न

गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,२५- नेपाली कांग्रेससको जनप्रतिनिधी परिचालन समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम आज कैलालीको टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरमा सम्पन्न भएको छ । जनप्रतिनिधी परिचालन समिति वडा नम्बर २ का संयोजक गणेश बहादुर खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदार रहेकी ईश्वरी न्यौपानेले […]