आज देखी मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं, कात्तिक,२५- निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहँदा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जनाएको छ […]

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

  काठमाडौं,कार्त्तीक,२५- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । आज बिहान आफ्नै निवास ज्ञानेश्वरमा बिष्टको ९० वर्षको उमेरमा निधन भएको हो । वि.सं १९८३ माघ २ गते काठमाडौंको ठमेलमा जन्मेका बिष्ट पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो ।  बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ २०२५ चैत २५ देखी २०२६ चैत ३१ सम्म पहिलोपटक प्रधानमन्त्री बन्नु भएको थियो । बिष्ट २०२८ […]

वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा

रोल्पा,कार्तीक,२५- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको हो । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको पुनले दाबी गर्नु भएको छ ।  विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । […]

पहाडी समुदायको साथ बिना मधेस आन्दोलन सफल हुदैंन :इश्वर दयाल मिश्र

अराज सिहं बेल्बासे/ कपिलबस्तु,कार्त्तीक,२४- सम्पुर्ण पहाडीबासी हरुलाइ मधेसी बिरोधी बनाएका कारणनै मधेस आन्दोलन सफल नभएको कपिलबस्तु प्रतिनिधी सभा ३ का उम्मेदवार एश्बर दयाल मिश्रले बताउनु भएको छ । आज शिबपुरमा निवार्चन प्रचार प्रसार कार्यलयको उदघाटन गर्दै नेता मिश्रले ६४ सालमा सासंद बनाएर पठाउन मधेस पहाड दुबैको सहयोग भएर राज्यमन्त्री समेत भएको बेला बिभिन्न स्थानका सडक […]

वाम गठबन्धन ओखलढुंगाको कार्यक्रम रागादीपमा सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,कार्तिक,२३- वाम गठबन्धनको कार्यक्रम आज क्षेत्र नं. १ को रागादीपमा सम्पन्न भएको छ । वामग गठबन्धनका साझा उम्मेदवार एमाले नेता अम्बिरबाबु गुरुगंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गठबनधनका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा मोलुङ गाउँपालिकाका प्रमुख मणिराज राई, निर्वाचन परिचालन कमिटीका संयोजक सिताराम गुरुङ, उम्मेदवार अम्बिरबाबु गुरुङ लगायते सम्बोधन गरेका छन् । उम्मेदवार […]

समाजबादी क्रान्तिको लागि बाम गठबन्धन बनेको अर्घाखाँची प्रदेश नम्बर २ का उम्मेदवार घिमिरेको भनाई

अराज सिहै बेल्बासे/ अर्घाखाँची,कार्तिक,२१- समाजबादी क्रान्तिकाे लागि बाम गठबन्धन बनेकाे अर्घाखाँची प्रदेश नम्बर २ का बाम उम्मेदवार रामजि घिमिरेले बताउनु भएकाे छ । शितगंगा नगरपालिकामा बाम गठबन्धनकाे नगर स्तरिय बिस्तारित बैठक समपन्न लाइ समबाेधन गर्दै नेता घिमिरेले यस्ताे बताउनु भएकाे हाे । समाजबाद र समाजबादकाे क्रान्ति काे लागि अब बाम उम्मेदवारकाे जितकाे अाबश्यक रहेकाे बताउनु […]

कैलालीमा जारी जेटीकप क्रिकेटमा आरएमई टीकापुरको लगातार चौथो जित

पवन मुडभरी/ बौनिया,कार्तिक,२१- कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आरएमई टीकापुरले लगातार चार खेल जित्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । आज विहान ८ बजे भएको पहिलो खेलमा कैलाली पब्लिक लम्की र आयोजक जगततारा विच भएको खेलमा जगततारा ८ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको जगततारा ई.बो स्कुल […]

कृषिका सवालमा आधारित अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा ,कात्तीक,२१- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरु लाई स्वागत तथा बधाई एवं नगरपालिका तहमा कृषिका सवालमा आधारित अन्तरक्रिया कार्यक्रम गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, सिद्धिचरण नगरपालिकाको नगर कार्य समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सोही अवसरमा नगर कार्य समितिका अध्यक्ष सन्तोष कुमार घिमिरेले समितिका तर्फबाट नगरप्रमुख मोहन कुमार श्रेष्ठलाई […]

नयाँ शक्ति पार्टी नेपाल बाँकेको चुनावी अभियान सुरु

डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- नयाँ शक्ति पार्टी नेपाल बाँकेले बृद्धबृद्धाहरुसंँग आर्शिवाद लिएर आजदेखि चुनावी अभियान सुरु गरेको छ । नेपालगन्ज स्थित रहेको निलसागर बृद्धआश्रममा रहेका ८७ बर्षीय बृद्धा रामचन्द्र खनाल र ७५ बर्षीय जुनकीरी शाहीसंग आर्शिवाद लिएर नयाँ शक्ति पार्टीले चुनावी अभियान सुरु गरेको छ । नयाँ शक्ति पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रत्यक्ष […]

राष्ट्रिय मानव अधिकार आयोगले नेपालगन्जमा अन्तरक्रिया गर्दै

डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आज नेपालगन्जमा अन्तरक्रिया गर्दैछ । निर्वाचन गतिविधि, वातावरणमैत्री विकासलगायतका बिषयमा पाठक नेतृत्वको टोलीले यहाँका सञ्चारकर्मी, मानवअधिकारकर्मी, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतहरुसँग छलफल गर्न लागेको आयोगका निर्देशक मुरारी प्रसाद खरेलले जानकारी दिनुभयो । दिउँसो १ बजे आयोगकै कार्यालयमा छुट्टाछुट्टै छलफल कार्यक्रम आयोजना गरिएको […]