दाङ,कात्तिक,१३- तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९को बैठक सम्पन्न भएको छ । बैठकले वडा सदस्य जयबहादुर सुनारकी धर्मपत्नी घनी सुनारको ४० वर्षको उमेरमा कात्तिक ८ गते असामयिक निधनमा शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले वडा सदस्य सुनारको आर्थिक अवस्था कमजोर भएको भन्दै वडा कार्यालयबाट समेत सहयोग गर्ने र उपचारका क्रममा समेत लाखौ खर्च भएकाले […]
ब्यानर न्यूज
स्तनमा गिर्खा भएमा बेवास्ता नगरौँ
महेन्द्रनगर,१३ कार्तिक विभिन्न किसिमका अर्बूद क्यान्सर रोगमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । घरमै बेलाबेलामा सरलताका साथ आफ्नो स्तन जाँच गरिराख्दा समयमै यो रोगबाट बच्न सकिन्छ जसलाई ‘ब्रेस्ट सेल्फ इक्जामिनेसन’ भनिन्छ । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागार्इंका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐनाअगाडि उभिएर […]
प्रदेश र प्रतिनिधिसभाका लागी छुट्टाछुट्टै मतपत्र छाप्ने आयोगको निर्णय
काठमाडौं, कात्तिक १२- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने भएको छ । सर्वोच्च अदालतले गत बुधबार छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा के कस्तो प्रगति भएको भन्दै विवरण मागेपछि आयोग सर्वोच्चको आदेशअनुसार अघि बढ्ने निर्णयमा पुगेको हो । यसअघि आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्न सुरु गरेको थियो […]
मतपत्र विवादः निर्वाचन आयोगले विज्ञहरुसंग आज छलफल गर्दै
काठमाडौं,कार्तिक,१२- सर्वोच्च अदालतको पछिल्लो आदेशका कारण प्रदेश र प्रतिनिधीसभा निर्वाचनको मतपत्र एउटै वा फरक फरक छाप्ने भन्ने अन्योलमा रहेको निर्वाचन आयोगले सो विषयमा आज विज्ञहरुसंग छलफल गर्ने भएको छ । आयोगले आज कानुनविदहरुसंग कानुनी, प्राविधिक र व्यवहारीक सवै पक्षका विषयमा छलफलगरी उपयुक्त निर्णय लिने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ । उहाँले आयोग […]
कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दै
काठमाडौं,कार्तिक,१२- प्रदेश र प्रतिनीधिसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कांग्रेस संसदीय समितिको बैठक आज पनि बस्दैछ । गठवन्धनवीच सिटसंख्या बाँडफाँड र पार्टीभित्रै आन्तरिक भागवण्डा मिलाउन पर्ने भएकाले संसदीय समिति बैठक लम्विदै गएको हो । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहानैदेखि सुरुहुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभातर्फको उम्मदवारको विषय अन्तिम चरणमा पुगेकाले आज प्रदेश […]
आज दलहरुले समानुपातिकको नाम संशोधन गर्ने’
काठमाडौं,कार्तिक,१२- निर्वाचन आयोगमा दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि पठाएको नामको संशोधन हुँदैछ । समानुपातिकतर्फ दलहरुले यसअघि नाम बुझाए पनि अन्तिम संशोधनका लागि आज समय दिइएकाले दलको प्रतिनिधिसँगै बसेर यो काम हुने आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । त्यसपछि केही अरु प्रक्रियापछि १७ गते समानुपातिकतर्फको नाम सार्वजनिक गरिने कार्यतालिका रहेको ढकालले बताउनुभयो ।
त्रिशूलीमा भएको बस दुर्घटना छानबिन गर्न समिति गठन
धादिङ,कात्तिक ११- सरकारले धादिङमा शनिबार भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक पनि रहनेछन्। मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै […]
खप्तड साँस्कृतिक परिवार टीकापुरको अध्यक्षमा जैशी चयन
गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,११- खप्तड साँस्कृतिक परिवार टीकापुरको अध्यक्षमा भानुभक्त जैशी चयन भएका छन । आज साँझ सम्पन्न खप्तडको ८ औ वार्र्षिक साधारणसभाको बन्शत्रबाट जैशी अध्यक्षमा चयन भएका हुन । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा बासुदेव अधिकारी, महिला उपाध्यक्षमा कोकिला साँउद, उपाध्यक्षमा युवराज साउद, सचिवमा टंक खत्री, कोषाध्यक्षमा धना साँउद, सह कोषाध्यक्षमा विनीता साउद र सह सचिवमा […]
दोलखामा एमालेका सय जना कार्यकर्ता कांग्रेसमा प्रवेश
दोलखा,कार्त्तीक,११- नेकपा एमाले दोलखा जिल्लाका एक सय जना एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दोलखा जिल्ला प्रदेश नम्वर दुईका नेपाली कांग्रेसका उम्मेदवार केशव चौलागाईं र एक नम्बर प्रदेशका उम्मेदवार बर्मा लामाले उनीहरुलाई खादा ओढाएर पार्टी प्रवेश गराउनु भएको हो । दोलखाबाट काठमाडौं आएर व्यवसाय गर्दै गरेको युवा संघ तथा माओदावी केन्द्र समर्थित युवाहरुलाई पार्टी प्रवेश […]
पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको विमोचन सम्पन्न
गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,१०- पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको एक कार्यक्रमका बीच आज कैलालीको टीकापुरमा विमोचन गरिएको छ । पुस्तकको विमोचन गर्दै पंवारवंशीं थापा समाज कल्याण समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम बहादुर थापाले यस पुस्तकले पंवारवंशीहरुको इतिहासको बारेमा थप खोज एवं अनुसन्धान गर्न सहज हुने बताए । उपाध्यक्ष थापाले यसले पंवारवंशी थापाहरुको […]








