काठमाडौँ,कात्तिक,१८- सरकारले व्यवस्थापिका–संसद् भवनलाई नै संघीय संसद् भवन बनाउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ठूलो हल प्रतिनिधिसभा र सोही भवनको नुप्से हल राष्ट्रिय सभा बन्ने भएको हो । २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा भवनको डिजाइनबारे अध्ययन सम्पन्न भएको र भौतिक संरचना निर्माण सुरु गर्न लागिएको संसद् सचिवालयका प्रवक्ता डा. […]
ब्यानर न्यूज
दलहरु घरदैलो अभियानमा, गाउँ गाउँमा चुनावी रौनक
काठमाडौं,कार्तिक,१८- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै दलहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । पहिलो चरणमा हुने निर्वाचनका लागि गत ५ गते मनोनयन दर्ता गरेका क्षेत्रमा दलहरुले घरदैलो अभियान तथा भेलालाई तीव्रता दिएका छन् भने दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गरेका क्षेत्रमा पनि दलहरु प्रचारप्रसारमा जुटेका हुन् । […]
कम्युनिष्टको सरकार बनाउने दिवा सपना मात्रै हो : काँग्रेस नेता आर्चाय
बिराटनगर,कात्तिक,१८- नेपाली कांग्रेसका नेता महेश आर्चायले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको बताउनु भएको छ । नेता आर्चायले यदि वाम गठवन्धनको नेतृत्वमा सरकार बनीहाले पनि उनीहरुले राष्ट्रपतीय प्रणाली ल्याउन खोजेमा कांग्रेसले त्यसविरुद्ध आन्दोलन गर्ने बताउनुभयो । बिराटनगरस्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको बन्न नसक्ने […]
एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागेको अध्यक्ष ओलीको आरोप
विराटनगर, कात्तिक १८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमाले विरुद्धमा दुस्प्रचार गरिरहेको आरोप लगाउनु भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लगाएउनु भएको हो । उहाँले कांग्रेसले दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुनेसमेत जिकिर गर्नुभयो । कांग्रेसले कम्युनिष्टहरुको […]
उग्रतारा भगवती मन्दिरमा देहिजाँत सम्पन्न
इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१८- सुदूर पश्चिमको प्रशिद्ध उग्रतारा भगवती मन्दिरमा शुक्रबार धार्मिक बिधिवत रुपमा पुजाआजा संगै देहिजाँत मेला सम्पन्न भएको छ । बिहिबार देखि नै श्रद्धालुभक्त जन एवं मेला भर्नेको डडेल्धुरा सदरमुकाम लगायत मन्दिर क्षेत्रमा बाक्लो घुईचो लागेको थियो । एक साता अघि देखिनै उग्रतारा मन्दिर क्षेत्रमा छिमेकी राट्र भारतका विभिन्न स्थान लगायत मुलुकका कयौ […]
कञ्चनपुरमा ७६ जनाको उम्मेद्वारी दर्ता
इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१७- आउदो मसिंर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्र र राजनैतिक दलका ७६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभा तर्फ ५ जना स्वतन्त्र सहित २९ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा तर्फका ६ स्थानका लागि ४७ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकुतको कार्यालयले […]
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौं, कात्तिक ,१७- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको थियो । दोस्रो चरणअन्तर्गत आगामी मंसिर […]
देउवाको श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा
काठमाडौं,कार्तिक,१७- राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्। देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ […]
‘प्रचण्डलाई १५ हजारभन्दा बढी मतले जित्छु : विक्रम पाण्डे
चितवन,कीर्त्तीक,१७- कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गर्नु भएको छ । कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका पाण्डेले चितवन ३ का जनताको माया र साथले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्ने दावी गर्नुभयो । ‘म यहाँको रैथाने उम्मेदवार हो, मैले […]
देशैभर उल्लासपूर्ण उम्मेदवारी दर्ता, कुल १४०५ जनाको उम्मेदवारी पर्यो
काठमाण्डौ,कार्त्तीक,१६- आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको थियो । आयोगले प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाले उम्मेदवारी दर्ता गराएको जनाएको […]










