नेकपाद्धारा राप्तीमा ५ सवारी साधन तोडफोड

जंग बहादुर रेउले घोराही, जेठ,३०- नेपाल कम्युनिस्ट पार्र्टीले आफ्नो कार्यकर्ता रिहाइको माग गर्दै मंगलबार राप्तीमा गरेको बन्दमा ५ सवारीसाधान माथि तोडफोड गरेको छ । पार्टीले घोषणा गरेको बन्दको अबज्ञा गरेको भन्दै दाङमा चार गाडी र रोल्पामा एक ट्याक्टर माथि तोडफोड भएको नेपाल कम्यनिष्ट पार्टी राप्ती व्युरोले जानकारी दिएको हो । नेकपाले राप्तीमा सुरक्षा कर्मीले विनाकरण […]

राप्रपाको घरदैलो कार्यक्रम सम्पन्न

भानुभक्त बस्नेत, दाङ,जेठ,३०- घोराही उपमहानगरपालिका वडा नं.१०नारायणपुरमा घरदैलो कार्यक्रम  सम्पन्न भएको छ ।राप्रपाका घोराही उपमहानगरपालिका १०को वडा अध्यक्ष प्रेम प्रकाश पोख्रेलको  अध्यक्षता तथा राप्रपा नेपालका केन्दीय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । क्षेत्र नं.३का अध्यक्ष श्री नरबहादुर बुढाथोकीको एवं वरिष्ठ समाजसेवीहरुको उपस्थितीमा कोणसभा सम्पन्न गरिएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर भोलानाथ […]

दुई वर्ष विति सक्दा पनि राहत नपाएको बाढी पिडितको गुनासो

मधुपौडेल, बाँके,जेठ,३०- दुई वर्ष विति सक्दा पनि बढि पिडितले कुनै राहत नपाएको एक तालिमको समापनमा बताएका छन । खाद्य सुरक्षा ,खाद्य अधिकार र पैरवी सम्वन्धि दुई दिने तालिमाको समापनमा बोल्दै सहभागिले उक्त कुरा बताएका थिए । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेद्धारा आयोजित तथा ईयुडिसिएको सहयोगमा तालिम सोमबार र आज बाँकेको कम्तिमा भएको थियो […]

निर्वाचनलाई भयरहित सम्पन्न गर्न राजपालाई डा. कनोडियाको आग्रह

बाँके ,जेठ ,३०- आफ्नो प्रचारमा रहेको सवारी साधन तोडफोड भएपछि नेपालगन्ज उपमहानगरपालिकाका काँग्रेसका मेयर उम्मेदवार डा. सुरेश कुमार कनोडियाले राजपाका नेताहरुलाइ भेटि आम जनताले निर्वाचनको पक्षमा रहेकाले हिसां र आन्दोलन त्यागी निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । आज विहान नेपालगन्जको त्रिभुवन चोकमा डा. कनोडियाको सवारी साधनमा तोडभोड गरेको अभियोगमा प्रहरी हिरासतमा पुगेका राजपा नेता रौनियारलाइ […]

शोषण,दमन र धार्मिक हिंसाका कारण देश द्धन्द्धमा फसेको माओवादी नेता : पोखरेल

रमित बि.क. बाजुरा ,जेष्ठ ,३०- नेकपा माओवादीका स्थायी कमिटी सदस्य एवंम केन्द्रिय सदस्य लिलामणी पोखरेलले यो देश शोषण,दमन र धार्मिक हिंसाका कारणले द्धन्द्धमा फसेको बताउनुभएको छ ।ं सोमबार नेकपा माओवादी केन्द्र बडिमालिका नगरपालिकाको चुनावी सभालाई संबोधन गदै उहाँले यस्तो बताउनुभएको हो । माओवादी जस्तै अरु दलले सही एजेण्डामा काम गरे यो देश द्धन्द्धमा नफस्ने समेत […]

केन्द्र संचालनमा प्रधानध्यापकले जिम्मेवारी निर्वाह गर्ने

भिष्म लोध, नेपालगञ्ज,जेष्ठ,३०- बाल बिकास केन्द्र संचालनका लागि स्थानीयस्तरका सबै बिद्यालयहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । पछिल्लो समय जिल्लामा कतिपय बाल बिकास केन्द्र बन्द भएर नै तलब बुझिरहेको गुनासोमा आएकाले स्थानीयस्तरमा रहेका नजिकका बिद्यालयका प्रधानध्यापकहरुले संचालनका लागि जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइएको हो । सोमबार नेपालगञ्जममा एको बाल बिकास केन्द्र व्यवस्थापन […]

बाँकेमा कैदी बन्दीहरुले गरे सामूहिक इफतार

 सिमा खाँन, नेपालगंज,जेष्ठ,२९- मुस्लीम समुदायकोे पवित्र रमजानको अवसर पारेर बाँके जिल्ला कारागारमा रहेका मुस्लिम कैदीहरुलाई वामी नेपालको सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले कैदीहरुलाई सामुहिक भोजन दान अर्थात इफतार गराएको छ । इफतार कार्यक्रमका प्रमुख अतिथि मो.हारुनले दुनियामा धर्मका नाममा फैलिरहेको हिसां र प्रतिहिंसाले पिरोली रहेका बेला नेपाली मुस्लिम, हिन्दु र अन्य धर्म […]

मनोनयन पत्र बोकेर काँग्रेस उपमेयरकी उम्मेदवार उमा बाँके आउँदै

बाँके,जेष्ठ,२९- स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर पदकी उम्मेदवार उमा थापामगर मनोनयन पत्र बोकेर भोली गृह जिल्ला बाँके आउँदैछिन् ।नेपाली काँग्रेसले बाँकेको ८ ओटै तहको उम्मेदवारको टुङ्गो लगाए पनि मनोनयन पत्र प्रकाशनमा ढिलाइ गरे पश्चात थापामगर राजधानी काठमाण्डौंमै थिइन् । अन्य पदका उम्मेवार घरदैलो अभियानमा जुटीरहँदा उनी ६ ओटा स्थानिय तह नेपालगन्ज उपमहानगरपालिका […]

कोहलपुरका जनताहरुले झुप्रो घरमा बस्नु पर्ने बाध्यता हट्छ : भट्टराई

मधुपौडेल, बाँके,जेठ,२९- नेपाली काँग्रेसबाट बाकेको कोहलपुर मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराई मेयरमा विजय भएमा कोहलपुरका जनताहरुले झुप्रो घरमा बस्नु पर्ने बाध्यता हट्ने भएको छ । सो कुराको उदघोष नेपाली काँग्रेसबाट बाकेको कोहलपुर मेयर पदका उम्मेद्वार भट्टराईले बताउनुभएको छ । कोहलपुर ११ लोकनगरमा सोमबार सम्पन्न भएको चुनावि सभालाई सम्बोधन गर्दै उहाँले कोहलपुर नगरपालिका भित्रका सबै झुप्रो […]

नेपालगंजको मुहार फेर्नलाई नै मेयरमा उठेको हुँ :डा. कनोडिया

मधुपौडेल, बाँके,जेठ,२९- यही आउदो असार १४ मा हुने नेपालगंज उपमहानगरपालिका मेयर तथा उपमेयर लगायत वडाहरुका उमेदवारहरुको जित सुनिश्चित भै सकेको र निर्वाचनबाट उक्त कुरालाई बैधानिकता दिन मात्र बाकी रहेको बताएका छन । नेपाली काँग्रेसका बाँके क्षेत्र न २ ले आयोजनामा भएको एक छलफल कार्यक्रममा उक्त कुराको बताइएको हो । कार्यक्रममा बोल्दै नेपालगंज उमहानगरपालिका मेयरका प्रत्यशी […]